शनिबार, माघ ३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

राधा पोखरेल भन्नुहुन्छ छोरी हुनुमा गर्व छ मलाइ।

शिरीष न्युज by शिरीष न्युज
चैत्र १३, २०७४
0
राधा पोखरेल भन्नुहुन्छ छोरी हुनुमा गर्व छ मलाइ।

हे पशुपतिनाथ ! सद्बुद्धि देऊ निष्ठुर सन्तानहरूलाई !
साँच्चै, छोरी हुनुमा गर्व छ मलाई ।
राधा पोखरेल

पशुपति गइरहन्छु म । कामको ब्यस्तताले दशैंपछि जान पाएकी थिइनँ । बल्ल हिजो समय मिल्यो । गएँ ।

 

बृद्धाश्रम छ पशुपति परिसरभित्र । सधैं भरिभराउ हुन्छ बृद्धाश्रम । त्यहाँबाट फर्कदा पटक्कैपिच्छे कामना गर्छु म- “हे पशुपतिनाथ ! खाली होस् यस बृद्धाश्रम । म फेरि आउन नपरोस् यहाँ ।” तर मेरो कामना विपरीत बृद्धाश्रम अझ भरिभराउ हुन्छ । अघिल्लोचोटी जाँदा भेटिएका केही अनुहारहरू पछिल्लोचोटि जाँदा भेटिदैंनन् । त्यहाँ नयाँ अनुहार आइसकेको हुन्छ ।

यसपालि पनि त्यस्तै भएको थियो । उमेरले मेरो बाबाको दौंतरी करिब ८६ बर्षको एकजना बा (उहाँलाई म बाबा नै भन्थें ) लाई यताउता हेरें । अहँ कतै देखिनँ । त्यहाँ उपस्थित अरूका लागि सायद मेरो अनुहार आफैँ प्रश्न बनेको थियो । जवाफ आयो नजिकैबाट- “विचरा भाग्यमानी रहेछ । चाँडै गयो । दुःखै लुक्यो ।” ओसिला भए मेरा दुबै आँखा । एकतमासले टोलायो मन ।
प्रश्न गरें आफैँलाई- चाँडै मर्नु के भाग्यमानी हुनु हो ? मलाई लाग्छ, मृत्यु सबैभन्दा डरलाग्दो शब्द हो मान्छेको लागि । तर यी मान्छेहरू किन मृत्युको रहर गरिरहेका छन् ? अनुमान गरें- सायद बाँच्नुको बोझ नै मृत्यु-मोह हो कि !
पीडैपीडाको पहाडले थिचिएर दुःखैदुःखमा दिन बिताइरहेका यी बृद्ध-बृद्धाको उदास अनुहार बेस्सरी बिझाउँछ सधैं मलाई । जति बिझाए पनि आखिर के गर्न सक्छु र म ? उनीहरूको सन्तानको अभाव पुर्ति गर्न सक्छु र ? अहँ पक्कै सक्दिनँ । अपवाद बाहेक अधिकांशको गुनासो आफ्नै सन्तानप्रति हुन्छ उनीहरूको ।
८६ बर्षको उनै बाबा मुटु भक्कानो पारेर धुमिल आँखा क्षितिजतिर ओछ्याउँदै भन्नुहुन्थ्यो- “ऊ (छोरा) एकदिन त आउँछ होला हगि मलाई लिन ?” उफ् ! तर आएन उनको निष्ठुरी छोरा उनलाई लिन । बरू बिदा हुनुभयो बाबा आफैँ सबैलाई छाडेर ।

कसरी भयो यस्तो हालत ? बाबाको नियति थाहा पाउन चाहन्थें म । धेरैपटकको मेरो आग्रहलाई अस्वीकार गर्न नसकेपछि एकदिन उहाँले आफ्नो नालिबेली यसरी बताउनु भएको थियो :
२५ बर्षको उमेरमा जुनेली (श्रीमती) सँग पहिलो भेट भाथ्यो । माघको बेलाथ्यो । जुनेली एकसरो कपडामा लुगलुगी काँप्दै थिई । टुहुरी हूँ कोही छैन भनी । भोकभोकै छु भनी । मुटु चिरिने गरी रोई ।

म पनि पहाडबाट काम खोज्दै शहर पसेको मान्छे । एउटा सानो डेराथ्यो डिल्लीबजारमा । दिनदिनैजसो भेट हुनथाल्यो जुनेलीसँग । हाम्रो त मायाँ पो बसेछ नानी एकअर्कामा । बाबा आफ्नो २५ बर्षे जवानीमा फर्कनु भयो । सूर्य झैं झरझराउँदो भो उहाँको अनुहार ।
त्यसपछि जुनेलीसँग विवाह भएको र विवाह गरेको १० बर्षपछि मात्र छोरो जन्मिएको नालिबेली पनि बताउनु भयो उहाँले । बाबाको अनुहारमा एकाएक औंसी छायो । अबरूद्ध गला सफा गर्दै बाँकी ब्यथा यसरी सुनाउनु भयो उहाँले :
नानी ! छोरा जन्मने र आमा मर्ने एकैसाथ भयो । मेरी जुनेली मलाई छोराे दिएर सधैंको लागि हामीलाई छाडेर गई । यति भनेर निकैबेर रूनु भयो बाबा ।

पहाड घरमा सानीआमाको कारण आफू शहर पस्न परेको कुरा पनि सम्झिनु भयो उहाँले । मैले जस्तै दुःख पाउला भनेर अर्को बिहा पनि गरिनँ नानी मैले । बाबा फेरि भावुक बन्नुभो । ज्याला मजदुरी गरेर बनाको घर पनि आफ्नो भएन । आज पाटीको बास भो । फेरि एकाएक भक्कानिनु भो उहाँ ।

त्यस्लाई कति दुःख गरेर एक्लै हुर्काएँ । बी.ए. पास गराएँ । जागिर पनि पायो । धनीकै छोरी बिहा गर्यो । बिहे गरेको ६ महिना नबित्दै स्वास्नीको कुरा सुन्न थाल्यो । मलाई नोकर झैं गर्न थाल्यो । अपमान त कति सहेँ सहेँ नानी, भनेर के साध्ये । एकदिन त बुहारीले हातै हाली ममाथि । छोरा आएर झगडा मिलाउला भन्ने सोच्या त, मध्यरातमा घरबाट घोक्राएर निकाले । बाबा बृद्धाश्रम थर्काएर रूनु भो । मभित्र ९ रेक्टरको भूकम्प गयो ।
सम्हालिँदै भन्नुभयो बाबाले :
त्यसपछि म सडकको भएँ । उमेर हुन्जेल ज्याला मजदुरी गरें । एकचोटी निकै बिरामी परें । बुहारीले नहेरे पनि छोराले त हेर्लान् नि ! जे भए नि छोरा त आफ्नै हो । मनभरी आश बोकेर घरको गेट अगाडि उभिएँ । तैपनि मेरो लागि गेट खुलेन । म त्यहीँ मुर्छा परेर लडेछु नानी । ब्युँझदा अस्पतालमा रैछु । बिरामी तंग्रीएपछि सिधै यता पठाइदिए । त्यसवेलादेखी यतै छु !

बाले आफ्नो कथा-ब्यथा सक्नुभो । स्तब्ध बनें म । चौरास्ताको शालिक जस्तै । मैले त्यस निष्ठुरी छोरा-बुहारीलाई चिन्न खोजें । तर बाबाले चिनाउन मान्नु भएन । उल्टै भन्नुभयो : उस्लाई नराम्रो हुन्छ नानी । नचिनेकै राम्रो । म बाबु हुँ, मेरो उमेर पनि उसैलाई लागोस् । ऊ कहिल्यै बुढो नहोस् । म यस्तो भए पनि ऊ सधैं सुखी होस्, खुसी होस् । ओहो ! कस्तो हुन्छ बाबु-आमाको मन । धर्ती जस्तै विशाल अनि आकाश जस्तै फराकिलो । पत्तै नपाई म त डाँको छोड्न पुगेछु ।

अर्की एकजना आमाले पनि झन्नैझन्नै बाबाको जस्तै कथा सुनाउनुभो । छोराले झुक्क्याएर बृद्धाश्रम ल्याएर छोडेकी आमालाई छोरीले उद्धार गरी आफ्नो घरमा लगेर पालेको घटना सुनाउँदै आफ्नो पनि छोरी भएकी भए आज यसरी बृद्धाश्रमको बास हुँदैनथ्योहोला भन्ने संभावना पनि ती आमाले ब्यक्त गर्नु भयो ।

आमाको भनाई थियो : नानी ! छोरी भनेपछि सकेसम्म पेटमै मार्ने, जन्मिहाले पनि पशुलाई झैं ब्यबहार गर्ने यो समाजमा परेको बेला काम लाग्ने चाहिँ छोरी नै हुन्छे है । भोलि पेटमा छोरी आईभने नमार है नानी । छोरी भएकी भए आज मेरो यस्तो हालत हुन्थ्यो त ? पक्कै हुँदैनथ्यो । आमाको कुरामा सत्यता घोलिएको महशुस भयो मलाई ।

छोरीको भ्रुणहत्या गर्ने हत्याराहरूप्रति घृणा जागेर आयो । साँच्चै, छोरी हुनुमा गर्व छ मलाई । छोरी भनेको श्रृष्टी हो । सिर्जना हो । ऊ सहनशील हुन्छे, सहयोगी हुन्छे । सबभन्दा बढी त छोरीसँग मानवता हुन्छ ।

बृद्धाश्रममा कष्टकर जीवन बिताइरहेका, सडकको पेटीमा आँसु पिउँदै अपमानित जीवन बाँचिरहेका वा घरमा सन्तानहरूका बीचमा पनि एक्लो जीवन जिइरहेका ती बृद्ध-बृद्धा आमा-बाबाहरू सम्झेर मभित्र साँच्चै मानवता उर्लेर आयो । आफू बाँचेको यस समाजसँग बिद्रोह गर्न

मन लाग्यो । खासमा सम्पत्तिमोह र संस्कारहीनता यसको मुख्य कारण हो । अब छोरा-छोरीलाई सम्पत्ति (अंश) होइन, राम्रो शिक्षा र असल संस्कार दिनु पर्छ ।

यस संसारमा आमा-बुबाको तुलना कोहीसँग हुनै सक्दैन । आमा-बुबाको लागि कुनै विशेषण र उपमाको आवश्यकता नै पर्दैन । किनकि, आमा-बाबु भनेका आमा-बाबु नै हुन् । जो विना हामी कसैको पनि जीवन संभव थिएन र छैन ।

जीउँदो छउन्जेल सडकमा माँग्न वाध्य तुल्याउने, बृद्धाश्रममा लगेर छाड्ने, घरमै पनि कैदी बनाउने र मरेपछि गोहीको आँसु चुहाउँदै पिण्ड लडाएर श्रद्धा गर्ने ढोंग सबैले त्याग्नु पर्छ अब । सबैले बुझ्नुपर्छ, संसारमा पैसाले किन्न नपाइने एउटै चिज हो- आमा-बाबु । मान्छेका लागि सम्पत्ति ठूलो होइन, संस्कार ठूलो हो ।
जुन मानिसले बृद्ध-बृद्धाको सम्मान गर्दैन र उनीहरूको अनुभवबाट सिक्दैन, त्यो समाज आवरणमा जति नै आधुनिक र भब्य देखिए पनि, मान्छेहरू जति नै सभ्य र शिष्ट देखिए पनि अन्ततः त्यो पाषाण समाज हो, त्यस समाजका मान्छेहरू दुईखुट्टे पशु हुन् । तसर्थ, मेरो बिनम्र अनुरोध छ- हामी सबैले आफ्ना आमा-बाबुको सम्मान गरौं । उहाँहरूको अनुभवबाट सिकौं । मानव हुनुको परिचय स्थापित गरौं ।
अन्त्यमा पशुपतिनाथसँग प्रार्थना गर्दै फर्किएँ म- हे पशुपतिनाथ ! सद्बुद्धि देऊ निष्ठुर सन्तानहरूलाई ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

२०७५ : संवाद र सहकार्यको वर्ष बनोस्
राजनीति

कांग्रेस : मोही माग्ने ढुंग्रो लुकाउने

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

अन्तर्राष्ट्रिय अनुभव : सरकार दिन नसक्ने संसद मात्र भंग हुन्छ
प्रदेश

अन्तर्राष्ट्रिय अनुभव : सरकार दिन नसक्ने संसद मात्र भंग हुन्छ

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

रेल आयो, रेल आयो फुस्सा!

नेपाललाई नयाँ राजनीतिक संक्रमणमा धकेल्ने प्रयाश
राजनीति

नेपाललाई नयाँ राजनीतिक संक्रमणमा धकेल्ने प्रयाश

सन्दर्भ : संसद विघटन संगै संविधानत: प्रधानमन्त्री बर्खास्त हुन सक्ने
राजनीति

सन्दर्भ : संसद विघटन संगै संविधानत: प्रधानमन्त्री बर्खास्त हुन सक्ने

Next Post
प्रदेश २ का योजना: बेटी पढाउ बचाउ देखि आपकी सरकार आपके द्वारसम्म

प्रदेश २ का योजना: बेटी पढाउ बचाउ देखि आपकी सरकार आपके द्वारसम्म

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist