बर्दिबास, बैशाख १४ गते ।
दुई बालिका । नाम लक्ष्मि र रोशनी । लक्ष्मी अर्थात समृद्धिको अर्को रुप । रोशनी उज्यालोको प्रतिविम्भ । लक्ष्मि कुमारी सरदार । अर्थात दलित । रोशनी कुमारी मुसहर । पुस्तौंनी रोग, भोक, शोकले थलिएकी दलितमा पनि महादलित । यि दुवै बच्ची नामकी देवी । तर, मन भएकी तर, परिवारमा धन नभएकी परिवारमा हुर्किदै गरेकी ।
पुस्तौंनी शिक्षाको ज्योतीबाट वञ्चित थिइन्, लक्ष्मी र रोशनी । यि दुई बालिका स्कूल बाहिरै थिइन् । यिनको पनि भविष्य चहकिलो बन्छ, कसैले सोंचेको थिइन् । तर, २०७५ सालको बैशाख महिनाको वसन्त ऋतुमा वृक्षमा नायाँ पालु पलायो । हो, यहि वसन्त ऋणमा लक्ष्मी र रोशनीको सुन्दर भविष्यरुपी फूलमा कोपिला लागेको छ । एक दिन यि दुई कोपिला फक्रिने छ ।
प्रदेश सांसद सारदा थापाले यि दुई बच्चीको गुस्तरीय जीवन बनाउन कम्मर कस्नु भयो । दिन खाए रात के खाने यि दुई गरिव परिवाकी बच्चीलाई सरस्वतीको मन्दिर, अर्थात स्कूलमा भर्ना गराउनुभयो । स्कूल ड्रेस, शैक्षिक समाग्री प्रदान गर्नु भयो ।
लक्ष्मी र रोशनीलाई काँखमा सांसद सारदा थापाले उठाइन् । स्कूल ड्रेसमा सजिएकी लक्ष्मी र रोशनीको अनुहारमा हेरिन् । उहाँले भन्नुभयो,‘ लक्ष्मि र रोशनी मेरै छोरी छन् । यि दुईको अनुहारमा मेरै सन्तानको अनुहार झल्किन्छ ।’ एउटा आमाले यि बच्चीहरु जन्म दिइन् भने अर्को आमाको रुपमा शिक्षादिक्षा दिने कामको जिम्मा साँसद सारदाले लिनु भयो ।
महोत्तरीको बर्दिबास नगरपालिका—१४ का एकिकृत नमुना मुसहर बस्ती ६ बर्षीय रोशनी कुमारी मुसहर र भंगहा नगरपालिका—५ राजपुरकी लक्ष्मी कुमारी सरदार गरि दुई बालिकाको अभिभावक्त ग्रहन गर्नुभएको हो ।रोशनीलाई बस्ती नजिकैको जनता माध्यमिक विद्यालय बर्दिबासमा नाम लेखाइएको छ भने, लक्ष्मीको जनता आधारभुत विद्यालय राजपुरमा भर्ना गरियो ।
विद्यालयमा पुगेर भर्ना गराउनु भएकी सांसद थापाले आधारभुत तह सम्मको पढाईमा लाग्ने सम्पूर्ण खर्च दिने गरि दलित समुदायकी लक्ष्मी र रोशनीलाई विद्यालय भर्ना गराउनु भएको हो ।बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले नगर क्षेत्र भित्रका अभिभावक तथा गास, बास, कपास विहिन बच्चाहरुलाई वडाको सिफारीसमा एउटै विद्यालयमा भर्ना गरेर अवासिय विद्यालय संचालन गर्ने लक्ष्य आफुहरुको रहेको बताउनुभयो ।
शिक्षामा पछि परेका दलित समुदायका बच्चाहरुलाई स्कूल भर्ना गराएर अभिभावक्त लिदा आफुहरुलाई खुशी लागेका साँसद सारदा थापाले बताउनुभयो । आफुहरुले विद्यालय भर्ना गराएको बच्चीको रेखदेख सदैव गर्ने र ती बच्चीहरु पढेर राम्रो पदमा पुग्ने आशा उहाँ संगालनु भएको छ ।
यस अघि धुर्मुस सुन्तली फाउण्डेसले महोत्तरीको गौशाला नगरपालिका—७ मनहर्वा मुसहर बस्तीका एक सय पच्चिस जना बच्चाहरुलाई स्कूल भर्ना गरेका थिए ।