आइतवार, माघ ४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन ३०, २०७४
0

खोटाङ, ३० फागुन  । 

जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । पन्ध्र श्यया रहेको अस्पतालमा विस्तार गरिएको विद्युत् र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो ।

अस्पतालमा विद्युत्को उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफँै जेनेरेटर भाडामा लिएर चलाइरहेका छन् । अस्पतालमा रहेको जेनेरेटर दुई महिनाअघि देखि बिग्रिएर थन्किएपछि विद्युत्को वैकल्पिक व्यवस्थाका लागि बिरामीका आफन्तले बाध्य भएर आफैँ भाडा तिरेर जेनेरेटर चलाइरहेका हुन् ।

जिल्लाको एक मात्र अस्पतालमा अहिले जडान गरिएको विद्युत्बाट बत्ती मात्र बल्ने गरेको छ भने तीन दिनदेखि बन्द रहेको खानेपानी अझै सञ्चालन भएको छैन । जिल्ला अस्पतालमा जडान गरिएको विद्युत् र खानेपानी आइतबार दिउँसो परेको असिनापानीले एकैसाथ बन्द गराएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा विस्तार गरिएको कम क्षमताको विद्युत्ले काम नगरेपछि विशेषगरी श्वासप्रश्वासका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ । “अस्पतालले कुनै व्यवस्था नगरेपछि आमाको ज्यान बचाउन आफैँले भाडा तिरेर जेनेरेटर चलाइरहेको छु”, पीडित सोल्माका सन्तोष राईले भन्नुभयो, “यसप्रति तत्काल सम्बन्धित निकायको ध्यान जानुप¥यो ।”

दुई दिनअघि देखि अस्पताल भर्ना गराएर आमाको उपचार गराई रहनुभएका राईले जेनेरेटर चलाउन लाग्ने पेट्रोलसमेत आफँैले खरिद गर्नुभएको छ । राईकी आमासँगै अस्पताल भर्ना भएर उपचार गराइरहेका अन्य बिरामीका लागि पनि उस्तै समस्या रहेको बिरामीका आफन्तले बताएका छन् ।

अस्पतालमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यालय प्रमुखलाई प्रशासनमै झिकाएर निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो । “अस्पताल भर्ना भएर उपचार गराइरहेका बिरामीका आफन्तले मसँग पटक–पटक गुनासो गरिरहेका छन्,” उहाँले भन्नुभयो, “समस्या के हो, तत्काल समाधान गर्न निर्देशन दिएको छु । लामो समयदेखि झेल्दै आएको समस्याको दीर्घकालीन समाधानकालागि स्थलगत निरीक्षण समेत गर्ने तयारी गरेका छौँ ।”

अस्पतालले झेल्नु परेको समस्या समाधानका लागि आफूले सक्दो पहल गरिरहेको अस्पतालका प्रमुख डा रामबहादुर केसीले बताउनुभयो । “विद्युत्को समस्या दीर्घकालीन रुपमा समाधान गर्न ट्रान्सफर्मर लगायतका सामग्री खरिद गरेका छौँ,” उहाँले भन्नुभयो, “प्राधिकरणले जडान नगरी दिएपछि हाम्रो केही पत्तो चलेन । खानेपानीको हकमा एकजना कर्मचारी नै खटाए पनि उचित व्यवस्था गर्न सकिएको छैन ।”

यसअघि अस्पतालमा विस्तार गरिएको विद्युत्ले दिउँसोको समयमा मात्र काम गर्ने गरेको थियो । खानेपानी भने पटक–पटक बन्द हुने हुँदा वैकल्पिकरुपमा अस्पताल नजिकै रहेको ठूलो धाराबाट लगेर उपयोग गर्ने गरिएको छ ।

मौसम परिवर्तनसँगै अहिले अस्पतालमा बिरामीको चाप पनि बढेको र विद्युत् तथा खानेपानी पर्याप्त नहुँदा झनै समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालमा विद्युत् र खानेपानी उचित मात्रामा नभएपछि कतिपय बिरामी अस्पताल नजिकै होटलमा बसेर उपचार गराइरहेका छन् ।  रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

विरोध सभामा उपस्थित जनमास हेर्दा आमनागरिक सरकारको कदम विरुध्द रहेको देखायो : कांग्रेस
राजनीति

विरोध सभामा उपस्थित जनमास हेर्दा आमनागरिक सरकारको कदम विरुध्द रहेको देखायो : कांग्रेस

संचार क्षेत्रको बिकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
प्रदेश

संचार क्षेत्रको बिकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
कला

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज प्रदेश २ सहित देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै
प्रदेश

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज प्रदेश २ सहित देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

Next Post

नगर विकासका लागि योजना बनाउँदै इलाम नपा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist