बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

Bhushan Gautam by Bhushan Gautam
चैत्र २, २०७४
0
घरबासमार्फत समृद्धि खोज्दै हिमालपारिको ताचै गाउँ

पोखरा, २ चैत  । 

हिमालपारिको जिल्ला मनाङको नासौँ गाउँपालिका–८ स्थित ताचै गाउँमा होमस्टे (घरबा¬स) कार्यक्रमका माध्यमबाट आर्थिक समृद्धितर्फ लम्कने तयारी गरिएको छ ।

समुद्री सतहबाट लगभग दुई हजार ३०० मिटरको उचाइमा अवस्थित रमणीय ताचै गाउँमा घरबास सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी त्यहाँको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवासीले तयारी थालेका हुन् ।

“गाउँका कूल ६२ वटा घरमध्ये पहिलो चरणमा २६ वटा घरमा ५२ जना पाहुना राख्न सक्ने क्षमता तयार गरिसकेका छौँ,” ताचै होमस्टे सञ्चालक समितिका अध्यक्ष याद घलेले भन्नुभयो, “आवश्यकताअनुसार यसलाई विस्तार गर्दै जाने सोच राखेका छौँ ।”

घरबास कार्यक्रमलाई प्रभावकारी तुल्याउन त्यसको व्यवस्थापनका लागि थप जानकारी लिन स्थलगत अवलोकनको लक्ष्यका साथ बाजेदेखि नातिसम्मका तीनपुस्ता पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो ।

स्थलगत भ्रमणमा निस्केको ताचै गाउँका तीन पुस्ते ३३ जना स्थानीयवासीमध्ये घरबास सञ्चालनको तयारी गरेका २६ घरधुरीका एक÷एक जनाको सहभागिता रहेको उहाँले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार टोलीले लमजुङको बँेसीशहर नगरपालिका–३, काउलेपानी, स्याङ्जाको दरौँ सिरुबारी, चितवनको सौराहा, पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसहित आसपासका पर्यटकीयस्थल पुगेर होमस्टेका बारेमा व्यावहारिक ज्ञान हासिल गरेको छ ।
ताचैमा आउने पाहुनालाई जंगलमा उत्पादित प्रांगारिक च्याउको स्वाद चखाउने आफूहरूको योजना रहेको ताचै आमा समूहका अध्यक्ष योगमाया गुरुङले बताउनुभयो ।

लामो समय लगाएर गाउँकै बारीमा उत्पादित प्रांगारिक मकै, भटमास, फापर तथा उवाको ढिडो, सिस्नो, सिमी, आलु, टिमुर, गुन्दु्रक, दाल तथा तरकारी एवं लोकल कुखुराको मासुलगायतका परिकार होमस्टेमा खाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

“ताचै गाउँ अत्यन्त रमणीय स्थानमा छ,” उहाँले भन्नुभयो,“ यहाँबाट अन्नपूर्ण, लमजुङ र मनास्लु हिमशृंखलाको एकसाथ अवलोकन गर्न सकिन्छ भने सूर्योदयको अवलोकन पर्यटकका लागि मन लोभ्याउने खालको छ ।”

गाउँमा आउने पाहुनाका लागि आवश्यक बसोबासको राम्रो प्रबन्ध गर्ने तयारीमा स्थानीयवासी जुटेको जानकारी दिँदै गुरुङले होमस्टे सञ्चालक समितिको निर्णयअनुसार गाउँमा आउने पर्यटकका लागि एक दिनको खाना, नास्तासहित बसेको प्रतिव्यक्ति रु एक हजार लिने गरिएको छ ।

पाहुनाले अन्य खानेकुरा थप खाएमा त्यसको अतिरिक्त रकम लाग्ने उहाँले जानकारी दिनुभयो । वर्षाको समयमा जंगलबाट ल्याएको आलो च्याउको सुकुटी बनाएर राख्ने र हिउँद लागेपछि गाउँमा आउने पाहुनालाई तरकारी बनाएर खुलाउने होमस्टेको योजना रहेको उहाँले बताउनुभयो ।

आगन्तुक पाहुनालाई गाउँकै घरबारीको छेउमा फुलेको फूलको माला लगाउँदै आत्मीय स्वागतका साथ सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन दिने सञ्चालक समितिको तयारी छ ।

मनाङ जिल्लाकै अन्न भण्डारका रुपमा परिचित ताचै गाउँमा घरबास कार्यक्रममार्पmत पर्यटन प्रवद्र्धन गरी थप आयआर्जनमा जोड दिइने योजना रहेको नासौ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

आगन्तुक पाहुनाका लागि खाना र बसोबासको राम्रो व्यवस्था भइसकेको बताउँदै उहाँले याम शुरु भएसँगै होमस्टेका सम्बन्धमा प्रचारप्रसार गरी पाहुनाको आकर्षण बढाउने अभियान गाउँपालिका र प्राकृतिक संरक्षण कोष (एक्याप)ले गरेको छ ।

लमजुङ जिल्लाको बेँसीशहरबाट लगभग ४५ किलोमिटर कच्ची मोटरबाटो हुँदै पुगिने ताचै गाउँबाट लमजुङ र डाँफे हिमाल आँखाको सामुन्ने देखिन्छ भने थन्चे, तिमाङ, बगरथाप, धारापानी, घेलानचोक, सिप्लुलगायतका रमणीय गाउँ तथा थुङरोप्ली र फोप्चे झरना आदि यहाँका पर्यटकीय आकर्षण हुन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति
कला

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति

Next Post
दुई महिलालाई मानव बेचबिखन मुद्दा

दुई महिलालाई मानव बेचबिखन मुद्दा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist