
आरके महतो, बैशाख २१ गते ।
धारामा पानी छुँदा महोत्तरीको बर्दिबास नगरपालिका—४ माइस्थान स्थित भब्सीको हवलदार टोलामा छोरी र आमा कुटिएकी छिन् ।
सार्वजनिक धारामा गाग्रीमा भरिरहेको पानी छुँदा स्थानीय वुद्धमाया विश्वकर्मा र उनकी १६ बर्षीया छोरी मनिषा विश्वकर्मालाई यातना दिएको छ ।
कमला गिरी उनका छोरी दीपिकाले वुद्धमाया र उनी छोरीलाई पानी छोएको भन्दै कुटपीट गरेको पीडित परिवारले जनाएको छ ।
पानी छोएको भन्दै दलित परिवारमाथि गिरी परिवारले शनिबार र आइतबार कुटपीट गरेको भएपनी घटना बिहिबार मात्रै बाहिरीको हो ।
शनिबार साँझ खानेपानी भर्न कमला गिरीकी छोरी दीपिका धारामा गएकी थिइन् । त्यसै समयमा वुद्धमायाकी छोरी मनिषा पनि धारामा पानी लिन गाग्रो बोकेर पुगेकी थिइन् ।
देवतालाई चढाउन र खान भरेको चोखो पानी छोएको भन्दै दीपिका गिरीले मनिषा विश्कर्मालाई गालीबैज्जती गरिन् । पछि विवाद चकिएपछी जगलटा समातेर उनीमाथि दीपिकामा आइलागेकी थिइन् ।
आफ्नो छोरी पानी छोएको न्युँमा कुटिनु परेको भन्दै पञ्चायत गरिदिन मनिषाका आमा गाउँका भरझादमीहरुलाई गुहार माग्न गएकी थिइन् । आइतबार फेरी समान्य भनाभनमा न्याय माग्न गाउँमा भौतारी रहेकी बेला भनाभन हुँदा वुद्धमायालाई कमला गिरीले जगलटा समाटेर थप्पर लगाईन् ।
पीडितको मौखिक उजुरीको आधारमा घटना बुझ्न बर्दिबास नगरपालिकाका कार्यपालिकाका सदस्य सूर्य विश्वकर्मा, न्यायिक समितिका सदस्य चन्द्रबहादुर विश्वकर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष दिपबहादुर कार्की र दलित अधिकारकर्मीहरुले पीडितको घरमा पुगेका छन् ।
पीडक कमला गिरीले वुद्धमाया र उनकी छोरी मनिषालाई कुटेको स्वीकार गरिन् । तर, आफुहरुले पानी छोएको न्युँमा नकुटेको दावी गरेका छन् ।
घटनाबारे बुझेर कारवाही प्रक्रिया थालिने वडा अध्यक्ष दिपबहादुर कार्कीले बताए ।
सँयुक्त दलित सञ्जाल बर्दिबासका सदस्य विष्णु रसाइलीका अनुसार, माइस्थानका दलितहरुलाई गैरदलितले इनार, धारा र कुवासंगै पानी भर्न नदिएको पीडा सुनाए । ‘गैरदलितले पानी भर्दा दलितले पानी भर्न पाउँदैंनन्,’उनले भने,‘दलितले खानेपानी भर्दा संगै गैरदलितले पालो मिच्दै गाईवस्तुलाई पानी खुवाउन पानी भर्छन् ।’ गैरदलितले पानी भर्दा दलितलाई इनार पनि छुँन नदिएको उनले बताए ।
पीडित परिवारले छुवाछुतको नाममा कुटपीट गर्नेलाई कडा कारवाहीको माग गरेका छन् ।