काठमाण्डौ,१ चैत्र ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुख पक्का हुने संकेत देखिएको छ । विहीवार दिउँसो २ बजे सम्म उम्मेदवारी दर्ता समय तोकिएको छ । नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार अझै टुंगो लगाएको छैन । त्यसैले उपसभामुखमा नेपाली कांग्रेसको तर्फबाट हुने संकेत देखिएको छ । विहीबार २ बजे सम्म उम्मेदवारी दर्ता र निर्वाचन शुक्रबार हुनेछ ।