काठमाडौं, २८ फागुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यू एस बंगलाको विमान दुर्घटना भएको छ। विमान दुर्घटनाका घाइतेहरूलाई उद्धार गर्ने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म १४ जनाको उद्धार गरी अस्पताल पठाइसकेको प्रहरी स्रोतले जनाएको छ। विमानमा २५० भन्दा बढी यात्रु रहेको हुनसक्ने प्रहरी अनुमान छ।
घटनास्थलमा जाने दमकल र एम्बुलेन्सहरूले सडकमा माइक गर्दै दौडादौड गरेको देख्न सकिन्छ। नेपाली सेना नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। थाहा खबर