शनिबार, माघ १०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दाहालको रेकर्ड र ओली–गगन दोहोरी : प्रचण्डले भने – गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ?

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २८, २०७४
0
दाहालको रेकर्ड र ओली–गगन दोहोरी : प्रचण्डले भने – गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ?

काठमाडौँ,२८ फागुन ।

प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्।

०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। ०६२-६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन्।

ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठ वटा प्रधानमन्त्रीको समर्थक आफू बसेको स्मरण गराए। ‘१० वर्षमा १० प्रधानमन्त्री भयौं। आठ वटा प्रधानमन्त्री बनाउने प्रस्तावक मै भएछु,’ उनले भने, ‘भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ? ’ दाहालले यस्तो धारणा राख्दा संसद्मा हाँसो छाएको थियो।

कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए। सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे। स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको थापाले आरोप लगाए। वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे, ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन पैसा गनेजस्तो।’

जवाफमा ओलीले कटाक्ष गरे। कांग्रेसका युवा नेता गगनको उमेरजति आफूले लोकतन्त्रका लागि लडेको भन्दै लोकतन्त्र मास्ने कुनै पनि आशंका नगर्न आग्रह गरे। कार्यान्वयन गर्न नै चुनावी घोषणापत्र बनेको उनले बताए।,

– ‘म कुनै पनि ‘एस्क्युज’ खोज्दिनँ : ओली

– भाषण होइन, एक्सनमा जानुहोस् : दाहाल

– गुण र दोषका आधारमा समर्थन : गच्छदार

– ओलीको बोलीलाई विश्वास गरेका छौं : राजपा

– प्रदेशमा हामीलाई काँध दिनुभयो, यहाँ हामी दिन्छौं : फोरम

 आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा
पत्रपत्रिका

प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी
अन्तर्वार्ता

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी

नेकपा विभाजन : स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?
पत्रपत्रिका

नेकपा विभाजन : स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?

प्रधानमन्त्रीको सम्बोधन : अक्षमताको फेहरिस्त
पत्रपत्रिका

प्रधानमन्त्रीको सम्बोधन : अक्षमताको फेहरिस्त

Next Post
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार

भत्ताकै लागि अनुगमन गर्दै कर्मचारी, उपभोक्ता ठग्नेविरुद्ध कारबाही शून्य

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist