राजकरण महतो । गौशाला
न स्कूल भवन छ, न विद्यार्थी बस्ने डेक्स बेन्च । चिसो होस् या गर्मि, बोरा ओछ्या बच्चा पढ्न बस्छन् ।
शिशुदेखी कक्षा दुई सम्म पढाई हुन्छ । सबै बच्चासंगै पढ्छन् । गाईभैंसी, बाख्रा बाँधेको नजिकै स्कूले बच्चा कखरा पढ्छन् । पढ्ने स्कूल हो की गोईभैंसीको गोठ, छुट्याउनै ग्राहो । यस्तै बेहाल छ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेल निर्वाचि भएको महोत्तरीको गौशाला नगरपालिका—६ फूलकाहाको एक दलित बस्तीको स्कूलको ।
फूलकाहा दलित मुसहर बस्तीमा २०६६ सालमा स्कूल खोलियो । जसको नाम जनता आधारभुत विद्यालय छ । मुसहर बस्तीको सामुदायिक भवनलाई देखाएर विद्यालय दर्ता गरियो ।त्यसै भवनको भित्तामा विद्यालयको बोर्ड झुडियाइयो ।
विद्यालयको आफ्नो एक धुर नमरी वा ओइलानी जग्गाा पनि छैन । एउटा कक्षा कोठा पनि छैन । भौतिक संरचन विनै जिल्ला शिक्षा कार्यालय महोत्तरीले विद्यालय संचालनको लागी अनुमति दियो ।
विद्यालय खुलेको ९ बर्ष वित्यो । विद्यालसंग एउटा टेवल, दुई थान कुर्सी र एउटा ब्लयाक बोर्ड बाहेक केही छैन । प्लाईको ब्याक बोर्ड पटपट फुटेर उकिसकेको छ । चकले लेखेको पनि राम्रोसंग देखिदैन ।
मुसहर बस्तीको बीचमा रहेको गाउँलेको सामुहिक घर(दलान)मा बच्चा राखेर पढाइन्छ । शिशु कक्षादेखी दुई कक्षा गरि तीन कक्षाको पढाई एकै ठाउँमा हुन्छ । दलानमा मुश्किलले ३० जना विद्यार्थी पढ्न सक्छन् । बच्चा बढी आइदिएको दिन बाहिरै बसेर उनीहरु कखरा रटछन् ।
दलना अगाडी वस्तुभाउको गोठ छ । त्यसकै नजिकमा बच्चा राखेर पढाई गराइन्छ । दलानको छानो जीर्ण छ । छानोको टाली फुटेको छ । आकाश छ्याङ्ग देखिन्छ । बर्खामा चुहिन्छ । जाडोमा बच्चाहरु शितलहरले पढ्न सक्दैनन् ।
बोरा ओछ्याएर १२ महिनै भुईमै पढ्नु पर्छ । गर्मिमा त अलि दुःख सुःख गरेर पढ्छन् तर, शितलहरको दुई महिना बच्चाहरु भुईमा चिसो पढ्न पाउँदैंन । बर्षातमा दलानको छानो छुहिएर बच्चाहरुको कपि किताबै भिज्ने गरेको शिक्षक सीता देवी झा बताउँछिन् ।
गाउँको विवाह, मुडन, मरनहरन भए दलानकै छेउको गोठ अगाडी भोजभतेर हुन्छ । बरातीको बास पनि दलानमै हुन्छ । भोज पकाउने भाँडाकुडा थन्काउने ठाउँपनि समाजिक भवनै हो । बर्षको ६ महिना मुसहर बस्तीका बच्चाहरु विद्यालयको भौतिकपूर्वधार नहुँदा पढ्न पाउँदैनन् । ६ महिनामा स्कूलमा पढाई भएपनी नियमितता उनीहरुको रहदैन ।
पुस्तौंदेखी शिक्षाबाट वञ्चि रहदैं आएका ५५ घर मुसहर समुदायका बच्चाहरुलाई पढाउन स्कूल खोलियो तर, उनीहरुको गाउँमा स्कूल खुल्दा पनि लेखपढ गर्न पाएका छैनन् । नजिकै विद्यालय भएपनि उनीहरुको पहुँच विद्यालयमा छैन । बच्चा पुगि हालेपनि टिक्दैनन् ।
न विद्यालयमा खेलकुद गर्ने मैदान छ, न त शैक्षिक समाग्री नै । भगवन भरोसे मुसहरका बच्चाहरु स्कूल पढ्छन् । विद्यालयमा जग्गा पुराना ४० बालबालिका छन् । १२ जना मात्र नयाँ विद्यालय भर्ना भएका छन् । मुसहर बच्चाहरुको जन्म दर्ता नहुँदा विद्यालय भर्ना गर्न समस्या भएको विद्यालयका प्रधानाध्यपक विशेश्वर प्रसाद साहले बताए ।
विद्यालयमा सीता देवी झा बालविकास सहयोगी र प्रधानाध्यपक साह गरि दुई जना शिक्षक छन् । प्रअ साह २०६७ साल यता पि.सि.एफ. कोटाबाट ४ बर्ष स्कूलमा काम गरे । २०६१ साल यता पि.सि.एफ. कोटा कटौती भएपछी प्रधानाध्यापक साह बेतलवी भएर अहिले काम गरिरहेका छन् ।
विद्यालयको शैक्षिक स्तर निकै कमजोर छ । दुई कक्षामा पढ्ने अधिकांस बच्चाहरु आफ्नो नाम लेख्न सक्दैनन् । विद्यार्थीलाई कुन स्कूलमा पढेको विद्यालयको नाम थाहा छैन । प्रधानाध्यापक, बालविकास सहयोगीलाई राष्ट्रगान गाएर बच्चालाई पढाउन भन्दा शिक्षकलाई नै राष्ट्रगान आएन ।
आफुहरुको बच्चा स्कूल गएर पनि पढ्न नपाएको बस्तीकी ४० बर्षीय गौरावत्ति सादाले चिन्ता व्यक्त गरिन् ।‘यहाँ धनीको बच्चा पढ्ने सरकारी स्कूल र दलितको छोराछोरी पढलेख गर्ने स्कूलमै पनि सरकारले काँखापाँखा गरेको छ,’गौरावत्तिले विद्यालयको दुराअवस्था देखाउँदै भनिन्,‘हाम्रो स्कूलमा बच्चा पढ्ने डेक्स बेन्च पनि छैन । गाउँकै अरु जातीका बच्चा पढ्ने स्कूलमा पक्कि भवनै छ ।’
नेताहरुले चुनावमा स्कूल बनाइदिने आश्वासन दिएर भोट लिएर जित्दै आएको उनले थपिन्,‘ साँच्चीकै सरकार हाम्रो बच्चालाई पढेको हेर्न चाहन्छन् भने स्कूल भवन, खेल मैदान देउन् ।’
स्कूल गएर बच्चाहरुलाई आफ्नो नाउगाउँको नाम लेख्न नआएपछी अभिभावकहरु बच्चा स्कूल पठाउन हिच्किचाई रहेका जनता आधारभुत विद्यालय व्यवस्थान समितिका अध्यक्ष हरि सादाले बताए ।
दुई पटक संविधान सभा सदस्य र अहिले प्रदेश सांसद्मा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका नेता भरतप्रसाद साहको गाउँमा रहेका दलित बस्तीको विद्यालय स्कूलको हो की गाई गोठ छुट्यानै ग्राहो । प्रतिनिधि सभाका सासद् दिलकुमारी साहको गाउँ पनि यहि हो ।
‘विदालयको आफ्नै जग्गा छैन । भवन बनाउन बजेट सरकारबाट ल्याउन पनि समस्या छ,’सासद् भरत साहले अन्नपूर्णसंग भने ।
गौशाला नगरपालिका वडा नम्बर ६ का वडा सदस्य नथुनि राउतले विद्यालयमा पढाउने शिक्षकको लागी १ लाख ६० हजार रुपैंया व्यवस्था गरिएको जनाएका छन् ।
भौतिक पूर्वधारको अभावमा गाईभैंसी गोठ नजिकै पढ्दै फुलकाहा मुसहर बस्तीका बच्चाहरु । तस्वीर, राजकरण महतो