बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

Bhushan Gautam by Bhushan Gautam
चैत्र १, २०७४
0
सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

काठमाडौं, १ चैत । 

अधिकांश सचिवले सरकारबाट सुविधास्वरूप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन्।

परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन्। सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा छिटो रातो प्लेटको आफ्नो गाडीको म्याद थप्न गृहको आन्तरिक व्यवस्थापन शाखामाथि तीव्र दबाब दिन थालेको गृहले जानकारी दिएको छ। परराष्ट्र सचिव वैरागी सरकारले सुविधास्वरूप दिएको गाडीको नम्बर बा १५ च ७११ नम्बरको रातो प्लेट बनाएर चढिरहेका छन्। नियमअनुसार उनको सरकारी गाडीमा बा २ झ २२७ नम्बरको सेतो प्लेट हुनु पर्नेमा फेरेर रातो प्लेट बनाएर प्रयोग गरिरहेका छन्।

वैरागीले चढिरहेको गाडीको रातो (निजी) प्लेटको अवधि गत पुसमा सकिएपछि उनले रातो प्लेटको अवधि ६ महिना थप्न माग गर्दै गृहमा गत माघको पहिलो साता नै पत्र पठाएका थिए। गृहले उनको पत्र त्यसै थन्क्याएको थियो। अहिले उनले गृहमन्त्री थापाको सचिवालयमार्फत आन्तरिक व्यवस्थापन शाखामाथि बारम्बार दबाब दिइरहेको गृहस्रोतले बताएको छ।

गृहका अनुसार मंगलबार गृहमन्त्रीको स्वकीय सचिवालयका एक सदस्यले शाखामा नै गएर परराष्ट्र सचिवको रातो प्लेटको म्याद थप किन नगरेको भन्दै सोधखोज गरेका थिए।

आन्तरिक व्यवस्थापन शाखाका उपसचिव यदुनाथ पौडेलले परराष्ट्र सचिवलगायत २० जनाभन्दा धेरै अधिकारीको रातो प्लेट कायम गर्न माग गर्दै पत्र प्राप्त भए पनि अनुमति नदिइएको जानकारी दिए। उनले गृहमन्त्रीको सचिवालयमार्फत परराष्ट्र सचिवको गाडीबारे के भएको हो भनेर सामान्य जानकारी लिइएको र कुनै दबाब नआएको जानकारी दिए।

परराष्ट्र सचिव शंकरदास वरागीको सरकारी गाडीको सरकारी नम्बर फेरेर निजी बनाइएकोमा अझ समय थप्न गृहमन्त्री रामबहादुर थापाको सचिवालयको सोर्स

गृहमन्त्रीका निजी सचिव डिजन भट्टराईले सेतो प्लेट रातोमा फेर्नेबारे मन्त्रीको सचिवालयका कुनै पनि कर्मचारीको सहमति नरहेको बताए। सेतो प्लेट किन रातो किन बनाइयो भनेर अब छानबिन र यो प्रवृत्ति निरुत्साहित गर्न आवश्यक भएको उनको भनाइ थियो।

गृहका अनुसार प्रायःजसो सबै सचिवले सरकारले सुविधामा दिएको सेतो प्लेटको गाडीमा फेरेर रातो प्लेट प्रयोग गरिरहेका छन्। यसरी रातो प्लेट प्रयोग गर्नेमा लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाई, आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार ठाकुर, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव मणिराम ओझा, अर्थ मन्त्रालयका सचिव शंकर अधिकारी र शिशिर ढुंगाना, राष्ट्रिय योजना आयोगका सचिव विष्णुप्रसाद लम्साल, निर्वाचन आयोगका सबै आयुक्त एवं सचिव वेगेन्द्रराज शर्मा पौड्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू प्रेमकुमार राई, महेन्द्रमान गुरुङ, राजीव गौतम, खगराज बराल, बुद्धिबहादुर खड्का, वन मन्त्रालयका सचिव युवकध्वज जिसी, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपाने, सामान्य प्रशासन मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला, स्वास्थ्य मन्त्रालयका सचिव डा.पुष्पा चौधरी लगायतले सरकारी सेतो प्लेट फेरेर रातो प्लेट बनाएर गाडी प्रयोग गरिरहेका छन्।

गृहका अनुसार अर्थ मन्त्रालयका विभिन्न निकायका सहसचिवहरू, वन मन्त्रालयका सहसचिव तथा महानिर्देशकहरू, भौतिक पूर्वाधार मन्त्रालय, गृहकै सहसचिवहरू समेत सेतो प्लेट फेरेर रातो बनाएर गाडी चढिरहेका छन्। सेतो प्लेटलाई रातोमा परिवर्तन गरेपछि व्यक्तिगत र घरायसीलगायत सबै काममा सवारीसाधन प्रयोग गर्न पाइने र सार्वजनिक बिदाका दिन समेत सरकारी गाडीमा घुमघाम गर्न जान पाइने भएकाले नम्बर प्लेट रातो बनाउने गरेको गृहले जानकारी दिएको छ। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति
कला

ढल्केवर मिथिला महोत्सवमा कमल खत्रीको दमदार प्रस्तुति

Next Post
सुर्खेतका स्थानीय तहमा बैंक नहुँदा समस्या

सरकारी कोषमा पैसा सकियो : महँगो ब्याजमा ऋण उठाउँदै राष्ट्र बैंक

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist