सनिउल्ला धोबी,
कपिलवस्तु बैशाख १२।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उप प्रमुख सबनम खातुनले मानब बेचबिखन तथा लैगिंक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई नेपाल शाखा कार्यलय कपिलबस्तुको अनुगमन गर्न भएको छ । सिमानामा रहेको संघ संस्थाको अनुगमन गर्दै सीमा क्षेत्रमा अपराधिक गतिविधि नियान्त्रण गर्ने बताउनु भएको छ ।
उप प्रमुख शबनम खातुनले मानव बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध यस क्षेत्रमा १० बर्ष देखि सराहनीय कार्य गर्दैले सिमा क्षेत्रमा रहेको संस्थाको अनुगमन गरेको बताउनु भयो ।
अनुगमन गर्ने क्रममा नेपालबाट भारत तर्फ जाने चेलीहरुलाई समेत सोधपुछ गर्नु भएको थियो । के.आई नेपालले गरेका कार्यहरु र ३ बर्षका उपलब्धीहरु लाई हेर्दा मानब बेचबिखन बिरुद्ध गरिएका सकारात्मक प्रयास अत्यान्त महत्वपुर्ण रहेको उहांले बताउनु भयो । उल्लेखित डाटा हेर्दा नेपालको मानब बेचबिखनको अबस्था देखेर उपमेअरले चिन्ता ब्याक्त गर्नु भएको छ । गरिबी अशिक्षा र बेरोजगारले हुन पुगेका यस्ता दुखद अबस्थालाई न्यनिकरणका लागि सबै एकजुट हुनुपर्ने समेत खातुनले बताउनु भयो । नगरपालिकाबाट समेत केआईलाई विशेष सहयोग गर्ने उहाले बताउनु भयो ।
बिगत केहि दिनदेखि केआई नेपालले गरेको यो ठूलो सफलतालाई अत्यान्तै सम्मान गर्दै के.आई नेपालले गरेका बिभिन्न कार्यहरु बिभिन्न जिल्लामा रहि सिमा निगरानी तथा सामुदायीक कार्यक्रम मार्फत मानब बेचबिखन तथा लैंगिक हिंसा बिरुद्ध जुन किसिमका कार्यहरु तथा भारत तथा अन्य देशमा समेत उद्धार कार्य गरेको सुन्न र देख्न पाएकोमा अझै धैरै सफता मिल्दै जाओस भन्ने आसा ब्याक्त गर्नु भयो ।
के.आई नेपालले गरेका उल्लेखनीय कामहरु मध्ये बिगत ३ बर्षको मात्रउपलबधीलाई हेर्ने हो भने नेपालबाट भारत तथा भारत हुदै तेस्रो मुलुक जाने क्रममा बिशेष त नेपाली चेलीहरु सिमामा ११ हजार २ सय ८८ जनालाई सुचना तथा परामर्श प्रदान गरेको छ जस मध्ये घर फिर्ता ३०९ जना, मानब बेचबिखनमा संलग्नको आधारमा १४ वटा मुदा इ.प्र.का कृष्णनगरमा दर्ता गर्न सफल भएको छ भने २७ जना चेलीहरु आत्मा निर्भर बनाउने उदेश्यले चितवन सेफ होम पठाइएको रेकर्ड फाइल के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले प्रस्तुत गर्नु भएको थियो ।