विराटनगर,३० फागुन ।
समाजमा छोरी जन्मिदा अपनाइने दृष्टिकोणमा परिवर्तन ल्याउन विराटनगर महानगरपालिकामा “छोरी बचाउ अभियान” शुरु गरिएको छ ।
महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले संयुक्त रुपमा पहिलो पटक छोरी जन्माउनेलाई १५ जना आमालाई प्रोत्साहन स्वरुप जनही रु तीन हजार सहित सम्मान गर्नुभयो । समाजमा देखिने छोरा र छोरी विचको विभेद् अन्त्य गर्न महानगरपालिकाले पहिलो पटक यो अभियान प्रारम्भ गरेको हो ।
बीस वर्षपछि विवाह गर्ने नेपाली महिलाले गर्भ रहँदा नियमित चार पटकसम्म स्वास्थ्य जाँच गराउनुपर्ने तथा स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेलाई महानगरपालिकाले प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको छ ।
यस अभियानले तराई क्षेत्रमा जनचेतना जगाउन महत्पूर्ण निर्बाह गर्ने महनगरपालिको दाबी छ । महानगरपालिकाका प्रमुख पराजुलीले पहिलो चरणको अभियान अन्तर्गत ३५ जनालाई प्रोत्साहन भत्ता वितरण गर्ने बताउनुभयो ।
छोरीलाई पनि छोरा सरह समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले यो अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाकी उपप्रमुख कार्कीले गर्भमा छोरी भएको थाहा भएपछि गर्भपतन गराउने प्रवृत्ति अझैपनि कायम रहेकाले यस अभियानले यस्तो सामाजिक विकृति अन्त्य गर्न सहयोग मिल्ने वश्वास व्यक्त गर्नुभयो ।
तराई–मधेशमा दाइजो र सामाजिक कुरितिका कारण छोरीमाथि गरिने व्यवहारमा अझैपनि परिवर्तन आएको छैन । रासस
शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184
© 2020 Shirish News | By HostMero