मङ्लबार, माघ १३, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

उड्नुअघि यात्रुको टेलिफोन ः काठमाडौँको मौसम कस्तो छ ?

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २८, २०७४
0
उड्नुअघि यात्रुको टेलिफोन ः काठमाडौँको मौसम कस्तो छ ?

काठमाडौँ, २८ फागुन । 

‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि निर्मला बोहराको गला अवरुद्ध भयो ।

ढाकाबाट काठमाडौँ उड्नुअघिको दाइको त्यही शब्द सम्झिएर भाव विह्वल भएकी बहिनी निर्मलामा साँझ ७ः३० बजेसम्म दाइको अवस्था पत्तो नहुँदा चिन्ता र अन्योल थपियो ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमान युएस बंगलादेशमा परेका आफ्ना दाइ बैतडीका सोविन्द्रसिंह बोहराको अवस्था पत्ता लगाउन विभिन्न अस्पतालमा पुगे पनि तत्काल अवस्था पत्ता लाग्न सकेन । सिनामंगलको काठमाडौँ मेडिकल कलेज, नयाँ वानेश्वरको निजामती, माइतीघरको अन्नपूर्ण न्यूरो हुँदै थापाथलीको नर्भिक अस्पतालसम्म पुग्दा पनि दाइ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने उहाँको परिवारले थाहा पाउन सकेन ।

नर्भिकमा ल्याएका पाँच घाइतेमा पनि सोविन्द्रसिंहको नाम नदेखिएपछि प्रहरी, चिकित्सिक, सञ्चारकर्मी र सम्बन्धित सबैतिर बुझ्दै निर्मला र उहाँका आफन्त महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कुँदे, त्यहाँ सोविन्द्रसिंहलाई ल्याइएको बताइए पनि उहाँसँग तक्काल भेट्न दिइएन । सुरक्षाकर्मीले गम्भीर अवस्थामा उपचार गराइरहेको जानकारी मात्र दिए, निर्मलाको मनको ढुकढुकी झन बढ्यो । सँगै रहेका निर्मलाका श्रीमान्ले नरुन सम्झाउँदा पनि उहाँको आँशु रोकिएको थिएन ।

त्यतिबेलासम्म विमानका ७१ यात्रुमध्ये ४९ जनाको ज्यान गइसकेकोे पुष्टि भइसकेको थियो । त्यसमध्ये ११ जना नेपालीको मात्र जीवित उद्धार भएको जानकारी नागरिक उडड्यन प्राधिकरणले दिएको छ ।

विमानमै रहेका अर्का यात्रु पाटन निवासी राजभाइ शाक्यको छोरी आस्था शाक्यको पनि साँझसम्म अवस्था पत्ता लागेको छैन । राजभाइ पनि विभिन्न अस्पतालमा चाहार्न पुग्नुभयो । कुन घाइते कहाँकहाँ कतिखेर लगिएको भन्ने व्यवस्थित सूचना नहुँदा पनि परिवार र आफन्तले थप हैरानी बोहोर्नुपरेको जनाए । नर्भिक अस्पतालमा टोलाइरहेका राजभाइका साथी टेकरत्न बज्राचार्यले भन्नुभयो, “घटना सुन्नेबित्तिकै साह्रै तनाव भएर आस्थालाई खोज्न आएँ तर हालससम्म भेटिएको छैन ।” पच्चीस वर्षीया आस्था चिकित्सा शिक्षाको पढाइ सकेर स्वदेश फर्कनुभएको थियो ।

नर्भिकमा उपचारका लागि ल्याइएका पाँचमध्ये वोन ट्राभल एजेन्सी, हात्तिसारका विनोदराज पौडेलको टाउँकोमा गम्भीर चोट देखिएको छ । उहाँलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पठाइएको छ । यहाँ ल्याइएका अन्य तीन नेपालीको अवस्था सामान्य देखिन्छ भने एक बंगलादेशीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उपचाररतमध्ये कीर्तिपुर निवासी बत्तिसपुतलीका ट्राभल एजेन्टस् व्यवसायी वसन्त बोहराको हातखुट्टा र टाउँकोमा चोट लागे पनि बोल्नसक्ने अवस्थामा हुनुहुन्छ । रेम्बो ट्राभल, गैह्रीधाराका आशिष रञ्जीत र लक्ष्मी ट्राभलका सनम शाक्यको पनि खुट्टा र हातमा चोट लागेको छ । “सनमलाई सघन उपचार कक्षमा भेटेर आएँ, बोल्न सक्ने हुनुहुन्छ”, उहाँका एक आफन्तले भन्नुभयो ।

सो विमानमा बंगलादेशमा ट्राभल एजेन्टस् व्यवसायीको एक पुरस्कार वितरण कार्यक्रममा सहभागी भई फर्केका र चिकित्सा शिक्षा पढेर फर्केका अधिकांश यात्रु सवार रहेको पाइएको छ । बंगलादेशी यात्रुको विस्तृत विवरण आइसकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य
अन्य

मधेसमा जनप्रतिनिधि ,भ्रष्टाचार र नवधनाड्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर
अन्य

देशमा के भइरहेको छ’ भनेर प्रश्‍न गर्ने युवाहरूका विविध प्रश्‍न र उत्तर

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश
अन्य

धनुषामा नेकपा पार्टी परित्याग गरि सयांैको संख्यामा जसपा पार्टीमा प्रवेश

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन
अन्य

चुरोट छाडेर त हेर्नुस् ! २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी
अन्य

धनुषा : कृर्षि उपकरण वितरण भएपछि किसानहरु खुशी

Next Post
मन्त्रिपरिषद् बैठकः छ सदस्यीय जाँचबुझ आयोग गठन

मन्त्रिपरिषद् बैठकः छ सदस्यीय जाँचबुझ आयोग गठन

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist