सोमवार, माघ १२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

के राम्री हुनु अभिशाप हो ? राधा पोखरेल

शिरीष न्युज by शिरीष न्युज
चैत्र १७, २०७४
0
के राम्री हुनु अभिशाप हो ? राधा पोखरेल
लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको अन्धकारमा रूपान्तरित भइछन् । ढकमक्क फूल जस्तो फक्रिएको उनको बैंस जरा काटिएको लालीगुलाफ झैं मुर्झाएछ । स्याउदाना गाला निचोरेको निबुवाजस्तै भएछ । “ओई राधा ! चिनिनौ मलाई ? के ट्वाल्ल परेकी ?” साँच्चै, एकछिन त ट्वाल्ट्वाल्ती हेरिरहें आँखै नझिम्क्याई । विश्वास गर्नै गारो पर्यो मलाई तिनै दिदी हो भनेर । (नाम र ठेगाना गोप्य राखिएको छ) उनको मुहारमा सदाबहार चम्किरहने मीठो मुस्कान देख्दा कहिलेकहिँ त खुब डाहा लाग्थ्यो मलाई । कति सुखी र खुशी मान्छे ! तनावले गिदी तातिएको बेला यिनै दिदीलाई सम्झेर बिस्तारै चिसिन्थें म । साँच्चै, सधैँ खुसी र सुखी देखिन्थिन् दिदी । तनको जति सुन्दरी मनको त्यतिकै कोमल थिइन् उनी । सबैलाई आफू जस्तै सम्झन्थिन् । दायाँबायाँ नसोची विश्वास गरिहाल्थिन् । विगतमा जस्तै कफी पिउँदै गफिन मन लाग्यो । तर दिदीले मानिनन् । निकै कर गरेपछि बल्लतल्ल कफी पिउन राजी भइन । मुखबाट शब्द निस्कनु अघि आँखाबाट तप्प तप्प आँसु पो झारिन् दिदीले । असमन्जसमा परेँ म । कफी पिउन कर गरेर गल्ती गरेको महशुस भयो । निकैबेरको रूवाईपछि सम्हालिदै भनिन्- “राधा ! यस समाजमा छोरी भएर जन्मनु अपराध रहेछ । दलितको कोखबाट जन्मनु अभिशाप रहेछ ।” “के भयो र दिदी ?” मेरो प्रश्नको जवाफ फेरी आँसुले दिन थालिन् । ओहो ! के भन्नु । कस्तो संकट ? बाह्य वातावरणमा बगेको चीसो सिरेटोसँगै मेरो मनको गहिराईमा पनि सिरेटो चल्न थाल्यो । जिज्ञासाले मन भरियो । “भन्नुस् न दिदी ! के भयो र त्यस्तो ? केही गर्न सक्थें कि मैले ।” यतिन्जेलमा कफी आइपुग्यो । “सब बर्बाद भो बहिनी बर्बाद । लोग्नेमान्छेको जात साँच्चै स्वार्थी हुँदोरहेछ । भवँराजस्तै । जुन फूल राम्रो देख्यो त्यसैलाई चुस्दै हिँड्ने । आखिर मेरो के दोष थियो र ? चुस्न जति चुसेर बीच सडकमा अलपत्र छोडिदियो मलाई ।” दिदीको अनुहारमा कठोर धर्साहरू देखिन थाले । “कस्तो प्रेमको नाटक गर्न जानेको ? त्यसलाई थाहा थिएन र म दलितकी छोरी हुँ भनेर ? गरिबकी छोरी हुँ भनेर ? त्यसले जति पढेकी छैन भनेर ?२१ औं शताब्दीमा जात केही होइन भन्यो । प्रेममा धनी-गरिब केही हुँदैन भन्यो । तिम्रो लागि घरपरिवार सब त्याग्छु भन्यो । तर अहिले मलाई त्यागेर गयो । पापी ! अधर्मी !!” “अनि अहिले के गर्दै हुनुहुन्छ त ?” नचाहँदा नचाहँदै पनि दिदीको घाउ कोट्याउन मन लाग्यो । “के गर्नु र ? काल पर्खदैँ छु ।” “शरीर पनि यस्तरी बिग्रिएछ…।” “बिग्रदैंन त ? दुईचोटि त जबरजस्ती एबोर्सन गराए पापीले । आखिर मलाई धोका दिनलाई रहेछ । कोठाभाडा तिर्न नसकेर गार्मेन्टमा काम गर्न थालें । त्यहाँ पनि कहाँ कम थिए र गिद्दहरू ? एकजनाले जबर्जस्ती लुछ्न खोजेपछि त्यहाँ काम गर्नै छाडिदिएँ । गाउँमा नआऊ भने । मैले पोल खोल्छु भन्ने डरले होला । फेरि गाउँ जान पनि मन लागेन । घरबेटीले कोठाबाट निकालिदिए । पछि मकै पोलेर बेच्न थालेँ । केही समय त सडकमै सुतेँ । उता गाउँमा फलानी पोइल गइछ, लोग्नेले छाडेपछि बेश्या भइछ भनेर हल्ला पिटाएछन् । कति सहनु राधा अत्याचार पनि ?” लामो सुस्केरा फालिन् दिदीले । “गाउँमा गएर त्यस पापीलाई पाता फर्काउनुपर्छ अब ।” आवेगमा बोलें म । “भैगो बहिनी । सम्भव छैन अब त्यो । गाउँमा मलाई बेश्यामा दर्ज गरिसके । अब मेरो कुरा कसैले सुन्दैन । उल्टै सबै मिलेर मलाई नै खेद्छन् त्यहाँ । यो जुनीमा न्याय पाउने आश छैन मलाई । किनकि म दमिनी हूँ । गरिब र अवला छु । यो समाज म जस्ताको पक्षमा बोल्छ र? भैगो राधा, अब मलाई बाँच्ने इच्छा छैन ।” दिदीको कुराले एकक्षण त म स्थिर भएँ । फूलजस्ती दिदीको बैंस चुस्ने भवँराको कथित भलादमी ब्यक्तित्व सम्झेर घृणा र आक्रोश एकसाथ बढेर आयो । दिदीको कुरा जतिजती सुन्दै गएँ त्यतित्यती छात्तीभित्र ज्वालामुखी विस्फोट होला जस्तो हुँदै गयो । सारै उकुस मुकुस भयो । बाहुनको छोरो । पढेलेखेको मान्छे । गाउँघरको हुनेखाने । त्यति मात्रै हो र ? अरूलाई शिक्षा दिने शिक्षक । ओहो ! कसरी सकेको होला यस्तो अपराध गर्न ? अपराध गर्ने अपराधी अहिले पनि समाजमा सम्मानित जीवन बाँचिरहेको छ । तर, बिचरी दिदी यही समाजमा बेश्याको कलंक बोकेर मृत्यु पर्खिरहेकी छ । प्रश्न छ मेरो यस समाजलाई- “एउटी अवला नारीलाई न्याय दिलाउन सक्छौ समाज ?” कथित भलादमीलाई त्यतिबेला केही चाहिएन । केवल दिदीको बैंसभन्दा बाहेक । अहिले सब चाहिन्छ रे ! जात, बर्ग, शिक्षा, इज्जत… सब थोक । दिदीलाई बिबाह गर्दा उसको जात जान्छ रे ! बर्ग मिल्दैन रे ! इज्जत,प्रतिष्ठा खतम हुन्छ रे ! जबरजस्ती विवाहका लागि बाध्य पारे ऊ पनि मर्छ रे दिदीलाई पनि मार्छ रे ! यस्ता अपराधी ऊ त किन मर्छ र ? आफ्नो अपराध लुकाउन दिदीलाई चाहिँ मार्न सक्छ । त्यही डरले दिदीले सत्य कुरा सार्बजनिक गर्न पनि सक्नुभएको छैन । सम्झदा पनि शरीरभरि काँडा उम्रिएर आयो । यो कस्तो समाज ? पुरूषको मात्रै हुन्छ इज्जत ? कथित उपल्लो जातको मात्रै हुन्छ प्रतिष्ठा ? धनी र पढेलेखेकाहरूको मात्रै हुन्छ मर्यादा ?संविधानमा लेखिएको शब्दले समाजमा खोइ के परिवर्तन आयो ? आज पनि समाजमा महिलामाथि अन्याय, शोषण, उत्पीडन कायमै छ । दलितहरूमाथिको छुवाछुत र सामाजिक विभेद जस्ताको तस्तै छ । गरिबहरू हेपिएका हेपिएकै छन् । गाउँघरमा थाहा पाउलान् भनेर काठमाण्डौंमा कोठा खोजेर राख्दा र लामो समयसम्म कोठामा स्वास्नीको ब्यवहार गर्दा उसलार्इ केही अप्ठेरो भएन । उनको जात गएन । तर, अहिले दिदी अछुत भइन् । दिदीले छोएको पानी उसलाई नचल्ने भयो । हाय ! हाम्रो समाज । जवानी चल्ने पानी नचल्ने ! दलित हुनु अपराध हो ? राम्री हुनु अभिशाप हो ? यदि होइन भने किन आज मृत्यु खोज्दै काठमाण्डौंको सडकमा भौतारिन वाध्य छिन् यी दिदी ?हो, पक्कै पनि दिदीको पनि कमजोरी छ । पापीले बिछ्याएको पासोलाई पवित्र प्रेम सम्झेर स्वीकार गर्नु उनको कमजोरी नै हो । तर, अपराध भने पक्कै होइन ।
लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको अन्धकारमा रूपान्तरित भइछन् । ढकमक्क फूल जस्तो फक्रिएको उनको बैंस जरा काटिएको लालीगुलाफ झैं मुर्झाएछ । स्याउदाना गाला निचोरेको निबुवाजस्तै भएछ । “ओई राधा ! चिनिनौ मलाई ? के ट्वाल्ल परेकी ?” साँच्चै, एकछिन त ट्वाल्ट्वाल्ती हेरिरहें आँखै नझिम्क्याई । विश्वास गर्नै गारो पर्यो मलाई तिनै दिदी हो भनेर । (नाम र ठेगाना गोप्य राखिएको छ) उनको मुहारमा सदाबहार चम्किरहने मीठो मुस्कान देख्दा कहिलेकहिँ त खुब डाहा लाग्थ्यो मलाई । कति सुखी र खुशी मान्छे ! तनावले गिदी तातिएको बेला यिनै दिदीलाई सम्झेर बिस्तारै चिसिन्थें म । साँच्चै, सधैँ खुसी र सुखी देखिन्थिन् दिदी । तनको जति सुन्दरी मनको त्यतिकै कोमल थिइन् उनी । सबैलाई आफू जस्तै सम्झन्थिन् । दायाँबायाँ नसोची विश्वास गरिहाल्थिन् । विगतमा जस्तै कफी पिउँदै गफिन मन लाग्यो । तर दिदीले मानिनन् । निकै कर गरेपछि बल्लतल्ल कफी पिउन राजी भइन । मुखबाट शब्द निस्कनु अघि आँखाबाट तप्प तप्प आँसु पो झारिन् दिदीले । असमन्जसमा परेँ म । कफी पिउन कर गरेर गल्ती गरेको महशुस भयो । निकैबेरको रूवाईपछि सम्हालिदै भनिन्- “राधा ! यस समाजमा छोरी भएर जन्मनु अपराध रहेछ ।
दलितको कोखबाट जन्मनु अभिशाप रहेछ ।” “के भयो र दिदी ?” मेरो प्रश्नको जवाफ फेरी आँसुले दिन थालिन् । ओहो ! के भन्नु । कस्तो संकट ? बाह्य वातावरणमा बगेको चीसो सिरेटोसँगै मेरो मनको गहिराईमा पनि सिरेटो चल्न थाल्यो । जिज्ञासाले मन भरियो । “भन्नुस् न दिदी ! के भयो र त्यस्तो ? केही गर्न सक्थें कि मैले ।” यतिन्जेलमा कफी आइपुग्यो । “सब बर्बाद भो बहिनी बर्बाद । लोग्नेमान्छेको जात साँच्चै स्वार्थी हुँदोरहेछ । भवँराजस्तै । जुन फूल राम्रो देख्यो त्यसैलाई चुस्दै हिँड्ने । आखिर मेरो के दोष थियो र ? चुस्न जति चुसेर बीच सडकमा अलपत्र छोडिदियो मलाई ।” दिदीको अनुहारमा कठोर धर्साहरू देखिन थाले । “कस्तो प्रेमको नाटक गर्न जानेको ? त्यसलाई थाहा थिएन र म दलितकी छोरी हुँ भनेर ? गरिबकी छोरी हुँ भनेर ? त्यसले जति पढेकी छैन भनेर ?२१ औं शताब्दीमा जात केही होइन भन्यो । प्रेममा धनी-गरिब केही हुँदैन भन्यो । तिम्रो लागि घरपरिवार सब त्याग्छु भन्यो । तर अहिले मलाई त्यागेर गयो । पापी ! अधर्मी !!” “अनि अहिले के गर्दै हुनुहुन्छ त ?” नचाहँदा नचाहँदै पनि दिदीको घाउ कोट्याउन मन लाग्यो । “के गर्नु र ? काल पर्खदैँ छु ।” “शरीर पनि यस्तरी बिग्रिएछ…।” “बिग्रदैंन त ? दुईचोटि त जबरजस्ती एबोर्सन गराए पापीले । आखिर मलाई धोका दिनलाई रहेछ । कोठाभाडा तिर्न नसकेर गार्मेन्टमा काम गर्न थालें । त्यहाँ पनि कहाँ कम थिए र गिद्दहरू ? एकजनाले जबर्जस्ती लुछ्न खोजेपछि त्यहाँ काम गर्नै छाडिदिएँ । गाउँमा नआऊ भने । मैले पोल खोल्छु भन्ने डरले होला । फेरि गाउँ जान पनि मन लागेन । घरबेटीले कोठाबाट निकालिदिए । पछि मकै पोलेर बेच्न थालेँ । केही समय त सडकमै सुतेँ । उता गाउँमा फलानी पोइल गइछ, लोग्नेले छाडेपछि बेश्या भइछ भनेर हल्ला पिटाएछन् । कति सहनु राधा अत्याचार पनि ?” लामो सुस्केरा फालिन् दिदीले । “गाउँमा गएर त्यस पापीलाई पाता फर्काउनुपर्छ अब ।” आवेगमा बोलें म । “भैगो बहिनी । सम्भव छैन अब त्यो । गाउँमा मलाई बेश्यामा दर्ज गरिसके । अब मेरो कुरा कसैले सुन्दैन । उल्टै सबै मिलेर मलाई नै खेद्छन् त्यहाँ । यो जुनीमा न्याय पाउने आश छैन मलाई । किनकि म दमिनी हूँ । गरिब र अवला छु । यो समाज म जस्ताको पक्षमा बोल्छ र? भैगो राधा, अब मलाई बाँच्ने इच्छा छैन ।” दिदीको कुराले एकक्षण त म स्थिर भएँ । फूलजस्ती दिदीको बैंस चुस्ने भवँराको कथित भलादमी ब्यक्तित्व सम्झेर घृणा र आक्रोश एकसाथ बढेर आयो । दिदीको कुरा जतिजती सुन्दै गएँ त्यतित्यती छात्तीभित्र ज्वालामुखी विस्फोट होला जस्तो हुँदै गयो । सारै उकुस मुकुस भयो । बाहुनको छोरो । पढेलेखेको मान्छे । गाउँघरको हुनेखाने । त्यति मात्रै हो र ? अरूलाई शिक्षा दिने शिक्षक । ओहो ! कसरी सकेको होला यस्तो अपराध गर्न ? अपराध गर्ने अपराधी अहिले पनि समाजमा सम्मानित जीवन बाँचिरहेको छ । तर, बिचरी दिदी यही समाजमा बेश्याको कलंक बोकेर मृत्यु पर्खिरहेकी छ । प्रश्न छ मेरो यस समाजलाई- “एउटी अवला नारीलाई न्याय दिलाउन सक्छौ समाज ?” कथित भलादमीलाई त्यतिबेला केही चाहिएन । केवल दिदीको बैंसभन्दा बाहेक । अहिले सब चाहिन्छ रे ! जात, बर्ग, शिक्षा, इज्जत… सब थोक । दिदीलाई बिबाह गर्दा उसको जात जान्छ रे ! बर्ग मिल्दैन रे ! इज्जत,प्रतिष्ठा खतम हुन्छ रे ! जबरजस्ती विवाहका लागि बाध्य पारे ऊ पनि मर्छ रे दिदीलाई पनि मार्छ रे ! यस्ता अपराधी ऊ त किन मर्छ र ? आफ्नो अपराध लुकाउन दिदीलाई चाहिँ मार्न सक्छ । त्यही डरले दिदीले सत्य कुरा सार्बजनिक गर्न पनि सक्नुभएको छैन । सम्झदा पनि शरीरभरि काँडा उम्रिएर आयो । यो कस्तो समाज ? पुरूषको मात्रै हुन्छ इज्जत ? कथित उपल्लो जातको मात्रै हुन्छ प्रतिष्ठा ? धनी र पढेलेखेकाहरूको मात्रै हुन्छ मर्यादा ?संविधानमा लेखिएको शब्दले समाजमा खोइ के परिवर्तन आयो ? आज पनि समाजमा महिलामाथि अन्याय, शोषण, उत्पीडन कायमै छ । दलितहरूमाथिको छुवाछुत र सामाजिक विभेद जस्ताको तस्तै छ । गरिबहरू हेपिएका हेपिएकै छन् । गाउँघरमा थाहा पाउलान् भनेर काठमाण्डौंमा कोठा खोजेर राख्दा र लामो समयसम्म कोठामा स्वास्नीको ब्यवहार गर्दा उसलार्इ केही अप्ठेरो भएन । उनको जात गएन । तर, अहिले दिदी अछुत भइन् । दिदीले छोएको पानी उसलाई नचल्ने भयो । हाय ! हाम्रो समाज । जवानी चल्ने पानी नचल्ने ! दलित हुनु अपराध हो ? राम्री हुनु अभिशाप हो ? यदि होइन भने किन आज मृत्यु खोज्दै काठमाण्डौंको सडकमा भौतारिन वाध्य छिन् यी दिदी ?हो, पक्कै पनि दिदीको पनि कमजोरी छ । पापीले बिछ्याएको पासोलाई पवित्र प्रेम सम्झेर स्वीकार गर्नु उनको कमजोरी एउटी नारीले विश्वासमा नै पुरूषलाई आफ्नो सर्वस्व सुम्पन्छिन् । आखिर संसार विश्वासमै त चलेको हुन्छ । विश्वास गरेर सर्वस्व सुम्पने नारीलाई पुरूषले विश्वासघात गरेभने बेश्याको बात लाग्ने । तर, त्यो विश्वासघाती पुरूषचाहिँ प्रतिष्ठित भइरहने ? अपराध गर्ने पुरूष अनि अपराधी करार हुनु पर्ने चाहिँ महिला ? कसरी सहन सकिन्छ यस्तो अन्याय ? तर, बिडम्बना ! हाम्रो समाजमा यस्तै भइरहेको छ । नारी र पुरूषबिना श्रृष्टिको निरन्तरता सम्भव छैन । यो सार्वभौम सत्य हो । सार्वभौम सत्यलाई शब्दमा मात्र स्वीकार गर्दासम्म यो संसार सुन्दर बन्न सम्भव छैन । शब्द र कर्मको साम्यताले नै सुन्दर संसारको रचना सम्भव छ । निश्चय नै समाजमा सबै पुरूष खराब र सबै महिला असल हुँदैन । तर, हाम्रो समाज पुरूष प्रधान भएको कारण महिलामाथि पुरूष-सत्ता हावी छ । यो हाम्रो समाजको तीतो यथार्थता हो । समानताको नाममा समाजमा विकृति बढ्ने क्रम पनि जारी छ । असल संस्कारको अभावमा पुरूषप्रतिको वदलाभाव महिलामा बढिरहेको छ । हीनभाव र वदलाभावले समस्या सुल्झाउन भन्दा उल्झाउन सहयोग गर्छ । समभाव नै समस्या समाधानको सत्य-सूत्र हो । बदलाभाव बोकेर पुरूषलाई प्रताडित गर्दा क्षणिक आनन्द त प्राप्त होला तर समस्याको समाधान भने किमार्थ हुँदैन । प्रकृतिले मानवलाई मात्रै विशिष्ट प्रेमभाव प्रदान गरेको छ । विपरीत लिंगबीच हुने आकर्षणलाई मान्छेहरू प्रेमको रूपमा परिभाषित गर्छन् । जुन सत्य होइन । वास्तवमा साँचो प्रेममा स्वार्थ होइन केवल समर्पण हुन्छ; मृत्यु होइन केवल मुक्ति हुन्छ; बन्धन होइन केवल स्वतन्त्रता हुन्छ; प्राप्ति होइन केवल त्याग हुन्छ । कतिपय मान्छेहरूले प्रेमको नाममा पाप गरिरहेका छन् । यिनी दिदीमाथि पनि कथित भलाद्मीले प्रेमको नाममा गरेको पाप नै हो । पाप गर्नेले पापको सजाएँ पाउनै पर्छ । अन्यायमा परेकाले न्याय पाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

‘तेस्रो जनआन्दोलनको विकल्प छैन’
विचार

‘तेस्रो जनआन्दोलनको विकल्प छैन’

२०७५ : संवाद र सहकार्यको वर्ष बनोस्
प्रदेश

हाय रे मधेस ! हाय रे सत्ता ! हाय रे सहिद !

मधेशमा बलिदानी दिवस : उठाइयोस मुद्दा पुर्नलेखनको
प्रदेश

मधेशमा बलिदानी दिवस : उठाइयोस मुद्दा पुर्नलेखनको

२०७५ : संवाद र सहकार्यको वर्ष बनोस्
राजनीति

कांग्रेस : मोही माग्ने ढुंग्रो लुकाउने

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

अन्तर्राष्ट्रिय अनुभव : सरकार दिन नसक्ने संसद मात्र भंग हुन्छ
प्रदेश

अन्तर्राष्ट्रिय अनुभव : सरकार दिन नसक्ने संसद मात्र भंग हुन्छ

Next Post
४७ खर्बको पूर्व–पश्चिम रेलमार्ग : कसरी बन्दैछ, कति समय लाग्छ ?

नेपालका पाँच स्थान भारतको रेलमार्गबाट जोडिँदै

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist