२०७५ वैशाख १८ गते
नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनको तयारीका लागि तिन दलिय गठबन्धनको चुनावी अभियान तिव्रताका साथ अघि बढिरहेको छ ।
आगामी २२ वैशाखमा हुन गइरहेको पत्रकार महासंघको प्रदेश निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का उम्मेदवारहरुले संयूक्त रुपमा चुनावी अभियानलाई अघि बढाएका छन् ।
एमाले निकट प्रेस चौतारी नेपाल, काँग्रेस निकट नेपाल प्रेस यूनियन र माओबादी केन्द्र निकट प्रेस सेण्टर नेपाल विच प्रदेश सभा निर्वाचनमा भएको गठबन्धन अन्तर्गत प्रदेश २ का उम्मेदवारहरुले पूर्वबाट शुरु गरेको चुनावी अभियान सोमबार बारा आइपुगेको छ ।
पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष समेत रहेका सचिब पदका उम्मेदवार गुरुप्रसाद गौतमका अनूसार चुनावी अभियान अन्तर्गत सिराहा, सप्तरी, महोतरी र सर्लाहीको चुनावी अभियान सकेर टोली बारा आइपुगेको हो । मंगलबार बारा र पर्सामा पत्रकार भेटघाट तथा चुनावी कार्यक्रम सकेर धनुषा तर्फ लाग्ने कार्यक्रम रहेको उम्मेदवार गौतमले जानकारी दिए ।
अभियान अन्तर्गत मंगलबार विहान सिमरा र वीरगञ्ज तथा दिउसो कलैयामा पत्रकार भेटघाट कार्यक्रम तय भएको छ । प्रमूख तिन दल निकट पत्रकारहरुको साझा गठबन्धन अन्तर्गत प्रदेश नम्बर २ मा प्रेस यूनियनले अध्यक्ष पद प्राप्त गरेको छ ।
अध्यक्षमा दिपेन्द्र चौहान, खुल्ला उपाध्यक्षमा केसी लामिछाने, महिला उपाध्यक्षमा रिन्कु मिश्रा, महासचिबमा मणिलाल विश्वकर्मा, सचिबमा गुरुप्रसाद गौतम, समावेशी सचिबमा रामनारायण विश्वास, कोषाध्यक्षमा प्रविण साह लगायत सदस्यहरुमा धिरेन्द्र राय, अजितकुमार सिंह, शैलेन्द्र झा, भोजराज भट्टराई, राजनकुमार सिंह, जीतलाल श्रेष्ठ, जगत राई, वैद्यनाथ चौधरी र अजयकुमार साह उम्मेदवार रहेका छन् ।-शिस