पाल्पा, ३० फागुन ।
पाल्पामा क्रियाशील पत्रकार चुरामणी न्यौपानेको उपचारका क्रममा मंगलबार साँझ मनमोहन कार्डियो लोजी काठ्माण्डौमा निधन भएको छ । तानसेन नगरपालिका स्थित मदनपोखरा निवासी न्यौपाने १ दिन अगाडी सोमबार विहान एक्कासी छाति तथा पेट दुखेर आत्तिएपछि १० बजेतिर परिवारले उनलाई लुुम्विनी मेडिकल कलेज प्रभासमा ल्याएका थिए ।
दिनभरिमा उनलाई कुनै सुधार नभएपछि साँझ ६ बजे उनलाई थप उपचारका लागि काठ्माण्डौ लगिएको थियो । उनको उपचारमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइराला नै खटिएका थिए उनका लागि आवश्यक १८ प्रिन्ट रगत समेत संकलन भइसकेको थियो । ६ घण्टा लामो शल्यक्रिया गरिएपनि उनको मुटुभित्रबाटै फुटेका कारण उनको निधन भएको बताइएको छ ।
कृषि प्राविधिककाे समेत काम गर्ने उनी सामुदायिक रेडियो मुक्तिनाथको स्थापनाकालदेखि नै रेडियोकर्मीका रुपमा कार्यरत थिए । उनी पत्रकार महासंघ पाल्पा शाखाका कार्यसमिति सदस्य तथा प्रेस चौतारी नेपालका सहसचिव पनि हुन् । उनी प्रधानमन्त्री कृषि परियाेजना जाेन कार्यालय, पाल्पाका कृषि प्राविधिकका रुपमा समेत कार्यरत थिय । सामुदायिक रेडियो मुक्तिनाथमा उनले संचालन गर्ने कार्यक्रम बुढापाकाहरुसित कुराकानीमा आधारित फर्केर हेर्दा र कृषि कार्यक्रम लोकप्रिय थियो । उनी अविवाहित हुन् । उनको शव काठ्माण्डौबाट पाल्पा ल्याइदैछ ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत धेरैले श्रद्धाञ्जली लेखेका छन् । एमाले केन्द्रीय सदस्य ठाकुर गैरे, प्रेस चौतारी पाल्पा शाखाका अध्यक्ष राजेन्द्र लिगल लगायतका पत्रकारहरु, सामाजिक अभियान्ताहरुले समेत सामाकिज सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनि प्रति खबर खुराक समूहकाे भावपूर्ण श्रदान्जली…..