राजकरण महतो । बर्दिबास
महोत्तरीमा भेटिएको चालिस हजार रकम सहितको पर्स बीरगंजका एक व्यक्तिले प्रहरी मार्फत हराउने व्यक्तिलाई फिर्ता गरेका छन् ।
जनकपुर—जलेश्वर सडक खण्ड अन्तर्गत पिपरा गाउँपालिका—२ स्थित सडकमा भेटाएको पर्स सहितको रकम बीरगंज उपमहानगरपालिका वडा नं.१३ का २८ बर्षीय सुधिर पाण्डेले पर्स धनीलाई फिर्ता गरेका हन् ।
पर्समा रहेको चालिस हजार २ सय ८५ रुपैंया सहितका कागजपत्रहरु महोत्तरी सरपल्लो वडा नं.४ हालको मनरासिस्वा नगरपालिकाका राम अधिन ठाकुुरलाई उनले फिर्ता गरेका हुन् ।
रुपैंया सहितको पर्स पाण्डेले भेटाएपछी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएका थिए । पर्समा मोवाइल नम्बर लेखिएकोले प्रहरीले ठाकुरलाई बोलाई रकम फिर्ता गरेको हो ।