काठमाडौँ जेष्ठ ८, २०७५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको पदाधिकारीहरु नाम सार्वजनिक गरेको छ । नेकपा सचिवालयको सोमबार बसेको पहिलो बैठकमा दुवै पक्षले नाम पेस गरेका थिए।
पूर्वएमाले र पूर्वमाओवादीमा यसअघि केन्द्रीय कमिटीमा रहेका नेता र केही नयाँलाई मनोनयन गरी पूर्णता दिइएको थियो ।
एमाले पक्षले तत्काल कायम रहेको १ सय ९६ मा थप ४५ जना मनोनयन गरी २ सय ४१ पुर्याएको थियो । त्यस्तै माओवादी पक्षले पूर्वसचिवालयमा रहेका ८८ जना र बाँकी पूर्वपोलिटब्युरोबाट छनोट गरेको थियो ।