आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

असई थमन विक हत्या प्रकरण : सांसददेखि मेयरसम्मलाई पक्राउ गर्न अदालतको ताकेता !

शिरीष न्युज by शिरीष न्युज
बैशाख ८, २०७५
0
असई थमन विक हत्या प्रकरण : सांसददेखि मेयरसम्मलाई पक्राउ गर्न अदालतको ताकेता !

अजय अनुरागी

जनकपुरधाम, ७ वैशाख– 

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नयाँ मोड देखा परेको छ । फरार प्रतिवादीहरू सार्वजनिक पद धारण गरी खुलेआम हिँडिरहेको अवस्थामा उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा कारण देखाउ आदेश जारी गरेपछि घटानले नयाँ मोड लिएको हो ।

२९ चैत २०७४ मा उच्च अदालत जनकपुरका न्यायाधीश रमेशकुमार खत्रीको इजलासले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई १५ दिनभित्र सरकारी वकिलको कार्यालय जनकपुरमार्फत् लिखित जवाफ पेश गर्न परमादेश जारी गरेको छ ।

असई विककी श्रीमती शोभा गहतराजले २८ चैतमा जिल्ला प्रहरी कार्यालय र त्यस कार्यालय प्रमुखलाई विपक्षी बनाउँदै परमादेशको मागसहित उच्च अदालतमा निवेदन दिएकी थिइन् । केही प्रतिवादीहरू महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा प्रहरीले पक्राउ नगरिरहेको भन्दै उनले निवेदन दिएकी थिइन् ।

फरार प्रतिवादीमध्ये शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर, अभिराम शर्मा महोत्तरी ३ (१) बाट प्रदेश सभामा सांसदमा निर्वाचित भई सार्वजनिक पद धारण गरिरहेका छन् ।

प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाउनु पर्नेमा सो नगरी प्रहरी चुपचाप बसेर निष्क्रिय भएको गहतराजले दिएको निवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा गएर पटक–पटक अनुरोध गर्दा पनि हालसम्म पक्राउ नगरी कानूनको दायरामा नल्याएर आफूलाई झन् अन्याय भइरहेको भन्दै उनले उच्च अदालतमा निवेदन दिएकी थिइन् । सोही मुद्दाको सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरूको कुटाइबाट मृत्यु भएका असई विकको घटनामा प्रतिवादी बनाइएका राजपा नेपालका नेताहरूमध्ये कोही प्रदेशसभा सदस्य र मेयर बनेका छन् ।

असई विक हत्याका आरोपी देवेन्द्र यादव भने प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका थिए । विगतमा राजपा नेपालमा आवद्ध भए पनि टिकट नपाएपछि उनले महोत्तरी ४ बाट बागी उम्मेदवारी दिएका थिए ।
अदालतको आदेशपछि पनि पक्राउ गर्न आनाकानी गरिरहेको प्रहरीलाई अब उनीहरूलाई जसरी पनि पक्राउ गर्न दबाब परेको छ ।

माथि उल्लिखित प्रतिवादीहरूले भने मधेस आन्दोलनका क्रममा राजनीतिक आस्थाका आधारमा आफूहरूमाथि झुठा मुद्दा लगाइएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने बताउँदै आएका छन् ।

मधेस आन्दोलनका दौरान २५ भदौ २०७२ का दिन महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको आन्दोलनकारीहरूले हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतमा दायर मुद्दा विचाराधीन छ । घटनामा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले तत्काल ३ जनालाई पक्राउ गरेको थियो, करीब २ दर्जन प्रतिवादीहरू फरार रहेको प्रहरीले बताएको थियो । निर्वाचित जनप्रतिवादी अभिराम शर्मा र कौशलकुमार यादवलाई पनि उक्त घटनाको प्रतिवादी बनाइएको थियो  । महोत्तरी प्रहरीका अनुसार ती प्रतिवादीहरू हालसम्म फरार छन् ।

प्रहरीले उक्त घटनामा जलेश्वर–६ का रमेशप्रसाद साह, जलेश्वर–२ का सतिनन्द चौधरी, राजा चौधरी, नरेश साह, राम राजा साह, हरिओम कुमार भगत, बिक्की साह, जलेश्वर–१ का चन्देश्वर साह मेहतरी, गोलु साह, रवीन्द्र राम चमार, रञ्जित साह, जलेश्वर–१३ का देवेन्द्र चौधरी, जलेश्वर–१७ का पवन कापर, जलेश्वर–५ का अनिल ठाकुर, फूलहटा परकौली–५ का फूले यादव, महोत्तरी अनैठाका रोहितकुमार शर्मा, लालबाबु विन, भटौलिया २ का शम्भु साह, सोनमा ३ का देवेन्द्र यादव, खैरवनी–६ का कौशलकुमार यादव, निगौल– ५ लक्ष्मी महतो, अन्कार–९ का अभिराम शर्मा, पर्सा पतैलीका धर्मेन्द्र राय, पिगौना–५ का शंकर शाही भन्ने रामशंकर मिश्र र सुगा भवानीपट्टीका सुरेश पाण्डेलाई समेत अभियुक्त बनाइएको छ ।

फरार रहेकाहरूमध्ये देवेन्द्र यादव विगतमा सद्भावना पार्टीका केन्द्रीय सह–महासचिव, सुरेश पाण्डे तराई मधेस सदभावना पार्टीका केन्द्रीय सदस्य, अभिराम शर्मा महोत्तरी तमलोपाका अध्यक्ष, धर्मेन्द्र राय सद्भावना महोत्तरीका सचिव, कौशलकुमार यादव संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, अनिल ठाकुर तमसपाका महोत्तरी सदस्य र लक्ष्मी महतो सदभावनाका केन्द्रीय सदस्य थिए । ती सबै नेताहरू अहिले राजपा नेपालमा आबद्ध छन् ।

घटना सम्बन्धमा महोत्तरीका तत्कालीन डीएसपी रेग्मीको प्रतिवेदन

असई थमनको हत्याको सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले दिएको प्रतिवेदन अनुसार गत भदौ २५ गते अन्दाजी साढे ८ बजेको समयमा बाँके कचनापुर गाविस वडा नं. ५ घर भई सीमा सुरक्षा कार्यालयको जलसागर महोत्तरीमा दरबन्दी रही सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताहरूले नियन्त्रणमा लिई लाठी, भाटा, लात्ती, मुक्कासमेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उक्त खबर प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको समेतको टोली घटनास्थलमा खटी विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पु¥याइ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा जानकारी गराएका थिए । घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि अञ्चल अस्पताल जनकपुर रिफर गरियो ।
सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा कुरुवाहरू सशस्त्र प्रहरी जवान राजकुमार झा, अस्पतालका कर्मचारी र सहयोगीसहित ५ जनाको साथमा विकलाई जनकपुरतर्फ पठायो ।

अन्दाजी ११ बजेको समयमा जलेश्वर पिपरा हुँदै जनकपुर जाने हाइवेको बाटोबाट गाडी पठाइयो । तर उक्त बाटोमा अस्पताल आसपासबाट ९÷१० वटा मोटरसाइकलमा एक समूहले पिछा गर्न थाल्यो । प्रकौली पुग्दा चोकमा काठ तेस्र्याएर बाटो अवरुद्ध गरिएको थियो । त्यसलाई छलेर सडक छेउबाट एम्बुलेन्स अघि बढाउने क्रममा सो समूहले ढुंगामुढा गर्न थाल्यो । एम्बुलेनस रोकिएन, अघि बढिरह्यो ।

अघि बढ्दै भ्रमरपुरा गाउँतर्फ जानेक्रममा बाटोमा ह्यूम पाइप हालेको बाटो आयो, त्यहाँबाट एम्बुलेन्स अघि बढाउन सफल भएन । पिछा गर्ने मधेसी दलका कार्यकर्तालाई छल्दै जाने क्रममा एम्बुलेन्स सो बाटोमा पुगेको थियो ।
त्यहाँबाट एम्बुलेन्स अघि बढ्न नसकेपछि चालक सुशील मिश्र, अस्पतालका कर्मचारी सियाराम पासवान, सहयोगी पप्पु साह र कुरुवाका लागि खटिएका सशस्त्र प्रहरी जवान राजकुमार झा समेत चारै जना डराए ।

सबै भागेपछि घाइते प्रहरी जवान विक पनि डराए । उनी पनि गाडीबाट उत्रिएर भाग्न खोजे । त्यसपछि भीडले पुलिस भाग्यो, मार्नुपर्छ भनी ५०÷६० जना जम्मा भएर निर्ममतापूर्वक कुटपीट र धारिलो हतियार प्रहार गरी हत्या गरे । भागेका प्रहरी जवान झालाई भने स्थानीय एक व्यक्तिले लुकाएर आन्दोलनकारीबाट बचाए ।

प्रहरीले विश्लेषण गरेको फोन कल विवरण

महोत्तरी प्रहरीले आफ्नो अनुसन्धानका क्रममा प्रतिवादीहरूको फोन कल विवरण, लोकेसन समेतलाई पहिचान गरी विश्लेषण चार्टसँगै प्रतिवादी अनिल ठाकुरको भ्वाइस रेकर्डलाई प्रमुख प्रमाणका रूपमा अदालतमा पेश गरेको छ ।

त्यसैगरी घटनास्थल महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित र अर्को घटनास्थल महोत्तरी वडा नम्बर ८ सनोखडा स्थित धानको खेतबाट बरामद भएका लाठी, फाठा बाँसको, काठको टुक्राहरू, बोतलहरू, बोतलका टुक्राहरू, अडियो र भिजुअल चक्कालाई समेत प्रमाणको रूपमा पेश गरेको छ । त्यसैगरी घटनास्थल मुचुल्का, लासको प्रकृति मुचुल्का, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको पत्र, मृतकका भाइ प्रेमबहादुर विकको जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, साक्षीहरू सशस्त्र प्रहरी जवान राजकुमार झा, पप्पुकुमार साह, सियाराम पासवान, सुशील मिश्र आदिले गरेको घटना विवरण कागजलाई आधार बनाएको छ ।

सशस्त्र प्रहरी असई विकको हत्या भएको ज्यान मुद्दामा महोत्तरी प्रहरीले विभिन्न प्रतिवादीहरूको फोन कल विवरण समेत प्रस्तुत गरी हत्या गर्ने कार्यमा संलग्न रहेको दाबी गरेको छ । प्रतिवादी रमेश साहको मोबाइल नम्बरको विश्लेषण गर्दै घटना भएको मितिमा बिहान १०ः२० देखि १५ः२६ सम्म मोबाइलमा कुनै सम्पर्क नभएको तथा मृतक थमन विकलाई फलो गरी कर्तव्य गरी मार्नमा संलग्न रहेको दाबी गरेको छ ।

त्यसैगरी अर्का प्रतिवादी शंकर साही भनिने रामाशंकर मिश्रको मोबाइल नम्बरको विश्लेषण गर्दै घटना मितिको ११ः०३ देखि १२ः०५ सम्मको लोकेसन घटनास्थलमै रहेको देखिएको हुनाले निजकै नेतृत्वमा घटना भएको प्रहरीको दाबी छ ।

त्यसैगरी प्रतिवादी अनिल ठाकुरको मोबाइल नम्बरको विश्लेषणबाट घटना मितिको ११ः१० देखि सम्पर्कमा नरही एकैचोटी १२ः२२ बजेमा भिठ्ठामोडमा पुगेको हुनाले मृतकलाई फलोगरी कर्तव्य गरी मार्नमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी प्रतिवादी सुरेश पाण्डेको मोबाइल नम्बरको विश्लेषण गर्दा घटना मितिको ११ बजेदेखि १२ः१० बजेसम्म बारदात स्थलको मोबाइलको टावर लोकेसनमा रहेको र अर्का प्रतिवादी अभिराम शर्माको मोबाइलसँग पटक–पटक सम्पर्क भएको दाबी गरिएको छ ।

अर्को प्रतिवादी अभिराम शर्माको मोबाइल नम्बरको विश्लेषण गर्दैै उक्त मोबाइल घटना भएको मितिको १०ः२४ देखि १२ः२९ सम्म घटनास्थलकै मोबाइल टावर लोकेसनमा रहेको बताइएको छ । प्रतिवादी धर्मेन्द्र रायको मोबाइल नम्बरको विश्लेषण गर्दा घटना वारदात मिति समयमा निजको मोबाइल नम्बरको टावर लोकेसन पनि मिलेको आधारमा प्रहरीले अभियुक्त बनाएको छ ।

घटना भएको दिन बिहान अन्दाजी ८ः३० को समयमा विकलाई कुटपीट गरेको भिजुअल रेकर्डसमेत हेर्दा सञ्जयकुमार साह, प्रदीप साह माझी, बिक्की साह, रामराजा साह, गोलु साह, हरिओम भगत, रवीन्द्र राम चमार र रञ्जित साहको भिजुअल फोटो सनाखत भएको तथा अन्य व्यक्तिहरू सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले आफ्नो विशेष सुत्रबाट घटना भइसकेपछि प्रतिवादी मोहन ठाकुरले गरेको कुराकानीको अडियो रेकर्डलाई समेत प्रहरीले प्रमाणको रूपमा पेश गरेको छ । अनिल ठाकुरले गरेको संवादको भ्वाइस एस्पेक्ट्रम एनालेसिस प्रविधिद्वारा परिक्षण गराई अडियो रेकर्ड र भिजुअल रेकर्डको भ्वाइस ६७ प्रतिशत मिलेको  भनी केन्द्रीय अनुसन्धान ब्यूरोको परीक्षण प्रतिवेदनलाई पनि ठोस प्रमाणको रूपमा अगाडि बढाएको छ ।-लाेकान्तर डटकम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !
अन्य

कलेज भर्ना हुन ब्वायफ्रेण्ड बनाउनु अनिवार्य !

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

Next Post
जनकपुरधाम हो कि मच्छड–धाम ?

जनकपुरधाम हो कि मच्छड–धाम ?

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist