बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । गत फागुनमा २६ मा आयोजना गर्ने भनिएको दबङ टुर स्थगित भएको उनको नेपाल कार्यक्रम जेठमा हुने भएको हो ।
मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख ९जेठ १२० मा सलमानको दबङ टूर नामक काठमाडौं मा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।
सलमान खानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सनोन, मिट ब्रस, दिशा शाह, , मनिष पल र डान्सरहरु आउने पत्रमा उल्लेख छ ।
-एजेन्सी