सुभद्रा भुजेल
बर्दिवास, ५ बैशाख ।
नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पाटीको कार्यलाई उच्च मुल्याँकन गर्दै सौहार्दपूर्ण वातावरणमा पाटी एकीकरण हुने बताए । बुधबार महोत्तरीको बर्दिवासमा नेकपा एमाले बर्दिवास नगर कमिटीले आयोजन गरेको ‘धन्यवाद,शुभकामना आदान प्रदान तथा राजनीतिक प्रशिक्षण ’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्तिमात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए । नेता पोखरेलले दुबै कम्युनिष्ट पार्टीबीच एकिकरणको कुरा घोषणामात्रै हुन बाँकी रहेको बताउदै एकीकरण बिथोल्ने एमाले होस् कि माओवादी केन्द्र तिनको बोली अब नबिक्ने बताए । उनले दुबै पक्षका नेताहरुको ब्यस्तताका कारण पाटी एकता प्रकृया निर्धारीत समय भन्दा केही समय लम्बिएको स्वीकारे ।
नेता नेपालले माओवादी सशस्त्र ‘जनयुद्ध’को उचित सम्वोधन, सम्मान जनक एकता, चुनाव चिह्न लगायत बिषयमा सहमति जुटन नक्दैन,पाटी एकता नहुने होकी भन्ने कुरा जनता माझ गलत भ्रम फैलाइएको प्रष्ट्याए ।
यद्यपी उनले कालमाक्सको जन्मदिनमा पाटी एकीकरण गर्ने सोच बनाएको तर यसबारे औपचारीक घोषणा हुन बाँकी रहेको उल्ल्ेख गरे । प्रदेश नम्वर दुईको विकास र समृद्धिका लागि वामगठन्धन र बर्तमान सरकारले योजनाबद्ध काम थाल्ने वरिष्ठ नेता नेपालको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले देश विकासकोलागी यातायात निकै महत्वपूर्ण रहेको बताउदै सबै चिजलाई परिवर्तन गरेर नयाँ परिपाटी बसाल्ने जिम्मेवारी नेपाली जनाताले बामगठबन्धनलाई सुम्पेको बताए ।
त्यसैगरी नेता नेपालले विद्यालय भर्ना अभियान अन्र्तगत बर्दिवास नगरपालिका –१४ स्थितित श्री राष्ट्रिय आधारभूत बिद्यालय पुगेर आर्थिक रुपले अत्यन्त कमजोर दुई बालबालिकालाई बिद्यालय भर्ना गराई अभिभावकत्व ग्रहण गरेका छन् ।
पहिले जिल्लाकै औरही–१ का बासिन्दा भएपनि अहिले बर्दिवास नगरपालिका –१ स्थित सहकारी भवन परिसरमा बस्दै आएकी रहिशा खातुनकी सात बर्षीया छोरी सवनम खातुनलाई कक्षा १ मा र सोही वडाका रामबाबु महरा र बिना महराका पाँच बर्षे छोरा कृष्ण महरालाई बालकक्षामा भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।
भर्ना कार्यक्रममा वरिष्ठ नेता नेपाल दुबै बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै तत्काल उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्री, खाजा र पोसाकवापत नगद रकम प्रदान गरेका थिए । दुबै बालबालिकाको आधारभूत तहसम्मको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने बताए
त्यस्तै जनता मावि बर्दिबास –३ मा विद्यालय भर्ना अभियान अन्र्तगत बुधबार महोत्तरीको बर्दिबास नगरपालिका —३ स्थितित जनता माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन प्रसाद ढुँगानाले दलित समुदायका बालका अनिश मंग्राती र विद्यालयका प्रध्यानाध्यापक नेत्र रम्तेलले डोम समुदायकी जानकी मल्लीकलाइ विद्यालयमा भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । बुधबार विद्यालमा एक विशेष कार्यक्रम गरी उनीहरुले सो बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन ।