
आफ्नो मुटुमा आफ्नै मनले सम्भोग गरेपछि
पीडैपीडा हुने गर्छ (जिन्दगी) जिवनले सम्भोग गरेपछि
महलमा रमाउने हरुलाइ के थाहा गरीबीको पीडा
गरिब उस्सै मर्ने गर्छ धनले सम्भोग गरेपछि
त्यति जब्बर फलाम त रुने गर्छ यहाँ
जता हान्यो उतै कुच्चिन्छ घनले सम्भोग गरेपछि