सोमवार, फाल्गुन २४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

आलेख ः पृतना बन्ने भएपछि घरबार गुम्ने भयले त्रस्त भए सुकुम्बासी

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २८, २०७४
0

गौशाला, २८ फागुन  । 

बर्दिबास नगरपालिका ८ मा अवस्थित भूमिहीन सुकुम्बासीहरुको विजय बस्तीका रामबहादुर दर्लामी विगत एक महिनादेखि सुत्न पाएका छैनन् । रात÷रातभर जाग्राम बस्छन् । घरी रुने, घरी हाँस्ने मात्र हैन कति पटक घरबाटै उनी भागे । उनी बहुलाहा जस्तै भएका छन् ।
उनको यस्तो दुर्दशा किन भयो होला ? आफ्नो थातथलो र गरिखाने करीब दुई बिगाहा खेतबारी सबै गुम्ने भएकाले उनी यस्तो अवस्थामा पुगेका रहेछन् ।
त्यस्तै, सोही बस्तीका पवन कुमार विश्वकर्मा पनि घरबारसहित एक बिगाहा जग्गा गुम्ने त्रासले ननिदाएको महिना दिन पुग्यो । लाखौं लगानी गरेर बनाएको घरबार र लाखौं मूल्य पर्ने खेतबारीमा लगाइएको रुख, विरुवा, बालीनाली सबै गुम्ने भयले उनको निद्रा हराएको हो ।
त्यस्तै, सोही बस्तीका विन्देश्वर महतो पुस्तौंदेखि बस्दैआएको घर र परिवारको जीवन धान्ने खेतबारीबाट अचानक उठिबास हुनुपर्ने अवस्था अगाडि आएर विक्षिप्त जस्तै भएका छन् । उनी २४ घण्टा जस्तै बर्बराउँछन् र रोएर बस्ने गर्छन् ।
खिन्न मुद्रामा एकैपट्टि टोलाएर बस्ने भएका छन् स्थानीयवासी नर बहादुर खनाल । उनले आफ्ना बाबुबाजेले गिट्टी कुटेर, बालुवा चालेर र ज्याला मजदुरी गरेर उजाड ठाउँलाई बस्न योग्य बनाए । अहिले यही थातथलो कसैले एक झट्कामै हरण गरेको सुनेपछि उनको होश नै गुमेको छ । उनको खाने, बोल्ने र सुत्ने बानी बिथोलिएको छ ।
यी केही प्रतिनिधि पात्रहरु हुन् । यस बस्तीमा त्यस्ता पीडा बोक्ने ७०÷७५ घर परिवार छन् जसको रातको निद्रा र दिनको चयन खोसिएको छ ।
महोत्तरी जिल्लाको रातु खोलाको नदी उकास जग्गामा २०५१ सालदेखि ती भूमिहीन परिवार बस्दैआएका छन् । उनीहरुले त्यहाँका २ बिगाहा ९ कट्ठा घडेरीमा आफ्नो घरबार बनाएका छन् र त्यहीँको ६० बिगाहा जति जग्गा चर्चेर खेतीबारी गर्दैआएका छन् । तर, उनीहरुसँग दुबैको लालपूर्जा छन् ।
कसैले दुई त कसैले तीन पुस्ता यही ठाउँमा बिताइसके । उनीहरु एक आपसमा आफूले चर्चेको घर र जमिन आवश्यक परेका बेला बिना लालपूर्जा किनबेचसमेत गर्ने गर्छन् ।
यसरी वर्षौंदेखि भोगचलन र खनजोत गर्दै आएको जग्गा जमिनमा अचानक तीन महिना अगाडि पुस २० गते नेपाल सरकारले २ नं प्रदेश स्तरीय नेपाली सेनाको पृतना बनाउन अनुमति दिएको खबर सुनेर उनीहरुको होस उडेको हो ।
स्थानीय भूमिहीन सुकुम्बासीले आन्दोलन, संघर्ष र कुनै उपाय गर्दा पनि पुस्तैनी बस्दै आएका यहाँको जमिनको लालपुर्जा लिन सकेनन् । तीन महिना अघि पृतना बनाउने भनी लालपुर्जासमेत बनाएर सरकारले नेपाली सेनालाई दिएको सुनेर विजय बस्तीका भूमिहीन सुकुम्बासीहरु अचम्ममा परे ।
एक महिना अघि नेपाली सेनाको श्री २ नं युद्धकवच गणले त्यहाँ आएर विजय बस्तीले चर्चेको ६० बिगाहा र वरपरका करिव ३२६ बिगाहा जमिनमा तारबार लगाइदिए । साठी बिगाहा जग्गामा लगाइएका बाली र रुख विरुवा समेतमा अचानक बार बेरेर अबदेखि यसभित्र स्थानीय बासिन्दाको कुनै हकअधिकार नभएको जनाउ दिँदै सेनाले यसभित्र प्रवेश नगर्नू भन्ने आदेश दिए ।
यस बस्तीका बासिन्दाहरुका अनुसार ६० बिगाहा खेतीयोग्य जग्गासहित ११ जनाको घरबार पनि पृतनाको नक्साभित्र परेको छ । बाँकी रहेका घरबारको पनि लालपुर्जा आफूहरुसँग नभएकाले पूरै बस्ती नै सेनाले खोस्ने हो कि भने भयले उनीहरुलाई सताइरहेको छ ।
उनीहरुले आफ्नो थातथलो जोगाइदिन बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीलाई गुहारेका छन् । प्रमुखले माथि कुरा गर्ने र बस्ती जोगाउन पहल गरिदिने वचन दिएको उनीहरु बताउँछन् ।
त्यसैगरी, भूमिहीन सुकुम्बासीको हकअधिकारको संरक्षण गर्न र उनीहरुलाई भूमि दिलाउन सक्रिय भूमिअधिकार मञ्च जिल्ला समिति महोत्तरी पनि उनीहरुको पक्षमा उभिएको छ ।
मञ्चका केन्द्रीय सदस्य फौदसिंह स्याँग्वाले नेपाल सरकारले कुनै पनि हालतमा त्यहाँका भूमिहीन सुकुम्बासीलाई घरबारविहीन बनाउन नसक्ने र उनीहरुले वर्षौंदेखि चर्चिआएको जग्गा बिना सूचना हडप्न नपाउने बताउँछन् ।
कसैको जीविकोपार्जनको आधार र थातथलो नै खोस्ने गरी सरकारले चाल्न लागेको कदमको विरोधमा स्थानीयस्तरदेखि केन्द्रसम्म भूमिहीन सुकुम्बासीलाई लिएर आन्दोलन र संघर्षका कार्यक्रम गर्ने जानकारी पनि उनले दिए ।
सरकारले त्यस बस्तीलगायत वरपरका सम्पूर्ण भूमिहीन सुकुम्बासीका घरबार र उनीहरुले खनजोत गर्दैआएका जग्गा बराबरको जग्गा अन्यत्र उपलब्ध गराउनुपर्ने नभए स्थानीय स्तरमा चलनचल्तीमा रहेको मूल्य बराबरको मुआब्जा उपलब्ध गराउनुपर्ने माग मञ्चको छ ।
त्यस्तै, भूमिअधिकार मञ्च जिल्ला समिति महोत्तरीका संयोजक राजकुमार बस्नेतले भूमिहीन सुकुम्बासीलाई कुनै जानकारी नै नदिई, उनीहरुसँग कुनै छलफल नै नगरी उठिबास गराउने योजनाप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको बताउँदै मञ्चले भूमिहीन सुकुम्बासीहरुको हकअधिकारको लागि कुनै पनि कदम चाल्नसक्ने चेतावनी दिए ।
बर्दिवास नगरपालिकाको वडा नं ७ किसाननगर, वडा नं ८ हातिलेट, वडा नं ९ पशुपतिनगर र वडा नं १३ बिजलपुरा गरी चारवटा वडामा पर्ने रातु खोलाको नदी उकासको ३ सय २६ बिगाहा जग्गामा २ नं प्रदेश स्तरीय पृतना बनाउन सरकार लागिपरेको छ ।
यहाँ पृतना निर्माण भए बर्दिवासका चारवटै वडामा रहेका दर्जनौं घर, विजय बस्तीका ११ र गिरी टोलका ११ घर विस्थापित हुनेछन् । यहाँका भूमिहीन सुकुम्बासीहरुले आफ्नो थातथलो जोगाइदिन सरोकारवाला सबैसँग याचना गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
विमान दुर्घटना

विमान दुर्घटना

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist