नुवाकोट , २ चैत ।
पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथी नुवाकोटमा आक्रमण भएको छ ।
जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले उनको टाउकोमा ताकेर बोत्तल हानेका छन ।
बोतल प्रहार गरी दुर्ववहार गर्नेलाई प्रहरीले तत्कालाई नियन्त्रणमा लिएको थियो ।
दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रम पछी दुप्चेश्वर गाउपालिका अन्तरगतको राउतबेसिमा आयोजित प्रथम राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता को उद्घाट समारोहमा मन्तब्य राख्दै गर्दा महतलाई बोतल प्रहार गरिएको हो ।
बेलुकिको करिब पाँच बजेतिर अकस्मात महतलाई पानीले भरिएको बोत्तल प्रहार गरेर गालीगलौज गर्न थालेपछि दुप्चेश्वर–३ का ३१ वर्षका रामहरी खड्कालाई प्रहरीले लगत्तै नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो।
खड्कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।
यसरी भयो डा महतमाथी आक्रमण:
नुवाकाेट एक्सप्रेसबाट