बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

यी हुन् नेपाली चर्चित अविवाहित महिलाहरू

Bhushan Gautam by Bhushan Gautam
चैत्र २, २०७४
0
यी हुन् नेपाली चर्चित अविवाहित महिलाहरू

भनिन्छ, विवाहका लागि साइत जुर्नुपर्छ । कतिपय मानिस विवाहको जोडी भगवानले नै तय गर्ने कुरा बताउँछन् । योग्य वर अथवा बधू फेला नपरेकाले विवाह नगरी बस्नेहरू पनि उत्तिकै हुन्छन् । कुनै बेला विवाहको जग्गेमा मात्र श्रीमान्(श्रीमतीले एकअर्काको अनुहार हेर्ने परम्पराबाट हुर्किएको नेपाली समाज सामाजिक सञ्जालको प्रयोगसँगै विवाहअघि नै लिभिङ टुगेदर बस्नेसम्मको चरणमा प्रवेश गरिसकेको छ ।

यद्यपि विवाह भनेको विवाह नै हो । यसले दुई शरीरलाई मात्र होइन, दुई मनलाई समेत जोड्छ । साप्ताहिकले पछिल्ला केही वर्षयता हरेक वर्ष ग्ल्यामर क्षेत्रमा भित्रिने नयाँ अनुहारमध्ये अविवाहित अनुहारहरूका बारेमा जानकारी गराउँदै आएको छ । यसपटक केही चर्चित अविवाहित महिलाहरुको वारेमा चर्चा गरेका छौं ।

दीपिका प्रसाईं

पहिलो चलचित्रबाटै स्थापित हुने निकै कम अभिनेत्रीमा दीपिका प्रसाईंको नाम अग्रपंक्तिमा आउँछ । यसै वर्ष प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ बाट रजतपटमा भित्रिएकी दीपिका निकै सुन्दर छिन् । आकर्षक व्यक्तित्वकी धनी यी अविवाहित अभिनेत्रीलाई आफ्नो चलचित्रमा अभिनय गराउन चाहने निर्माता–निर्देशकहरूको संख्या ठूलै छ, यद्यपि उनले दोस्रो चलचित्रमा अभिनय गर्न हतार गरेकी छैनन् । स्नातकोत्तर तहको अध्ययन पुरा गरेपछि मात्र उनी दोस्रो–तेस्रो चलचित्रमा प्रस्तुत हुने बताउँछिन् ।

एलिशा राई

चलचित्र लुट–२ को ठमेल बजार‘गीत लोकप्रिय भएपछि सेलिब्रेटी बन्न सफल भएकी हुन्– एलिशा राई । चलचित्रमा आइटम डान्सरसहित अभिनेत्रीका रूपमा समेत प्रस्तुत भएकी एलिशाले ठमेल बजार गीतकै कारण प्रसिद्धि कमाएकी हुन् । अविवाहित यी सुन्दरी अचेल म्युजिक भिडियोहरूको छायांकनमा व्यस्त छिन् ।

नृत्यपरक भिडियोमा एलिशाको उपस्थिति अनिवार्यझैं भएको छ । कद होचो भए पनि आकर्षक शारीरिक बनावट तथा सुन्दर मुहारकी धनी एलिशाको सुन्दरताबाट प्रभावित हुनेहरूको संख्या ठूलै छ । एलिशाले आफ्नो प्रेम सार्वजनिक गरिसकेकी छैनन् ।

निकिता चाण्डक

मिस नेपाल–२०१७ की विजेता हुन्— निकिता चाण्डक । उर्लाबारी, मोरङकी यी सुन्दरी मिस नेपालमा सहभागिता जनाउनुअघि भारतमा मोडलिङसँगै अध्ययनमा सक्रिय थिइन् । भारतमा छँदा केही फेसन शो तथा विज्ञापनहरूमा मोडलिङ गरेकी निकिताले काठमाडौं आएर मिस नेपालमा सहभागिता जनाएलगत्तै धेरैको ध्यान आकर्षित गरिन् ।

मिस नेपालको उपाधि जितेपछि निकिताको चर्चा ह्वात्तै चुलियो । मिस वल्र्ड–२०१७ को सहभागिता पछि उनी थप चर्चामा आइन् । सामाजिक सञ्जालहरूमा उनका फलोअरहरूको संख्या बढ्दो छ । निकिताले चलचित्रबाट समेत अभिनयको प्रस्ताव पाउन थालेकी छिन् । मिस नेपालको आगामी संस्करणपछि पूर्व मिस नेपाल हुने निकिताले त्यसपछि मात्र आफ्नो क्षेत्रलाई फराकिलो बनाउने अनुमान गरिएको छ ।

जेबिका कार्की

थुप्रै म्युजिक भिडियो, दर्जनौं टेलिश्रृंखला हुँदै चलचित्रसम्म आइपुगेकी अभिनेत्री हुन्— जेबिका कार्की । चलचित्र जन्मभूमिमार्फत चलचित्रमा पदार्पण गर्ने जेबिकाले अभिनय गरेका चलचित्र पर्व तथा कारखाना यसै वर्ष प्रदर्शन भैसकेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र कोहलपुर एक्सप्रेसमा समेत अभिनय गरेकी जेबिका सुन्दर त छिन् नै, शालिन व्यवहारका कारण सबैको मन जित्नसमेत सफल छिन् ।

अविवाहित यी अभिनेत्री अभिनयसँगै नृत्यमा पनि अब्बल छिन् । पछिल्लो समय म्युजिक भिडियो तथा चलचित्रमा समानान्तर रूपमा सक्रिय हुँदै आएकी जेबिका प्रेम तथा रोमान्सबाट आफूलाई टाढै राख्न रुचाउँछिन् ।

सहारा बस्नेत

५ फिट साढे ७ इन्च अग्ली अविवाहित सुन्दरी हुन्– सहारा बस्नेत । बस्नेत मिस नेपाल–२०१७ कै एक विजेता हुन् । मिस नेपाल एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि विजेता सहाराले यसै वर्ष फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिक इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

व्यवस्थापनमा स्नातक उत्तीर्ण २२ वर्षीया सहारा ५ फिट ५ इन्च अग्ली छिन् । ललितपुरकी स्थायी वासिन्दा सहारा आगामी वर्षदेखि आफूलाई समाजसेवा तथा मोडलिङमा अग्रसर गराउने योजनामा छिन् ।

तृष्णा गुरुङ

गायिका तृष्णा गुरुङको स्वर जति सुरिलो छ, उनको सुन्दरता त्योभन्दा मनमोहक छ । ५ फिट ४ इन्च अग्ली यी अविवाहित गायिकाले सुरिलो स्वरमा गीत गाउँदा पुरुष प्रसंसकहरू लट्ठै हुन्छन् । खासगरी युट्युबमा उनका भिडियोले पाउने लाखौं दर्शकका पछाडि उनको कर्णप्रिय स्वर तथा सुन्दरताले पनि उत्तिकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

सामाजिक सञ्जालमा समेत प्रशस्त प्रशंसक कमाउन सफल तृष्णा आफ्ना गीतमा आफैं संगीत भर्छिन् । कन्सर्टमा उनलाई मन पराउनेहरू हजारौं हुन्छन् । रेलैमा, गाइने दाजै, साँझको बेला, गुराँसै फुल्यो, खानी हो याह्मू आदि उनले गाएका लोकप्रिय गीत हुन्, जसलाई दर्शकले यूट्युबमा लाखौं पटक हेरेका छन् ।

रोजिना श्रेष्ठ

मिस नेपाल–२०१७ मा मिस नेपाल अर्थको उपाधि जित्न सफल युवती हुन्– रोजिना श्रेष्ठ । अग्लो कदकी यी अविवाहित सुन्दरीले फिलिपिन्समा सम्पन्न मिस अर्थ–२०१७ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । मोडलिङमा रुचि राख्ने रोजिनाले मिस नेपालमा सहभागिता जनाउनुभन्दा तीन वर्षअघि नै मिस एपेक्सको उपाधि जितिसकेकी थिइन् ।

त्यसबाहेक उनी केही मोडलिङ प्रतियोगितामा सहभागी भएकी थिइन् । मिस नेपालको प्रशिक्षणले आफूलाई परिपक्व बनाएको धारणा व्यक्त गर्ने अविवाहित रोजिना आगामी वर्षदेखि मोडलिङसहित सामाजिक कार्यक्रमहरूमा बढी केन्द्रित हुने बताउँछिन् ।

सुशीला पाठक

सुशीला पाठक गायिका हुन् । झट्ट हेर्दा उनी कुनै अभिनेत्री अथवा मोडलभन्दा कम देखिन्नन् । अघिल्लो वर्ष नै पहिलो एकल गीति संग्रह सार्वजनिक गरेर आफूलाई गायिकाका रूपमा परिचित गराएकी सुशीला आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय तथा नृत्य गर्छिन् । फोटोसेसनमा विशेष रुचि राख्ने यी अविवाहित गायिका आफ्नो फेसबुक वालमा बोल्ड तस्बिरहरू सार्वजनिक गरिरहन्छिन् ।

नृत्यमा समेत दख्खल राख्ने यी सुन्दर गायिका कुनै दिन मोडलिङ हुँदै चलचित्रसम्म पुगिन् भने अचम्म नमाने हुन्छ । सुशीलाले संगीतकर्मीद्वय शिलाबहादुर मोक्तान तथा मनोरजराज शिवाकोटीसँग संगीतको औपचारिक प्रशिक्षण लिएकी हुन् ।

कुसुम श्रेष्ठ

सामाजिक सञ्जालमार्फत सेलिब्रेटी बन्न सफल युवती हुन्– कुसुम श्रेष्ठ । एक जना फोटोग्राफरले तरकारीको क्रेट बोकेर झोलुंगे पुलमा हिँडिरहेको तस्बिर फेसबुकमा अपलोड गरेपछि गोरखाकी कुसुम छोटो समयमै नेपाल र भारतमा मात्र होइन विश्वभरी नै ‘तरकारीवाली’ उपनामले प्रसिद्ध भइन् ।

यतिबेला कक्षा १२ को अन्तिम परीक्षा दिने तयारीमा रहेकी यी सुन्दरीलाई त्यतिबेला थुप्रै चलचित्र तथा म्युजिक भिडियोबाट अभिनय प्रस्ताव आए । यद्यपि आफू अध्ययनमा केन्द्रित भएकाले उनले त्यसरी प्रस्ताव गरिएका मध्ये जम्मा एउटा चलचित्रमा मात्र अभिनय गरिन् । उक्त चलचित्र हो– लम्फू । साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति
कला

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति

जनकपुरधाममा महामूर्ख सम्मेलनको लागि महामूर्ख र पट मूर्खको खोजी तीव्र
कला

जनकपुरधाममा महामूर्ख सम्मेलनको लागि महामूर्ख र पट मूर्खको खोजी तीव्र

मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड
अन्तराष्ट्रिय

मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड

प्रियंका चोपडाले भनिन्, ‘मस्जिदमा गीत गाउँथे पिता’, भइन् ट्रोल
बलिउड / हलिउड

प्रियंका चोपडाले भनिन्, ‘मस्जिदमा गीत गाउँथे पिता’, भइन् ट्रोल

गायक रुद्रसेन विश्वकर्माको अर्को गीत “कत्त सऽ एल्ही गोरी” रिलिज
कला

गायक रुद्रसेन विश्वकर्माको अर्को गीत “कत्त सऽ एल्ही गोरी” रिलिज

नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सुट
फोटो फिचर

नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सुट

Next Post
नुवाकोटमा यसरी भएको थियो डा महत माथी आक्रमण(भिडियो सहित)

नुवाकोटमा यसरी भएको थियो डा महत माथी आक्रमण(भिडियो सहित)

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist