सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

७१ वर्षीय रोल्पाली दम्पतीको सम्बन्धविच्छेद

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन ३०, २०७४
0
७१ वर्षीय रोल्पाली दम्पतीको सम्बन्धविच्छेद

लिबाङ, ३० फागुन  ।

रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ ।

साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्धविच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गर्नुभएको हो ।

हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्व. दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो । पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन् । दुर्भाग्यवश रोकाको निधन भयो । यसरी एक्लो जीवन बिताउँदै आउनुभएका हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुशी प्रेम विवाह गर्नुभएको थियो । विवाहपछि वली दम्पतीबाट एक छोरीको जन्म भएको र उहाँको पनि विवाह भइसकेको बुझिएको छ ।

जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरीअनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ ।

वृद्धा वलीले पेश गरेको निवेदनअनुसार आफू वृद्धावस्थाका कारण काम गरिखान नसक्ने स्थितिमा रहँदा पनि ‘यस्ती स्वास्नी चाहिँदैन, घरबाट निस्किएर जा’ भन्दै कुटपिट गरी घरबाट निकाला गरेको हुँदा आफू २०७२ असोज १० गतेदेखि छोरीको घरमा बस्दै आएको वृद्धा वलीले आफ्नो निवेदनमा उल्लेख गर्नुभएको छ ।

घरबाट निस्किएपछि पनि श्रीमान्ले आफ्नो कुनै खोजखबर नगरेका कारण आफूले पटक पटक गाउँका भद्रभलाद्मीहरु तथा स्थानीय प्रहरी चौकीमा पुगी छलफल गराएको, अनेक प्रयास गर्दा पनि श्रीमान्ले घरमा लैजान नमानेको, बरु अदालतबाट सम्बन्धविच्छेद गर नत्र तँलाई नमारी छाड्दैन भन्दै डर धम्की देखाई करकापमा पारेको हुँदा आफू सम्बन्धविच्छेदको निर्णयमा पुगेको वृद्धाको निवेदनमा उल्लेख छ ।

जिल्ला न्यायाधीश श्रेष्ठका अनुसार पीडितले २०७३ फागुन १२ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत रोल्पामा निवेदन दिनुभएको थियो । प्रतिवादीलाई आफ्नो सफाइ पेश गर्ने मौका प्रदान गरिएको भए पनि सो जानकारी पाउँदापाउँदै कुनै पनि प्रतिवाद नगरी चुप लागी बसेका कारणले गर्दा प्रतिवादीको भावना बुझ्न नपाइएको उहाँको भनाइ छ ।

जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका नायब सुब्बा दामोदर दाहालका अनुसार यस आर्थिक वर्षमा मात्र यस अदालतमा अहिलेसम्म ९७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका छन् । विगतका वर्षहरुमा जस्तै यस आवमा पनि जिल्ला अदालत रोल्पामा अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढी नै भएको पाइएको छ । एभरेष्ट दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पेट्रोल, डिजेलको मूल्य बढ्यो
अर्थ

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’
अन्तर्वार्ता

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’

प्रदेश सरकारले मनायो बलिदानी दिवस:   ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा
प्रदेश

प्रदेश सरकारले मनायो बलिदानी दिवस: ६० जना शहीद परिवारलाई सम्मान, शहिद प्रतिष्ठान स्थापना गर्ने घोषणा

२०७५ : संवाद र सहकार्यको वर्ष बनोस्
प्रदेश

हाय रे मधेस ! हाय रे सत्ता ! हाय रे सहिद !

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह
प्रदेश २

प्रदेश २ मा पिछडावर्ग उत्थान विकास समिति गठन, अध्यक्षमा मन्त्री साह

गजल
कला

गजल

Next Post
पाल्पाकाे दर्लामडाँडामा भिषण आगोलागीः ३५ लाख बराबरकाे क्षति (फोटो फिचर)

पाल्पाकाे दर्लामडाँडामा भिषण आगोलागीः ३५ लाख बराबरकाे क्षति (फोटो फिचर)

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist