बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

संघीय संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ), गणतन्त्रमा पनि राजाकै जस्तो सवारी देख्दा सर्वसाधारणमा आक्रोश

शिरीष न्युज by शिरीष न्युज
चैत्र १५, २०७४
0

शिरीष डेक्स

काठमाडौं २०७४ चैत्र १५ गते

पहिलो पटक संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा राजनीतिक संक्रमणकालको अन्त्य भएर आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त ऐतिहासिक बैठकलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सम्पन्न भएसँगै देश राजनीतिक संक्रमणकालबाट मुक्त भएको बताएकी हुन् । उनले अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएकी छिन् ।

‘संविधान बमोजिम स्थानीय तह, प्रदेशिक र संघीय जनप्रतिनिधि संस्थाको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय, प्रादेशिक र संघीय सरकारको गठन भइसकेको छ । राजनीतिक संक्रमणकालको अन्त्य भइ देश स्थायित्वको बाटोमा प्रवेश गरिसकेको छ’, राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भनिन्, ‘देशलाई यस अवस्थामा ल्यायपुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका गाथाको स्मरण गर्दै सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

तीन तहको निर्वाचनपछि बिहीबार राष्ट्रपतिले दुवै सदनलाई पहिलो पटक एतिहासिक सम्बोधन गरेका हुन् । संघीय संसदको संयुक्त बैठक सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

शान्तिनगर गेटबाट बग्गीमा संघीय संसद भवनमा पुगेकी राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । संघीय संसद भवनमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।  संसद् सचिवालयले सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र ध्वजाबाट सजाएर आकर्षक बनाएको थियो ।

राष्ट्रपति भण्डारीले २०७४ चैत १५ गते दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरू
सबै तहका निर्वाचन सम्पन्न भएको र संविधानले व्यवस्था गरेअनुरूपका संरचनाको समेत निर्माण भइसकेको अवस्थामा देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। यसबीच हामीले संविधानको व्यवस्थाअनुरूप पुनसंरचना गरिएको राजनीतिक प्रणालीलाई संस्थागत गर्ने सफलता हासिल गरेका छौँ। संविधानबमोजिम स्थानीय, प्रादेशिक र सङ्घीय जनप्रतिनिधि संस्थाहरूको निर्वाचनसमेत सम्पन्न भइसकेको छ, स्थानीय तह एवं प्रादेशिक र सङ्घीय सरकारको गठन पनि भइसकेको छ। साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएर राजनीतिक सङ्क्रमणकाल अन्त्य भई देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको छ। यस महान उपलब्धिबाट राजनीतिक मात्र होइन, आर्थिक–सामाजिक क्षेत्रमासमेत ठूला उपलब्धिहरू र अग्रगमन हासिल गर्ने अवसर प्राप्त भएका छन्।

यस राष्ट्रिय सफलता र उज्ज्वल सम्भावना उन्मुख घडीमा जनताद्वारा निर्वाचित सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई हर्ष र गौरवको अनुभूति भएको छ। देशलाई यस अवस्थासम्म ल्याइपुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका सङ्घर्षका गाथाहरूको स्मरण गर्दै यस घडीमा म सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।यसैगरी नेपाली समाजलाई अन्धकार सामन्ती युगबाट आजको अवस्थासम्म ल्याइपुर्याउन अनवरत सङ्घर्षमा आफूलाई समर्पित गर्ने महान अग्रजहरूको म आदरभावसहित स्मरण गर्न चाहन्छु।

सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट साढे दुई वर्ष अघि प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएपछि प्रारम्भ भएको पछिल्लो र महत्वपूर्ण सङ्क्रमणकालको अत्यन्त महत्वपूर्ण चरण अब पूरा भएको छ। हामी यतिबेला जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरिएको आधुनिक लोकतन्त्रका आधारभूत मान्यतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा तीब्र गतिका साथ अगाडि बढिरहेका छौँ। यस अवसरमा म संविधान कार्यान्वयनको मूल आधारका रूपमा तीन वटै तहका निर्वाचनहरू सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि पर्ने राजनीतिक दलहरू, सरकार, सुरक्षा निकायहरू तथा निर्वाचन कार्य सम्पन्न गर्ने दायित्व प्राप्त निर्वाचन आयोगका साथै निष्पक्ष निर्वाचनको सुनिश्चिताका लागि सक्रिय सरकारी तथा अन्य निकाय एवं संस्था अनि प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

नेपाली जनताको लामो अनि कष्टपूर्ण सङ्घर्र्ष, बलिदान र त्यागपछि राष्ट्र अब पूर्ण रूपमा जननिर्वाचित प्रतिनिधिहरूको अगुवाईमा विकास, स्थिरता, समृद्धि र शान्तिको बाटोमा अग्रसर भएको छ।

यस अवसरमा म अधिकार, न्याय र समानताका लागि सङ्घर्षको थालनीको विन्दुदेखि संविधान बनाउन र निर्वाचन गराउन सर्वाधिक महत्वपूर्ण योगदान दिने महान जनतामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु। जनताको संवैधानिक तथा कानूनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान पुग्नु पर्दछ। राज्यका सबै अंग, सार्वजनिक, सहकारी, समुदाय र निजी क्षेत्रमा आर्थिक अनुशासन र सदाचारको भावना प्रबल हुनुपर्नेतर्फ सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।

भर्खरै सम्पन्न भएका निर्वाचनहरूमा नेपाली जनता उत्साहपूर्ण रूपमासहभागी भएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिमार्फत वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यासमार्फत जनप्रतिनिधि संस्थाहरू भित्रैबाट हुनुपर्दछ भन्ने अभिमत व्यक्त गरेका छन्। त्यसैले संसदमा आम नेपालीको विश्वास प्रतिबिम्बित छ। पौने तीन करोड नेपालीले यातायात, सञ्चार ऊर्जाको विकास र विस्तार, कृषि, पर्यटन र सेवाका क्षेत्रहरूको आधुनिकीकरण र विस्तार, गुणस्तरीय र सुलभ शिक्षा एवं स्वास्थ्य, स्वच्छ खानेपानी र स्वस्थ वातावरण, उद्योग र व्यापारको समुचित विकास, लोकतन्त्रको रक्षा, सामाजिक न्याय र राष्ट्रिय एकता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन गर्दै राष्ट्रिय गौरव र स्वाभिमानलाई अघि बढाएर सुशासन र विकासको बाटो हुँदै समग्र आर्थिक, सामाजिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको नयाँ उचाइमा पुर्याउने विश्वास पनि यस जनता र जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी सरकारबाट हुन्छ भन्ने अपेक्षा गरेका छन्। अझ वर्तमान सरकारको स्पष्ट दुरदृष्टि र दृढ सङ्कल्पले आमजनतामा उत्साहको सञ्चार गरेको छ।

नेपाली समाजको भौगोलिक, सांस्कृतिक वा जातीय विविधतायुक्त सामाजिक वास्तविकता पनि यस सङ्घीय संसदमा प्रतिबिम्बित छ। यो संसद नेपालको विविधताबीचको एकताको उत्कृष्ट उदाहरण हो। लामो समयदेखि माग हुँदैआएको राजनीतिक नेतृत्वमा समावेशिता लगायतका विषयहरू र समानतासम्बन्धी उपलब्धिहरू हाम्रा निर्वाचित निकायहरूमा सुस्पष्ट रूपमा अभिव्यक्त भएका छन्। निर्वाचित निकायहरूमा महिलाहरूको एकचालीस प्रतिशत उपस्थितिले हामीलाई गौरवबोध गराएको छ। हाम्रा निर्वाचित निकायहरूमा हिजोसम्म पछाडि परेका समुदायको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरेर हामीले विश्वकै सामु दृष्टान्त प्रस्तुत गरेका छौँ।

राजनीतिक आबद्धताका दृष्टिले कसैलाई सत्तापक्ष र कसैलाई प्रतिपक्ष भन्न सकिएला, तर आमरूपमा यस संसदका हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्नुपर्दछ भन्ने मलाई लाग्दछ। नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ धकेलिन हुँदैन। देशको जीर्ण आर्थिक–सामाजिक परिवेशले हामीलाई अग्रगामी रूपान्तरणका दिशामा केन्द्रीत भएर अघि बढ्न निर्देशित गरेको छ। अब जनताका आवश्यकता र चाहनाको परिपूर्तिका लागि सवै तहका जनप्रतिनिधिहरू आ–आफ्नो कर्तव्यमा समर्पित हुन आवश्यक छ। त्यसैले जनचाहना र आवश्यकताको सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएको छु। क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद प्रयत्नशील रहने छ भन्ने मेरो विश्वास रहेको छ।

जननिर्वाचित यस सङ्घीय संसदमा आउनुभएका सम्पूर्ण सदस्यहरूलाई समतामूलक, समाजवाद उन्मुख, पूर्ण लोकतान्त्रिक,एकताबद्ध र समृद्ध मुलुकका रूपमा चिनाउने कार्यमा समर्पित हुन आह्वान गर्दछु। नेपालको गौरवशाली स्वाधिन इतिहास, सुन्दर प्रकृति र विविध संस्कृतिलाई हाम्रा पुर्खाले रक्षा गर्दै विश्व समुदायसमक्ष देशभक्त, स्वाभिमानी र बहादुर जनताको देश भनेर नेपालको चिनारी स्थापित गरेका हुन्। तर विगतका शासकीय र व्यवस्थापकीय कमजोरीका कारण समयक्रममा नेपाल अतिकम विकसित राष्ट्रका रूपमा चिनिन पुगेको छ। ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन्। आजको परिवर्तन र प्राप्त उपलब्धिको जगमा युवा समुदायको ऊर्जा र जाँगरको प्रयोग देश निर्माणका लागि हुनुपर्छ भन्ने आकाङ्क्षाको अब भरपर्दो ढङ्गले सम्बोधन हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। यति ठूलो उपलब्धिको हिस्सेदार, उपभोक्ता र अब विकास र समृद्धिको अभियानका अभियन्ता हाम्रा युवाहरूलाई कसरी बनाउने सोच्नै पर्दछ। भविष्यका युवा तथा देश विकासको आधारको रूपमा रहेका आजका बालबालिकाको पोषण र शिक्षामा यथोचित ध्यान दिनुपर्दछ।

लोकतन्त्र जनताको आवश्यकता परिपूर्ति गर्दै विकासको बाटो सुगम बनाउने प्रणाली हो। प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुनसक्छ। लोकतन्त्र भनेको थेगो हैन यो त जीवन प्रणाली हो। यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन। त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिएको खण्डमा लोकतन्त्र अर्थहीन नारामात्र हुन जान्छ।

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष
नेपाली जनता अब फेरी आफ्नो गौरवशाली इतिहास र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यका साथ जागरुक हुन जरुरी छ। कुनै समयमा वौद्धिकता र सम्पन्नताको केन्द्र रहेको यस भूमिलाई पुनःजागरणको युगमा पदार्पण गराउने क्षमता हामीले देखाउन आवश्यक छ। सबैका लागि समान अधिकार र समान अवसरको संवैधानिक प्रत्याभूति भएको आजको परिवेशमा हामी देश र जनताको माग र आवश्यकता अनुसार अब तीब्र गतिमा समृद्धिको यात्रातर्फ अग्रसर हुनै पर्दछ। हामीले न्यायपुर्ण आदर्श समाज निर्माण गर्नैपर्छ, यस्तो अग्रसरताका वाहक जनप्रतिनिधिहरू नै हुन्।

यसै वर्ष सम्पन्न विभिन्न तहका निर्वाचनबाट नेपाली जनताले आफूले बनाएको नेपालको संविधानलाई थप बलशाली तुल्याएका छन्। जनप्रयासबाट निर्मित र जनभावना एवं व्यवहारबाट अनुमोदित यस संविधानले हाम्रो बाटो निर्दिष्ट गरिसकेको छ। संविधान कार्यान्वयनकै दिशामा सम्पन्न विभिन्न तहका निर्वाचनहरूमा आम जनताले जनाएको उत्साहपूर्ण सहभागिता र त्यसमार्फत अभिव्यक्त जनमतले हामीलाई समृद्ध नेपाल र सुखी नेपालीको युगान्तकारी लक्ष्य हासिल गर्ने दायित्व मात्र होइन थप अभिभारासमेत सुम्पिएका छन्। पुरानो युगबाट नयाँ युगतर्फको यो सङ्क्रमण सामान्य राजनीतिक परिवर्तन मात्र होइन। यो युगान्तकारी परिवर्तनसँगै नेपालको इतिहासमै असाधारण सम्भावनाको ढोका खुलेको छ। सामाजिक जीवनमा असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ। विकासको फलमा सबैको समान पहुँच स्थापित हुने न्यायपूर्ण भविष्यको स्पष्ट सङ्केत देखिएको छ।

प्राकृतिक स्रोतले सम्पन्न यस सुन्दर र समृद्ध देशलाई हाम्रो सम्पूर्ण स्रोत, साधन र सामर्थ्यको प्रयोग गर्दै दिगो विकास र समृद्धिको बाटोमा एकताबद्ध भई अघि बढौँ। हाम्रा छिमेकी मित्र राष्ट्रहरू लगायत तमाम मित्रहरूसँग मित्रता र सहकार्यको हात बढाउँदै हाम्रो विकासका आकाङ्क्षाहरू पूरा गर्न उचित ढङ्गले समन्वय गर्दै हाम्रोमा, हाम्रा छिमेकमा र सिङ्गो विश्वमा शान्ति र समृद्धिको लागि हामीले सक्ने योगदान गरौँ।

अबको नेपाल कुनै पनि किसिमको मनोमालिन्य, अशान्ति, दमन, भ्रष्टाचार र उत्पीडनबाट मुक्त हुनुपर्छ। हाम्रा अग्रजले सुन्दर, शान्त र न्यायपूर्ण नेपालका लागि आफ्नो जीवनसमेत उत्सर्ग गरेका थिए। अब सहिदको सपना साकार पार्ने समय आएको छ। यस अवसरमा म यो संसद, सरकार, राज्यका सबै अङ्गसहित आम चेतनशील नागरिकलाई समुन्नत समाज निर्माणको अभियानमा एक भएर योगदान गर्न आह्वान गर्दछु। इतिहासले वर्तमान पिँढीलाई हाम्रो समाजको समग्र रूपान्तरण गर्ने दायित्व सुम्पिएको छ। आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई पूर्ण सफलता मिलोस्। मेरो हार्दिक शुभकामना छ।
धन्यवाद।

गणतन्त्रमा पनि राजाकै जस्तो सवारी देख्दा सर्वसाधारणमा आक्रोश

काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो । यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो ।

धेरैले राष्ट्रपति बग्गीसहित सवारी भएको तस्बिरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा ‘मौसुफको सवारी’ भनेर लेखे । प्रदीप पन्तले सूत्रात्मक शैलीमा ‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे । ‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा, भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो’ भनेर उपेन्द्र श्रेष्ठले ट्वीट गरे ।
यी केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालमा टिप्पणी नगर्नेहरूले पनि आपसी कुराकानीमा राष्ट्रपतिको शैलीको आलोचना गरेको सुनिन्थ्यो । जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने कामको अपेक्षा नगरिएकैले सायद राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीजस्ता ‘विशिष्टको सवारी’ मा अस्तव्यस्तसँग बाटामा रोकिनुपर्दा सर्वसाधारणबाट कटु आलोचना हुने गर्छ ।

व्यवस्था बदलिँदा पनि सत्तामा पुग्नेको व्यवहार भने आखिर सधैं किन उस्तै हुन्छ ? ‘किनभने भित्रबाट हरेक मान्छे शक्तिकै पुजारी हुन्छ अनि शक्तिको स्वभाव अरूमाथि शासन गर्नेखालकै हुन्छ,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘फलेको वृक्षको हाँगो झुक्ने भनेको लेखनाथको कवितामा मात्रै हो, व्यवहारमा त सत्तामा पुगेकाहरूमा नम्र हुने होइन, गजक्क परेर आफूलाई आम मानिसबाट टाढा राख्ने र पृथक् देखाउने बानी हुन्छ । सारालाई रोकाएर खाली बाटामा शासकहरू आफू मात्रै हिँड्नुको अर्थ नै यही हो ।’ अरू बेला सहज हुने, हात मिलाउने र कुशलमंगल सोध्ने नेताहरू मन्त्री भएपछि नचिनेजस्तो गर्ने प्रवृत्ति मौका पर्दा आफूलाई अरूभन्दा विशिष्ट देखाउने मानवीय चाहनाकै अभिव्यक्ति भएको ढकालले बताए ।
सत्तासीनहरूलाई सामान्य मानिसको दु:ख गौण लाग्ने हुनाले विशिष्टहरू अरूलाई पीडा दिने गरी व्यवहार गर्ने गरेको समाजशास्त्री चैतन्य मिश्रको बुझाइ छ । ‘हो, संसद्मा सम्बोधन गर्न राष्ट्रपति जानु संवैधानिक कर्तव्य हो तर यो काम बिदाको दिन वा सवारी चाप कम भएका बेला पनि त गर्न सकिन्थ्यो,’ मिश्र भन्छन्, ‘अथवा तामझाम कम पनि त गर्न सकिन्थ्यो । तर त्यसो भएन, किनभने सकेसम्मको रवाफ प्रदर्शन गर्ने सत्तासीनहरूको चरित्र हुन्छ अनि पाएको सास्तीलाई सकेसम्म बढाएर त्यसको आलोचना चाहिनेभन्दा बढी नै गर्ने सामान्यजनको बानी हुन्छ ।’ मिश्रको विचारमा बाटो खाली पारेर रवाफ देखाउने र बाटामा कुर्नुपर्दा रिस देखाउने दुवै पक्षमा ‘अति’ छ ।
पुरानै ढर्रामा राष्ट्रपति चल्नु र अझ बग्गीसहितको सवारी निकालेर सर्वसाधारणलाई सास्ती दिनु शासकहरूमा बदलिन नसकेको चिन्तन मुख्य कारण भएको जिकिर गर्छन् अर्का मानवशास्त्री डम्बर चेम्जोङ । ‘भौतिक परिवर्तनमा समाज अगाडि हुन्छ तर मानिस त्यो परिवर्तनअनुसार आफ्ना आनीबानी बदल्न सक्दैन । यस्तो अवस्थालाई मानवशास्त्रले सांस्कृतिक पछौटेपन भनेर व्याख्या गर्छ,’ चेम्जोङले भने, ‘मोटरको इन्जिन र पाटपुर्जा ठीकठाक राख्नुपर्नेमा सवारी साधनमा भोग दिने भनेर कुखुरा वा बोका चढाउनु सांस्कृतिक पछौटेपनको उदाहरण हो । मोटरगाडी नभएका बेला राजा(महाराजाहरू बग्गीमा सवारी चलाउँथे । अचेल मोटर, अझ हेलिकप्टरको युग छ तर हाम्रा शासकहरू परम्परा थाम्ने नाममा उही बग्गीले घेरिएर मोटर चढ्छन् । यो पनि सांस्कृतिक पछौटेपन नै हो ।’
गणतन्त्र आइसक्दा पनि सामन्ती राजतन्त्रमा झैं हाम्रा सत्तासीनहरूले सडकमा निक्लने प्रवृत्ति बदल्न नसक्नु परिवर्तन पूर्ण रूपमा स्थापित नभएको संकेत पनि हो भन्छन् ढकाल । ‘हिजो राजाको सवारी जसले व्यवस्थापन गर्थ्यो, आज राष्ट्रपतिको सवारी पनि उही संयन्त्रले चलाउँछ,’ उनी भन्छन्, ‘त्यसैले पनि उही ढर्रा र ढाँचामा राष्ट्रपतिको सवारी चलेको हो तर यसमा राष्ट्रपतिको पदमा बस्ने व्यक्ति स्वयंले निर्देशन दिएर यस्तो काम नलाग्ने चलन रोक्न चाहने हो भने सर्वसाधारण पीडित हुनुपर्दैनथ्यो ।’
सत्ता भनेको शक्ति हो र शक्तिले मान्छेलाई भ्रष्ट बनाउँछ भन्ने बेलायती इतिहासकार/राजनीतिज्ञ लर्ड एक्टनको भनाइ मान्ने हो भने सत्तासीनहरूले देखाउने दम्भ र अनावश्यकको बडप्पन त्यही भ्रष्ट मानसिकताको द्योतक भएको चेम्जोङको विश्लेषण छ । ढकाल पनि यसमा सहमत छन् । ‘सत्ता भनेको प्रदर्शनकारी शक्ति हो । राष्ट्रपति वा प्रधानमन्त्री शक्तिशाली व्यक्ति हो भन्ने कसरी थाहा पाउने त ?’ उनी भन्छन्, ‘आफू हिँडा यसैगरी सडक खाली गराएर ।’
तर यस्तो प्रदर्शनकारी शक्ति सामन्ती शासकहरूको पहिचान भएकाले गणतन्त्रमा पनि त्यही देखिनु विडम्बनापूर्ण स्थिति भएको उनले बताए ।

http://https://youtu.be/rt2MQLS7utM

https://youtu.be/rt2MQLS7utM

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नयाँ सरकार गठनमा प्रचण्ड–माधव पक्षको रणनीति : संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्नेसँग सहकार्य अनिवार्य
राजनीति

नयाँ सरकार गठनमा प्रचण्ड–माधव पक्षको रणनीति : संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्नेसँग सहकार्य अनिवार्य

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच आज पहिलो औपचारीक वार्ता
राजनीति

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच आज पहिलो औपचारीक वार्ता

महोत्तरी : नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा
प्रदेश २

महोत्तरी : नगरपालिकाले घर बहाल नतिरी कार्यालय सारेपछि घरबेटी समस्यामा

धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष राउतको ‘नेम प्लेट’ मा चोर शब्द
प्रदेश २

धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष राउतको ‘नेम प्लेट’ मा चोर शब्द

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
प्रदेश २

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

बटेश्वर गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै  गाउँपालिकामा तालाबन्दी
प्रदेश २

बटेश्वर गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालाबन्दी

Next Post
भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा, एसइई परीक्षा भइरहेको समयमा शैक्षिक हडताल गर्नु ठिक हो ? तपाइको बिचारमा के लाग्छ ?

भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा, एसइई परीक्षा भइरहेको समयमा शैक्षिक हडताल गर्नु ठिक हो ? तपाइको बिचारमा के लाग्छ ?

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist