बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

शिरीष न्युज by शिरीष न्युज
बैशाख १९, २०७५
0
मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

प्रधानमन्त्री ओली पनि जनकपुर जाने, मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

भारतको चाहना : नाकाबन्दीअघिकै सम्बन्ध पुन: स्थापना

२०७५ वैशाख १९गते

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्र्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । मोदीले आसन्न राजकीय भ्रमणमा नेपालसँग एकसाथ राजनीतिक, विकास साझेदारी र धार्मिक सम्बन्ध सुदृढ भएको सन्देश दिन चाहेका छन् । खासमा तीन वर्षअघि नेपाल आउँदाको सकारात्मक छवि पुनस्र्थापनामा उनले जोड दिनेछन् ।

२८ र २९ वैशाखमा मोदी नेपाल आउने तय भएको छ । नेपालसँग नाकाबन्दीपछि निम्तिएको तीतोपना पूर्ण रूपमा मेटाउने उपाय दिल्लीमा राजनीतिक र प्रशासनिकस्तरमा भइरहेको छ । भ्रमणमा मोदीले दिने भनिएको आकर्षक सहयोग प्याकेज के गर्ने अझै निश्चित भइसकेको छैन । भारतको नेपाल नीतिका जानकार डा. निहार नायकका अनुसार मोदीको पहिलो नेपाल भ्रमण (२०७१ साउन)को जस्तो सम्बन्ध नेपालसँग बनाउने गरी दिल्लीमा कसरत भइरहेको छ । ‘भारतले नेपाल मात्र होइन, समग्र छिमेक नीतिकै समीक्षा गरिरहेको छ । प्रधानमन्त्री मोदीको चीन भ्रमणपछि नेपालसहितका अन्य देशमा होइन, अब पाकिस्तानसँग पनि सम्बन्धमा नयाँपन आउने सम्भावना देखिन थालेको छ,’ नायकले नयाँ पत्रिकासँग भने ।

आगामी अगस्टमा सांघाई कोअपरेसन अर्गनाइजेसनको आयोजनामा रुसमा भारत र पाकिस्तान संयुक्त सैन्य परेडमा सहभागी हुने तय भएको छ । यसलाई भारत–पाकिस्तान सम्बन्ध सुधारको संकेतका रूपमा बुझ्नुपर्ने र यसबाट भारतको दक्षिण एसिया नीतिमा नै परिवर्तन आउन सक्ने अर्थमा बुझ्नुपर्ने नायक बताउँछन् ।

जानकारहरूका अनुसार छिमेकसँग सम्बन्ध सुधारका लागि मोदी सरकारमाथि भारतभित्रै चर्को दबाब बढेको छ । दक्षिण कोरिया र उत्तर कोरियाको पछिल्लो वार्ताले भारत र पाकिस्तान सम्बन्ध सुधारमा थप दबाब सिर्जना गरेको बुझाइ जानकारहरूको छ । चीन मामिलाविज्ञ विजयकेशव गोखले विदेशसचिव बनेपछि मोदी सरकारको चीन नीतिमा पनि देखिने गरी सुधार आएको छ । चीनसँगको सम्बन्धले भारतको समग्र छिमेक नीति र विशेषगरी नेपाल नीतिमा पनि दीर्घकालीन परिवर्तन आउने नायकको विश्लेषण छ ।

‘०७१ मा भारतीय प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मोदीले पारेको सकारात्मक प्रभाव पुनस्र्थापना गर्न चाहन्छन्,’ नेपाल भारत सम्बन्धका अर्का जानकार पूर्वमेजर जनरल अशोक मेहताले नयाँ पत्रिकासँग भने ।

जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

बाह्रबिघामा मोदीका तीन हेलिकोप्टर अवतरण गर्ने 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका हेलिकोप्टर पटनाबाट उडेर जनकपुर बाह्रबिघामा अवतरण गर्नेछन् । वरिष्ठ मन्त्रीले उनलाई त्यहीँ स्वागत गर्ने कार्यक्रम छ । मोदीको भ्रमणमा तीन हेलिकोप्टर आउँदै छन् ।

बाह्रबिघाबाट मोदी सीधै जानकी मन्दिर पुग्नेछन्, जहाँ प्रधानमन्त्री केपी ओलीले स्वागत गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार दुवै प्रधानमन्त्रीले रामायण परिपथ उद्घाटन गर्नेछन् । लगत्तै प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनमा सहभागी हुनेछन्, प्रधानमन्त्री ओली काठमाडौं फर्किने छन् ।

जनकपुरमा भारतीय सुरक्षाकर्मी, थप आउँदै 
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार यहाँको सुरक्षा अवस्था बुभ्mन भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइपुगेका छन् । टोलीले यहाँका सुरक्षा अधिकारीसँग सुरक्षाको विषयमा छलफल गरेको छ । मोदी भ्रमणलाई सफल बनाउन थप टोली बुधवार जनकपुर आईपुग्ने छ । सुरक्षा सम्वेदनशिलतालाई ध्यानमा राखेर पाँच तहको सुरक्षा व्यवस्थापन गरेको बताए । मोदीको भ्रमणलाई उच्च स्तरीयको सुरक्षा व्यवस्था मिलाउन ७ हजार सुरक्षाकर्मी परिचालन हुने बताए । यसका साथै अभिन्नदनको स्थलको विभिन्न स्थानमा सिसिटी, प्रदेशद्वारामा चेकजाँच गर्ने मेसिन, तथा ड्रोन क्यामराहरु समेत प्रयोग हुने उनले बताए ।

मन्त्री यादवले मञ्चनजिक भारतीय प्रहरी, दोस्रोमा नेपाली सेना, तेस्रो घेरामा नेपाल प्रहरी, चौथोमा सशस्त्र प्रहरी र पाँचमा राष्ट्रिय अनुसन्धान र सिभिल ड्रेसमा सुरक्षाकर्मी परिचालन हुने बताए ।

प्रदेश र स्थानीय सरकारको फरक फरक समिति 
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई भव्य बनाउन प्रदेश सरकार र जनकपुरधाम उपमहानरपालिकाले फरक फरक समिति गठन गरेका छन् ।

प्रदेश सरकारले मुख्यमन्त्रीसहित ७ जना मन्त्रीको संयोजकत्व रहने गरि तत्काल ७ वटा कमिटि गठन गरेको छ भने जनकपुर उपमहागनरपालिकाले मेयर, उपमेरयर र वडाध्यक्षको संयोजकत्वमा छुटाछुटै ३ वटा समिति गठन गरेको छ ।

प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषदको वैठकले प्रम मोदीको भ्रमणलाई भव्य बनाउन मुख्यमन्त्री मोहम्म्द लालबाबु राउतकै संयोजकत्वमा मुल समिति गठन गरेको छ । त्यसैगरि, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा सुरक्षा समिति, भौतिक पुर्वाधार तथा विकास मन्त्री जिनेन्द्र सोनलको संयोजकत्वमा मञ्ज व्यवस्थापन समिति, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

त्यसैगरि, भुमि व्यवस्था तथा कृषि मन्त्री शैलेनद्र यादवको संयोजकत्वमा प्रवेशद्वार निर्माण समिति र समाजिक विकास मन्त्री रामनरेश राय यादवको संयोजकत्वमा स्वागत समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

यता, जउनपाका मेयर लालकिशोर साहको संयोजकत्वमा १ सय १ सदस्यि अभिनन्द समिति गठन गरिएको छ । त्यसैगरि, उपमेयर रिता झाको संयोजकत्वमा ११ सदस्यी सौन्दर्यकरण र प्रचारप्रसार र जउनपा –१३ का वडाध्यक्ष शुभनारायण मण्डलको संयोजकत्वमा ११ सदस्यि सरसफाई समिति गठन गरिएको छ ।

मोदीलाई जनकपुर उपमहानगरपालिकाले अभिन्नदन गर्ने 
भारतीय प्रम नरेन्द्र मोदीलाई जनकपुर उपमहागनरपालिकाका मेयर लालकिशोर साहले नागरिक अभिन्नदन गर्ने भएको छ ।

संघिय मामिला मन्त्रालयले आईतवार नै मोदीको नागरिक अभिन्नदनको लागि तामपत्र तयारी गरि २२ वैशाख सम्म पठाउन जनकपुर उपमहागनरपालिकालाई पत्र पठाएको छ । मेयर साहले भने,‘ नागरिक अभिन्नदनका लागि तामपत्रमा के उल्लेख गर्ने ? कुन हिसावले बनाउने विषयमा नगरको बोर्डमा छलफल गरि संघिय मामिला मन्त्रालयका त्यसको नमुना पठाउछौ, त्यहाँका अनुमति आएको खण्डमा सोही अनुसार तयार गछौ ।’

मेयर साहले नै अभिनन्दन पत्र पढेर प्रम मोदीलाई प्रदान गरिनेछ । र प्रदेश सरकारले मिथिला आर्टका मायाका चिन्हो प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यस अघि पुर्व भारतीय राष्ट्रपति प्रणव मुजर्खी जनकपुर भ्रमणमा आउदाँ जनकपुर उपमहानगरपालिका तत्काल कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेलले नागरिक अभिन्नद गरेका थिए।

जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी 
जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ ।

धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।

मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।

दुई घण्टे मोदीको जनकपुर भ्रमण 
अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारको भनाई छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ ।

तीन वटा होलिकोप्टरलाई आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले अहिले सम्म स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ । मोदी जनकपुरमा आवतवरण पश्चात जानकी मन्दिरमा पुजापाठ गर्ने बताईएको छ । मैदानबाट करिव ५ सय मिटरको दुरीमा रहेको जानकी मन्दिरमा पैदल वा गाडी जसरी गए पनि दुवै विकल्पमा प्रदेश सरकार तयारी गरिरहेको छ । त्यसका लागि जनकपुर उपमहागनरपालिकाले सो सडक खण्ड अर्थात रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोेपत्रे गर्न लागेको छ ।

जानकी मन्दिरमा पुजापाठसँगै जानकी मन्दिरले समेत मोदीलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरका छोटा महन्थ रोशन दासले मोदी भ्रमणको दिन मन्दिरमा विशेष पुजापाठको व्यवस्था गरिने बताए । जानकी मन्दिरमा रेड कार्पेट ओछयाउनको साथै जानकी मन्दिरले पनि आफ्ना तर्फबाट मायाको चिनो प्रदान गर्ने उनले बताए ।

जानकी मन्दिरबाट फर्केपछि पुनः वारहविघामा प्रम मोदीलाई जनकपुर उपमहागनरपालिकाले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ जउनपाका मेयर साहले नागरिक अभिन्नदन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिन्नदनपछि करिव ५० हजार जन समुदायलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लाबाट मान्छे बोलाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव हरि फुयाँलले बताए । उनले भारतीय प्रम मोदीको जनकपुरमा दुई घण्टाको कार्यक्रम तय भएको बताए ।

जनकपुरबाट मुक्तिनाथ जाने 
भारतीय प्रधानमन्त्री मोदी भारत विहारको पटनाबाट सिधा पहिला जनकपुर आउने कार्यक्रम छ । गृहमन्त्री थापाका अनुसार जनकपुर भ्रमण पश्चात मोदी भ्रमण मुस्ताङकाृ भ्रमण गर्ने कार्यक्रम तय भएको हो । मोदीको जनकपुरधाम भ्रमणको क्रममा पहिलो कार्यक्रम जानकी मन्दिरमा पुजा गर्ने र त्सपछि वारहविघामा अभिनन्दन कार्यक्रम हुने बताउँदै उनले अभिनन्द कार्यक्रममा नै मोदीको नागरिक सम्वोधन पनि हुने वताए । मोदीको स्वागतको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन प्रदेश सरकारले गर्ने उल्लेख गर्दै थापाले संघिय सरकारले समन्वयको भूमिका निर्वाह गर्ने बताए ।

मोदीको सुरक्षाको जिम्मा देशकै भएको भन्दै उनले भने,‘कडा सुरक्षा बीच उहा भ्रमण हुन्छ, त्यसका लागि हामी उच्च सुरक्षा व्यवस्था मिलाउछौ ।’ मोदीको भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने उनले बताए ।दाबी समेत गरे ।

मोदीको जनकपुर भ्रमण एतिहासिक भ्रमण हो, उनले भने,‘ यसलाई भव्य बनाउन प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयवासीको दायित्व हो ।’

गृहमन्त्री थापाको अवलोकन


मंगलवार विहानै संघिय सरकारका गृहमन्त्री रामवहादुर थापा (बादल) मोदी भ्रमणको सुरक्षाको व्यवस्था मिलाउन जनकपुरको जनकपुर भ्रमण गरेका छन् । उनीसँग आईजीपी सर्वेन्द्र खनाल पनि जनकपुरको अवलोकन गरेका छन् । उनीहरु मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसँग मोदी भ्रमणको तयारीको विषयमा कुराकानी गरेका छन् ।

साथै भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिन्नदन हुने स्थान बारहविघाको समेत निरीक्षण गरेका छन् । मोदीको सुरक्षाको विषयमा बुझन आएका डिआईजी नेतृत्वको आएका भारतीय सुरक्षा अधिकारीको टोलीसँग समेत भेटघाट गरेका छन् । हेलिकोप्टरमा आएका गृहमन्त्री थापा मंलवार विहानै काठमाण्डौ फर्केका छन् । यस अघि मुख्यमन्त्री राउत, भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनल र जनकपुर उपमहानरपालिका मेयर लालकिशोर साहले सोमवार नै वारह विघाको अवलोकन गरेका थिए ।

आईतवार राती आएको वर्षाले वारह विघा मैदानमा खल्ढाखुल्डी र पानी जमेकोले तत्काल स्काईभेटर लगाएर खल्डाखुल्डी पुर्न तथा पानी नजम्मने गरि मैदान तयार गर्न निर्देशन दिएका छन् । वारहविघालाई मैदान तथा मैदानका पर्खाल सरसफाई गरि सौन्दर्यकरण गर्न समेत मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन् ।

पूर्वाधार निर्माणका मुख्य एजेन्डा

९०० मेगावाटको अरुण तेस्रो शिलान्यास
मोदीको आसन्न नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी छ । लगानी बोर्डको सहजीकरणमा भारतीय कम्पनी सतलजले बनाउने ९ सय मेगावाटको उक्त आयोजनाको शिलान्यास तयारी गर्न परराष्ट्र मन्त्रालयबाट मौखिक जानकारी आइसकेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । २९ वैशाखमा दुवै प्रधानमन्त्रीले काठमाडौंबाट स्विच थिचेर परियोजनाको शिलान्यास गर्नेछन् ।

तर, पञ्चेश्वर अझै पनि एजेन्डाबाहिर
बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अहिलेसम्म मोदीको भ्रमण एजेन्डामा नपरेको पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङले जानकारी दिए । तर, अझै तयारीका लागि पर्याप्त समय रहेकाले एजेन्डा बन्न सक्ने सम्भावना भने छ । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)बारे असहमतिका विषय टुंगो लगाउन दुई देशका ऊर्जासचिवस्तरीय विज्ञ समूहबीच एक महिनाभित्र बैठक बस्ने निर्णय गत साता मात्रै भएको छ ।

रेल र सडकमा नयाँ एजेन्डा नथपिने 
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणबारे सहमति भएकाले मोदीको नेपाल भ्रमणमा यो एजेन्डा बन्नेछैन । हुलाकी राजमार्ग निर्माणबारे भने छलफल हुन सक्नेछ । यसैगरी, भारतीय लाइन अफ क्रेडिट (एलओसी)अन्तर्गत १७ वटा सडक सुधार गर्ने कार्यक्रमलाई समयमै सम्पन्न गर्ने र भारतले नेपालका विभिन्न ५ वटा स्थान (जयनगरदेखि–जनकपुर–कुर्था, जोगबनीदेखि विराटनगर, न्यु जलपाइगुडीदेखि काँकडभिट्टा, नौतनवादेखि भैरहवा र नेपालगन्ज रोड–नेपालगन्ज) मा रेल यातायातले जोड्ने कार्यक्रमलाई पनि दु्रत बनाउनेबारे छलफल हुन सक्नेछ ।

थप बन्दरगाह खुला गर्ने सम्भावना 
नेपालले अहिले भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गरिरहेको छ । नेपालले उडिसाको धमरा बन्दरगाह र गुजरातको कन्डला बन्दरगाह प्रयोग गर्न दिन भारतसँग आग्रह गरेको छ । यसमा भारत सकारात्मक छ । मोदी भ्रमणमा थप बन्दरगाह खुला गर्नेबारे समझदारीसमेत हुन सक्ने वाणिज्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।-शिस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

Next Post
ओलीले बारहबिघामा मोदीलाई  स्वागत गर्ने

ओलीले बारहबिघामा मोदीलाई स्वागत गर्ने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist