११ चैत, काठमान्डू । चर्चित गायक प्रमोद खरेल नेपालकै सर्वाधिक राशीको धनगढी प्रिमियर लिग (डीपीएल)को गुडविल एम्बास्डर घोषित भएका छन् । डीपीएलको आयोजक धनगढी क्रिकेट एकेडेमीले गायक खरेल डीपीएलको गुडविल एम्बास्डरमा नियुक्त भएको जानकारी दिएको हो ।
डीपीएलको दोस्रो संस्करण यहि चैत १७ गतेदेखि धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा सुरु हुँदैछ ।
गायक खरेलले डीपीएलको उदघाटन समारोहमा विशेष प्रस्तुति दिने एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । गायक खरेलको डीपीएलको शीर्ष गीतमा समेत स्वर रहने छ ।
डीपीएलको दोस्रो संस्करण पनि टी-२० क्रिकेट प्रतियोगितामा देशका ६ चर्चित शहरहरुबाट उत्कृष्ट टिमले सहभागिता जनाउने छन् ।
काठमाडौं गोल्डन्स, महेन्द्रनगर युनाइटेड, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सीवाईसी अत्तरिया र टीम चौराहा धनगढीले प्रतियोगितामा भाग लिनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले २५ लाख नगद तथा उपविजेताले १० लाख नगद पाउनेछन् । तेस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख नगद पुरस्कार प्राप्त गर्ने धनगढी एकेडेमीका अध्यक्ष शाहीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन साविक विजेता टिम चौराहा धनगढी र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा हुनेछ ।
खरेलले डीपिलको लागि गएको गित यस्तो छ