बाकी भए केही लिन
लासबाट खाेसी लिनु माया ।।
तिम्रै हातले
मेराे लासमा
दागवती दिनु माया ।।
जल्दै जल्दै जानु छ मैले
तिम्ले टेक्ने धर्तीमा मिल्न ।।
घुट्कै घुट्का प्यासहरू
मस्तै संग पिनु माया ।।
तिमीले मार्याै मलाइ
तैपनि प्रतिशाेत छैन ।।
मेराे दुइ थाेपा अाँसु
जीवनभरकाे चिनु माया ।।
राखी हेर त अाफ्नाे मुटुमा
कसैलाइ सजाएर ।।
मेराे जस्तै प्रेम प्रितीमा
तिम्ले पनि खिनु माया ।।
-सुभद्रा भुजेल