सुरेन्द्र सिंह कुशवाहा , बैशाख २० , जनकपुरधाम ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा अभिनन्दन जनकपुर उपमहानगर पालिकाको तर्फबाट मेयर लालकिसोर साहले गर्ने छन् ।उनले प्रधानमन्त्री मोदीलाई अभिनन्दन पत्र वाचन गरी हस्तांतरण गर्ने छन् ।जनकपुर नगरको साँचो मेयर साहले उनलाई हस्तांतरण गर्ने छन् ।अभिनन्दन समारोहका लागि मञ्चासिन हुने व्यक्तिहरुबारे समेत अहिले टुंगो लागिसकेको छैन् ।तर स्रोतहरुका अनुसार प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वरिष्ठ मन्त्री जितेन्द्र सोनल, जनकपुर उपमहानगरका मेयर लाल किसोर साह, स्वागतका लागि आए प्रधानमन्त्री केपी शर्मा ओली, अन्यथा केन्द्रिय सवारी मन्त्री र मोदीसँगै आउने विशिष्ट अतिथिहरु मञ्चमा रहने छन् । भूमिका विहिन अवस्थामा प्रदेश प्रमुखलाई राख्ने नराख्ने छलफल टुंगिएको छैन् । अभिनन्दन समारोहमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री मोदीको स्वागत गर्ने छन् ।मुख्यमन्त्री राउतले पनि प्रधानमन्त्री मोदीलाई उपहार भेंट गर्ने छन् । अभिनन्दन समारोहमा सहभागिताका लागि उद्योग, वन, तथा पर्यावरण मन्त्री रामनरेश रायको संयोजकत्वमा रहेको प्रचारप्रसार समितिले बुधवारदेखि कार्य थालेको छ ।