राजकरण महतो । बर्दिबास
‘मैले श्रीमान्लाई आफ्नो एउटा मृगौला दिएर बचाए । यो संचारमा आज मसंग उहाँ हुनुहुन्छ र म उहाँसंग बस्न पाएको छु,’महोत्तरीको बर्दिबास नगरपालिका—१४ की रेणु परियारले भनिन्,‘मसंग श्रीमान् नभएको भए म बाँचेको के अर्थ रहन थियो । साथमा श्रीमान् छ । वुवाको जीवित अनुहार देखेर छोराछोरी खुशी छन् । सारा दुनियाँ मसंग छ, हजुर ।’

रेणुका श्रीमान् मनोज २०७३ कात्र्तिकमा विरामी परेर । ज्वरो लाग्यो । नाकबाट रगत बग्न थाल्यो । उपचारको लागि गाउँबाट काठमाण्डौं गएर । हस्पिटलमा मृगौला फेलभएको कुरा पत्ता लाग्यो । ३५ बर्षीय मनोज बाँच्छ भन्ने कसैलाई लागेको थिएन् । मनोजलाई बचाउन सहयोगीमन, सरकार, आफ्न्तले सहयोग गरे । घर भएको ८ धुर घडेरी राखेर सहकारीबाट रेणुले ऋण लिए । श्रीमान्को जीवन बचाउन उनले देबरे पट्टीको कौखको मृगौला दिए ।
नेपाल सरकारको तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको मानव अंग प्रत्यारोपन केन्द्रले अप्रेसन गरेर मनोजको दाहिने कौखमा २०७४ साउन अन्तिम तिर रेणुको मृगौला प्रत्यारोपन गरिए ।मृगौला फेल भएर जीवन र मरनको दोसाँधमा डेढ बर्ष अघि भेटिएका मनोज शुक्रबार आफ्नै आगनमा भेटिए । साथमा थिइन् रेणु । बस ट्रकको सिट फिटिङ्गको काम गर्दै भेटिएकी दम्पतिले भने,‘महिला पुरुष एकै रथका दुई पाङरा हुन् । एक विना अर्को टिक्नै सक्दैन ।’
सीप सिकेर स्वालम्वी बनेका मनोजले थपे,‘रेणुले मृगौला नदिएको भए म यो संसार छाँडेर उहिले गइसक्थें । मेरो सब थोक उनी हो, उनी…..’ मनोजको कुरा सुनेर रेणु भावुक भइन् । ‘१२ लाख अहिले पनि ऋण छ,’ रेणुले भनिन्,‘त्यो त कमाएर बिस्तारै तिर्छु । मेरो प्यारालाई मैले नयाँ जीवन दिन सके त्यो नै मेरो लागी सब थोक हो ।’ मेरो शरीरमा दुई वटै मृगौला भएपनि श्रीमान् नहुदैं हो भने म बाँचेर मरे तुल्य हुन्थें, उनले भनिन् ।
रेणुले ११ बर्षीय छोरा रितेश र ८ बर्षीय छोरी कृष्णा अहिले स्कू पढाउँदैंछन् । ‘ब्लड र मृगौला प्रत्यारोपन गर्न सबै कुरा मिल्यो,’उनले भनिन्,‘एउटै कोठामा मेरो पेट अप्रसेसन गरेर डक्टरले श्रीमान्को पेट अप्रेसन गरेर फिट गरिदियो ।’ मनोजको २०७४ साल साउन अन्तिम तिर अप्रेस सफल भएको थियो ।एक बर्ष काठमाण्डैं बसेर निको भएपछी उनी घर फर्किर काम गरिरहेका छन् ।
मनोज सिट फिटिङ्ग गरेर मासिक ३०—४० हजार कमाउँछन् । तर, उनलाई मासिक २० हजार रुपैंया औषधी उपचारमै खर्चिनु परेको छ । उनको उपचारमा जम्मा १८ लाख खर्च भयो । औषधी र खर्च खर्चमा कमाएको रकम सकिएपछी उनकलाई ऋण तिर्न समस्या छ ।
विहान सवेरै मनोज र रेणु उठ्छन् । छोराछोरीलाई उठाछन् । रेणुले छोराछोरी तयारी गरेर स्कूल पठाउँछन् । मनोजलाई फोन आएको ठाउँमा सवारीसाधनको सिटको अडर लिन हतारिन्छन् । बच्चाहरु स्कूल पठाएर रेणु भान्छामा व्यस्त हुन्छिन्, मनोज सिटको अडर लिएर काममा कसिन्छन् ।
ईश्वरको वरदान, दुई सन्तान झैं यि दुई जोडको सुन्दर दुई बालालाला छन् । रेणु र मनोज एक अर्काको सर—सल्लाहमा काम गर्छन् । परिवारमा ऋणको भारी भएपनी उनीहरुले कमाएर ऋण तिर्ने आँट गरेका छन् ।
मनोजको दुवै मृगौला फेल भएपछी पोहोर साल बर्दिबासमा उनलाई बचाउन चन्दा संकलन अभियान थालिएको थियो । चन्दा संकलन अभिभानकी एक अगुवा सारदा दाहाल भन्छिन्,‘मनोज बाँचेको देख्दा खुशी लगेको छ ।’ आफुहरुलाई घरकै कमाउने मान्छे बाँच्ने की मर्ने चिन्ताले उने सताएको सुनाइन् । उनले थपिन्,‘ मनोज विरामी परेको समयमा भेटन गएको थिए । मलाई देखेर दुवै जान रोए । मेरो आँखामा पनि आँसु आयो तर, म लुकाए ।’उनीहरुलाई मनोज बाँच्छ, हामी सबै मिलेर बचाउनु पर्छ भनेर आशा भरोसा दिएको उनले सम्झिन् ।
‘ऋण तिर्न सबैलाई रकम जुटाई दिन म आग्रह गर्छु । सम्पत्तिको नाममा एउटा सानो घर र ८ धुर जग्गा मैत्र छ हामीसंग,’रेणुले भनिन्,‘मेरो जीवन साथीलाई बचाउन सहयोग गर्ने सबै प्रति अभार व्यक्त गर्दुछु ।’