पोखरा, ३० फागुन ।
बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीतिअनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् ।
गण्डकी यातायात व्यवस्था कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी हाते ट्र्याक्टर ४९५, भाडाका ट्याक्सी ४३३, ट्रक २३४, ठूला बस २८३, मिनिबस छ, मिनि ट्रक २७, ट्र्याक्टर सात, जिप ८७, पिकअप सात, भ्यान छ, पर्यटक बस आठ, पर्यटक मिनिबस तीन, पर्यटक जिप पाँच, पर्यटक माइक्रोबस पाँच, पर्यटक भ्यान तीन र पर्यटक कार ३५ वटा रहेका कार्यालय प्रमुख अच्युत रेग्मीले जानकारी दिनुभयो ।
सरकारले गरेको निर्णय कार्यान्वयन गर्न कार्यालय प्रतिबद्ध छ भन्दै उहाँले चैत १ गतेदेखि २० वर्ष पुगेका सार्वजनिक यातायातका साधान सडकमा नगुढ्ने जानकारी दिनुभयो ।
कार्यालय प्रमुख रेग्मीका अनुसार बीस वर्ष पुराना ट्याक्सी विस्थापित गर्दा भने सट्टामा नयाँ दर्ता गर्ने सुविधा दिइएकाले सवारी साधनका धनीबाट स्वतस्फूर्तरुपमा निवेदन आउन थालेका छन् । रासस
शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184
© 2020 Shirish News | By HostMero