वर्दिवास, २०७४ चैत्र २१गते
एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडको ११औं वर्ष प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनिको जनकपुर शाखा र वर्दिवास, सिन्धुली र हरिवन सर्लाही उपशाखाको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
‘सबैका लागि सधैको लागि सुरक्षा’ भन्ने मुलनारा रहेको यस लाईफ इन्स्योरेन्स कम्पनीले ‘रक्तदान नै जीवन दान हो’ भन्ने नारालाई सार्थकता प्रदान गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीको जनकपुर शाखा प्रबन्धक पुरुषोत्तम प्रसाद कुर्मीले बताए । –शिस