राजकरण महतो । बर्दिबास
प्रदेश २ मा खेर जाने दुई सय बढी बहुमूल्य जडिबुटीको अध्ययन अनुसन्धान हुने भएको छ । महोत्तरीको बर्दिबासमा प्रदेश—२ स्तरीय प्रदेशिक राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र स्थापना भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेलले दिप प्रज्वन गरेर केन्द्रको उद्घाटन गरे । सात वटै प्रदेशमा खोलिने प्रदेशिक राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र खुल्नेमा प्रदेश २ पहिलो बनेको छ । अन्य प्रदेशमा छिट्टै केन्द्र खुल्दैछ ।
ओझेलमा परेको धार्मिक, मौलिक आयुर्वेदीक चिकित्सा पद्धतिलाई ग्रामिण भेगमा पु¥याउन केन्द्रले काम गर्ने छ । जनचेतना र स्रोत साधनको अभावमा आयुर्वेद चिकित्सा पद्धती लुपत अवस्थाको संघारमा पुगेको हो ।
जडिबुटीको अध्ययन अनुसन्धान, जनचेतना, सवास्थ्य केन्द्रमा समस्या लिएर आउने विरामीको स्वास्थ्य उपचार सेवा प्रदान गरिने छ ।
नेपालको मौलिक चिकित्सा पद्धतीको प्रचार प्रचार र उत्थानका लागि जडिबुटीको क्षेत्रमा केद्रले जडिबुटीको क्षेत्रमा नविनत्म अध्ययन र अनुसन्धान गर्ने छ । ‘आयुर्वेदिक उपचारले मानिसको आयुलाई बढाउँछ,’राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र काठमाण्डौंका प्रमुख अनुसन्धान अधिकृत मिथिलेशकुमार साहले भने,‘ चिन सरकारको ‘प्राइम प्रोजेक्ट’ अन्तर्गत यसै बर्ष ७ वटा आयुर्वेदको अनुसन्धान पुरा हुन्छ ।’
बर्दिबास जनता बहुमुखी क्याम्सका व्यवस्थापन समितिका अध्यक्ष महेश कुमार झाले आयुर्वेद पद्धति चिकित्सा उपचार क्षेत्रको सर्वेउत्कृष्ट पद्धती रहेको बताए । ‘जटिबुटीको महत्व ग्रामिण भेगका बस्तीमा बुझाउन जनचेतनाको खाँचो छ,’उनले भने ।
प्रदेश नम्बर २ को उत्तरी क्षेत्र जंगल क्षेत्र पर्दछ । जहाँ दुई सय बढी प्रकारका जडिबुटी पाइन्छ । अध्ययन अनुसन्धान हुननसक्दा बहुमुल्य जडिबुटी त्यसै ओझेलमा छ ।
कालमेघ(मधेशी चिराइता), असुरो(बाकस), पारिजात, सर्पगन्धा(इसरगद), शताबरी(शताबर), हरितकि(हरेबर्रो), अमला, अर्जुन, श्योनाक, कुटज जस्ता नामै नसुनेका जातका जडिबुटी तराई मधेशका जिल्लाहरुको साँझेदारी, सामुदायिक तथा राष्ट्रिय जंगलहरु उपलब्ध रहेको यदुकूहा आयुर्वेद औषधालय शहिदनगर धनुषाका कविराज निरिक्षक रामछविला यादवले उल्लेख गरे ।
‘जडिबुटी उत्पादनको प्रचुर सम्भावना हामीसंग छ,’बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले भने,‘जंगलको जडिबुटी विश्व बजारमा बिक्री गरेर हामी समृद्ध बन्नसक्छौं ।’
प्रदेश साँसद् सारदा थापाले विदेशीको अंग्रेजी पढाई र दवाई नेपाली मौलिक हराएको औंल्याइन् ।‘मैले आफ्नो नातीलाई मासु नखुवाउने निघो गरेको छु,’उनले भनिन्,‘शकहारी भोजनले मानवलाई नैतिक वान बनाउँछ ।’
अर्का प्रदेश साँसद् भरतप्रसाद साहले ‘एलोपेथिक’उपचार पद्धतिले मानव शरिरमा साइडिफेकट गरेको अनुभव सुनाए । ‘आयुर्वेदीक पद्धतिलाई सरकारले प्राथमिकतामा राखेर विकास गरोस्,’आयुर्वेदीक उपचार पद्धतिबाट सन्तुष्ट रहेका सांसद् साहले भने,‘आयुर्वेदीक उपचार विश्वासिलो र जीवनलाई दिर्घयु प्रदान गर्छ ।’
जलश्रोत र जडिबुटीमा नेपाल धनि रेहको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका महानिर्देशक डा. बासुदेव उपाध्यायले स्पष्ट पारे । देशको सम्भावनको विषयमा कुरा गरेर नेताहरु भावुक बन्छन्, तर गम्भिर नबन्दा नेपालको मौलिक उपचार पद्धति ओझेलमा परेको डा. उपाध्यायले जनाए ।
उनका अनुसार, जडिबुटीको प्रशोद्धन नेपालमा नहुँदा विश्वमै नेपालमा पाइने शिलाजीत कौडीको मूल्यमा बिक्री भइरहेको छ । विदेशबाट प्रशोधित भएर नेपाल आउँदा सयौं गुना बढी मुल्य तिरे उपभोक्ताले उपभोग गर्नु पर्ने बाध्यता छ ।
‘आयुर्वेद चिकित्सा पद्धतिको विकासको लागि नेपालका जडिबुटीको अध्ययन अनुसन्धान सहितको प्रमाण देश तथा विदेशमा फैलाउनु पर्छ,’डा उपाध्यायले भने,‘सरुवा रोग भन्दा नसर्ने रोगले अहिले मानव जीवन प्रभावि भयो ।’ केन्द्रको स्थापनाले जडिबुटीको खोजी गरिने, त्यसको अध्ययन अनुसान्धान, स्थानीयहरुको स्वास्थ्य उपचार तथा जडिबुटीबाट उत्पादित औषधी पनि उपलब्ध गराइने उनले जनाए ।
नेपाल विविधतामा धनी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेलले औंल्याए । प्रदेश २ लाई जडिबुटीको उत्पादन, संकलन, प्रशोधनको केन्द्रको रुपमा विकास गर्नु पर्नेमा मन्त्रि पोखरेलले जोड दिए ।‘हिजो अध्ययन र अनुसन्धानले आयुर्वेदको विकास हुनसक्दैं,’उनले भने,‘पुराना अध्ययन र अनुसन्धानलाई टेकेर जडिबुटीको नयाँ उचाइलाई पक्रिन सक्नु पर्छ ।’ आयुर्वेदको पाँच हजार पुरानो इतिहास रहेको चर्चा गरे मात्रै आयुर्वेदीक चिकित्सा पद्धतिको विकास नहुने मन्त्रि पोखरेलले उल्लेख गर्दै उनले थपे,‘रोग नयाँ नयाँ आइसकियो । हाम्रो अध्ययन अनुसन्धान भने पुुरानै छ ।’
मन्त्रि पोखरेलका अनुसार, एउटै चिकित्सा पद्धतिको दास भएका छौं । यसले आयुर्वेद चिकित्सा पद्धति ओझेलमा परे ।
‘आयुर्वेद राष्ट्रिय धरोहर हो, हामी भन्छौं,’मन्त्रि पोखरेलले भने,‘ तर,आयुर्वेद चिकित्सा पद्धतिको मृत्यु हुँदा सम्म मुख ताकेर बसेका छौं ।’ आयुर्वेद उद्यान बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए ।आयुर्वेद कार्यालयलाई जागिर खाने ठाउँ नबनाउन मन्त्रि पोखरेलले कर्मचारीहरुसंग आग्रह गरे ।