शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बाँदर पीडितद्वारा पुनर्वासको माग

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २८, २०७४
0
बाँदर पीडितद्वारा पुनर्वासको माग

Rhesus family

तेह्रथुम, २८ फागुन ।

बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै जिल्लाका किसानले अन्यत्रै पुनर्वास गरिदिन माग गरेका छन् ।

वर्षेनी बाँदरले बालीनाली खाइदिएर समस्या बेहोर्दै आएका किसानले पुनर्वासको माग गरेका हुन् । बाँदरले दुःख दिएपछि समस्या लिएर जिल्ला प्रशासन कार्यालय पुग्ने किसानले अहिले गाउँगाउँमा पुगेका स्थानीय सरकारलाई बाँदरले निम्ल्याएका समस्या समाधान गर्न माग गरेका हुन् ।

तमोर तटीय क्षेत्रका गाउँ तथा ठूला जंगलका नजिकै रहेका बस्तीमा बाँदरले दुःख दिने गरेका छन् । छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका किसानले आफूहरूलाई बाँदरले वर्षेनी दुःख दिइरहेको भन्दै अन्यत्रै पुनर्वास गरिदिन स्थानीय सरकारलाई माग गरेका छन् । यता लालीगुराँस नगरपालिकाका किसानले पनि बाँदरबाट निम्तिएका समस्या सुल्झाइदिन माग गरेका छन् ।

आठराई र फेदाप गाउँपालिकामा पनि बाँदरले सताएको भन्दै किसान गाउँपालिका पुगिरहेका छन् । म्याङलुङ नगरपालिकाका केही बस्तीमा पनि यो समस्या छ । आफूहरूले लगाएको कृषिबाली बाँदरले खाएर थन्क्याउन नदिएको, भगाउन जाँदा लडेर घाइते भएको र गाउँमा खाद्यान्न संकट हुने गरेको भन्दै पीडित किसानले आफूहरूलाई व्यवस्थापन गर्नुपर्ने माग अघि सारेका हुन् ।

यी गाउँमा बाँदरको आतंककै कारण वर्षेनी बसाइँ हिँड्नेहरुको संख्यासमेत उच्च छ । बाँदर आतंकले हैरान भएर गाउँ रित्तै बन्न थालेको छथर गाउँपालिका–२, हमरजुङका किसान भीमबहादुर थापाले बताउनुभयो । “बाली लगायो, पाक्नै पाउँदैन, नलगाए घरभित्रै पसेर पनि लगिदिन्छ,” उहाँले दुःखेसो पोख्नुभयो । बाँदरको आतंकले छथर गाउँपालिकाका हमरजुङ, पञ्चकन्या र फाक्चामाराका केही बस्ती रित्तिदै गएको उहाँले बताउनुभयो ।

“बाँदरले अन्न, तरकारी र फलफूल बाली पनि बाँकी राख्दैनन्, खेदाउन जाने महिला र केटाकेटीलाई घाइते बनाइ दिन्छन्,” उहाँले भन्नुभयो । बाँदरले बाली नाली खाएर गाउँमा भोकमरीको समस्या आउन थालेको उहाँले बताउनुभयो ।

“गाउँदेखि तल सबै जंगल छ, जंगल नजिकैका गाउँमा खेती लगाउने अवस्था छ, हुने खानेले जग्गा बाँझै छाडेर पनि बसाइँ उठे, नहुने गाउँ रुँगेर बस्या छौँ,” उहाँले भन्नुभयो । गाउँमा एकै पटकमा एक हजार बढीको हुल बाँदर पस्ने गर्छन् ।

बाँदरले वर्षेनी समस्या ल्याउने गरेकाले आफूहरुलाई सरकारले पुनर्वासको व्यवस्था गर्नुपर्ने स्थानीय भक्तबहादुर कार्कीले बताउनुभयो । “बाँदरलाई तर्साएर भगाउन हतियार प्रयोग गर्न पाइँदैन, लठ्ठीले खेदाए आफैँमाथि जाइलाग्छन्, उहाँ भन्नुहुन्छ” “कि बाँदर मार्नुप¥यो, कि हामीलाई अन्यत्रै लगेर बासको व्यवस्था गर्नुप¥यो ।”

बाँदरले घरभित्र राखेको अन्न र चामलसमेत लगेर खाइदिने गरेको उहाँले बताउनुभयो । यी गाउँका बासिन्दा गत वर्ष बाँदरबाट भएका समस्या सुनाउन सदरमुकाम आएका थिए । यही समस्या लिएर गाउँपालिका पनि धाउने गरेका छन् । बाँदरले किसानका हिउँदे, बर्खे दुवै बाली नष्ट गर्ने गरेको आठराई गाउँपालिका–४ का कमल प्रसाईले बताउनुभयो ।

“बाँदरले फलाएको अन्नबाली सबै खाइदिन्छ, खेदाउन गयो, एक्लै गए त आफैँलाई मार्ला भन्ने डर,” उहाँ भन्नुहुन्छ । बाँदरले समस्या दिइरहेका गाउँमा हरेक वर्ष बाली लगाएपछि बाँदर रुङ्ने मान्छे ढुक्कै बस्नुपर्छ ।

बाँदरको समस्या हल नभए गाउँ छाडेर बसाइँ सर्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । “कि त खेतबारीमा कमाएर खाने वातावरण हुनुप¥यो, कि बाँदर धपाउनु प¥यो” हमरजुङका किसान थापा भन्नुहुन्छ, “नत्र हामीले बसाइँ सर्नुको विकल्प छैन ।”

बाँदरले बाली खाएर सताउने गरेका यहाँका गाउँमा जग्गा जमिनको कुनै मुल्य छैन । खेतीयोग्य जमिन वर्षौंदेखि बाँझै छन् । बाँदरले सताएपछि गाउँ छाडेर जाने गाउँमा भएको जमिन बाँझै छाडेर अन्यत्र बसाइँ सर्ने गरेका छन् ।

जंगलमा बस्ने, खाने बाँदरलगायत जंगली जनावर जंगलमा आहारा पाउन छाडेपछि गाउँ पस्न थालेका हुन् । बाँदरका लागि जंगलमा आहार नपाउने भएपछि गाउँ पस्न थालेको र समस्या निम्तिएको जिल्ला बन अधिकृत देवीचन्द्र पोखरेलले बताउनुभयो ।

केही बस्तीका किसानले बाँदरले सताउने गरेको समस्या लिएर आएका र समाधानका उपाय खोज्ने काम भइरहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।

“गाउँपालिकाले बाँदरलाई पनि संरक्षण गर्दै स्थानीयवासीले पनि गाउँमै बस्ने वातावरण बनाउन पहल गर्छ,” उहाँले भन्नुभयोे । बाँदर पीडित बस्तीमा बाँदरले मन नपराउने प्रकृतिका बाली लगाएर त्यहाँको समस्या हल गर्न सकिने कतिपयको तर्क छ ।

यता लालीगुराँस नगरपालिकाले भने बाँदरपीडित किसानका समस्या सुल्झाउन नगर सभाबाट बजेट विनियोजन गरेको छ । नगर क्षेत्रका बाँदर पीडित किसानका समस्या समाधान गर्न नगरपालिकाले रु पाँच लाख विनियोजन गरेको नगर प्रमुख अर्जुन माबोहाङले बताउनुभयो ।

“बाँदरले किसान सताउँछ, त्यस्तो गुनासो पटक–पटक आइरहन्छ, त्यही समस्या समाधानका लागि सहज होस् भनेर बजेटको व्यवस्था गरिएको हो,” उहाँले भन्नुभयो ।

बाँदरपीडित किसानसँग परामर्श लिई बाँदरबाट निम्तिएका समस्या समाधानका लागि योजना निर्माण गरी काम गरिने उहाँको भनाइ छ । किसानले अन्य स्थानीय सरकारको पनि बाँदरबाट भइरहेको समस्या सुल्झाउन माग गरिरहेका छन् ।

बाली लगाउनुभन्दा अगावै किसान आएर बाँदरको समस्या हल गर्न माग गरेका फेदाप गाउँपालिकाकी उपाध्यक्ष गीता थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वेलगाछीमा वर्थिग सेन्टर संचालन
प्रदेश

वेलगाछीमा वर्थिग सेन्टर संचालन

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त
प्रदेश

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला थप सामग्री
प्रदेश

महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला थप सामग्री

Next Post
न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार

न्यायाधीश चोलेन्द्रद्वारा इजलास बहिष्कार

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist