सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन ३०, २०७४
0
चन्द्रौटा–कृष्णनगर औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै

 कपिलवस्तु, ३० फागुन  । 

चन्द्रौटादेखी कृष्णनगर क्षेत्रमा पछिल्लो समय उद्योग स्थापनामा तीव्रता आएसँगै यो क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।

औद्योगिक विकासको दृष्टिकोणले निकै पछि परेको प्रदेश नं ५ मा पर्ने कपिलवस्तुमा पछिल्लो समय पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चन्द्रौटादेखि भारतीय सिमाना कृष्णनगरबीचको क्षेत्रमा धमाधम ठूला–ठूला उद्योग स्थापना हुन थालेका छन् ।

उक्त क्षेत्रमा यसअघि नै विजया सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गणपति सिमेन्ट, बुद्ध सिमेन्ट उद्योगका साथै सातवटा प्लाईउड उद्योग सञ्चालनमा आइसकेका छन् । अन्य सानाठूला गरी ३० भन्दा बढी उद्योग सञ्चालनमा रहेको कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेलले बताउनुभयो ।

जिल्लामा पाँचवटा नयाँ सिमेन्ट उद्योग स्थापना भएको छ भने तीनवटा निर्माणको अन्तिम चरणमा छन् । शिवराज नगरपालिका–६ वीरपुर क्षेत्रमा ती उद्योग स्थापना भएका हुन् । औद्योगिक क्षेत्रका रुपमा विकसित हुँदै आएको सो क्षेत्रमा बालाजी सिमेन्ट उद्योग, शुभ–लक्ष्मी सिमेन्ट उद्योग र अटल सिमेन्ट उद्योग निर्माणको चरणमा छन् ।

नयाँ प्रविधि र व्यवस्थापनका साथ भूगर्भ सिमेन्ट र हालै निर्माण सम्पन्न महाशक्ति सिमेन्ट उद्योग सञ्चालनमा आइसकेका छन् । दुई वर्षअघि निर्माण थालिएको महालक्ष्मी सिमेन्ट उद्योग हाल सञ्चालनमा आएको छ । साउनदेखि नियमित उत्पादन शुरु गरेको सो उद्योगले दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले सिनर्जी ओपिसी र जेके पिपिसी ब्रान्डका सिमेन्ट बजारमा ल्याएको छ ।

विगत लामो समयदेखि बन्द अवस्थामा रहेको देउराली सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । पुनःनिर्माण तथा नयाँ मेसिनरी जडानका साथ उद्योग सञ्चालनमा आएको हो । भदौदेखि भूगर्भ सिमेन्ट कम्पनीको नामबाट यसले उत्पादन शुरु गरेको छ । यसले आफैँ क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योगले अहिले ६ देखि सात हजार बोरा सिमेन्ट उत्पादन गर्दैआएको छ । उद्योगले भूगर्भ ओपीसी र देउराली, अपोलो पिपिसी ब्राण्डका सिमेन्ट बिक्री गर्दै आएको छ ।

शिवराज क्षेत्रमा सञ्चालित उद्योगमा मात्रै अहिले दुई हजारभन्दा बढी मजदूर कार्यरत रहेको र नयाँ बन्ने उद्योगमा ५०० जनाले रोजगारी पाउने कपिलवस्तु व्यापार संघका अध्यक्ष
पोख्रेलले बताउनुभयो । उक्त क्षेत्रमा थप उद्योग स्थापनाका लागि शिवराज र कृष्णनगर नगरपालिकाले केन्द्र सरकारको पहलमा औद्योगिक सुरक्षा बल स्थापना गर्नुपर्ने, रु पाँच करोडमाथि लगानीका उद्योगलाई तीन वर्षसम्म स्थायी कर मिनाहा गर्नुपर्ने, चन्द्रौटा–कृष्णनगर सडक विस्तार गरी चार लेनको बनाउनुपर्ने, बाइपास रोड निर्माण गनुपर्ने तथा कृष्णनगरमा सुख्खा बन्दरगाहका लागि आवश्यक कार्यको पहल गर्न व्यवसायीले सुझाव दिएका छन् ।

अटल सिमेन्टका सञ्चालक जमशेर अलि मियाले आगामी एक वर्षभित्रै उद्योगले उत्पादन शुरु गर्ने बताउनुभयो । निर्माण सम्पन्न हँुदासम्म करिब रु ६० करोड खर्च लाग्ने उहाँको भनाइ छ । रु एक अर्ब १० करोड बढीको लागतमा सोही क्षेत्रमै बालाजी सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । निर्माण करिब ८० प्रतिशत सम्पन्न गरेको सो उद्योगले जनाएको छ ।

उद्योगी पिताम्बर गैरे तथा शालिकराम ढकाल समूहको लगानीमा वीरपुर क्षेत्रमा शुभ–लक्ष्मी सिमेन्ट उद्योग निर्माण भइरहेको छ । निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको र उद्योग एक वर्षभित्रै सञ्चालनमा आउने बताइएको छ । रु एक अर्बको लागतमा निर्माण हुन गइरहेको उक्त उद्योगमा अत्याधुनिक मेसिन जडान गरिनेछ ।

विस्तारै औद्योगिक क्षेत्रका रूपमा विकसित यहाँ उद्योग स्थापना र सञ्चालनमा अन्य क्षेत्रको तुलनामा सहज रहेको अध्यक्ष पोख्रेल बताउनुहुन्छ । चन्द्रौटा–कृष्णनगर क्षेत्र औद्योगिक क्षेत्रका रुपमा विकसित हुन थालेपछि स्थानीयवासी हर्षित भएका छन् । उद्योग कलकारखाना बढेसँगै रोजगारी पाउने भन्दै उनीहरु खुशी भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
राजनीति

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न
प्रदेश

गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समिति इजलाश कक्षको उद्घाटन सम्पन्न

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द
प्रदेश २

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

Next Post
मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

मापदण्ड विपरित सञ्चालित उद्योगको बिद्युत् लाइन काटियो

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist