शुक्रबार, फाल्गुन १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन ः प्रधानमन्त्री ओली

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २७, २०७४
0
मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन ः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा हो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो ।”

देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “हामी शान्ति चाहन्छाँै, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।”

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।”

आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्दै प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेश गर्नुभयो ।

देशको सम्मान बढाउन दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुभएको स्पष्ट पार्दै उहाँले नेपालको हित र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गरेर देश र जनताप्रति प्रतिबद्धता जनाएको उल्लेख गर्दै उहाँले आफ्नो नेतृत्वको सरकार अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेही हुने र साझा चुनावी घोषणापत्रमा उल्लेख भएका विषयलाई कार्यान्वयन गरेरै छाडिने दृढ विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “म देशले सुन्ने गरी भन्न चाहन्छु हाम्रा प्रतिबद्धतामा तलमाथि हुँदैन । हामी लोकतन्त्रका लागि लडेर आएका हौँ, लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हौँ । यसमा तलमाथि हुँदैन ।”

उहाँले जनताको जीवनलाई सकारात्मक परिवर्तन गर्ने, अधिकारलाई अधिकारमात्रै होइन, उपभोग गर्ने हैसियतमा पु¥याउने, लोकतन्त्रलाई, सामाजिक–आर्थिक अधिकारसहितको लोकतन्त्र संस्थागत गर्ने, नागरिकका आस्था, विश्वास, तिनीहरुको सम्मान गर्ने विषयमा विशेष ध्यान दिने स्पष्ट पार्नुभयो ।

बहुभाषिक, बहुजातीय, विभिन्न आस्था विश्वास, समान्तवादले गरेको विभेदको अन्त्य गर्ने, विभेदरहित समाज स्थापना गर्ने, सामाजिक न्याय र समानता संविधानमा व्यवस्था गरेको भन्दै प्रधानमन्त्रीले विविधतायुक्त हाम्रो समाजलाई अगाडि बढाउने, सामाजिक एकतासहितको आर्थिक समृद्धिको मार्ग पहिल्याउने यात्रामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जनताले भनेअनुसार चल्ने राजनीतिक प्रणाली स्थापित भइसकेकाले अब कोही कसैले पनि क्रान्ति भनेर समाजलाई दुःख दिन नपाइने स्पष्ट पार्नुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरीको पिपराबाट सोमबार मध्यरातीदेखि झा दामपत्य बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।
अर्थ

औरही नगरपालिकाको साताैं नगर सभा सम्पन्न ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

आज पुनः ओली समूहको स्थायी कमिटी बैठक जारी

जनता र संविधानवादको जीत भयो : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता यादव
प्रदेश २

जनता र संविधानवादको जीत भयो : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता यादव

विद्यालयमा दुई दर्जन कम्प्युटरहरु छन् तर सिकाउने काेहि छैनन्
प्रदेश २

महोत्तरीमा २ वर्षअघि किनिएको कम्प्युटर अझै प्रयोगमा आएनन्, स्टोररुमा थन्किँदा कवाडी बन्दै विद्यालयका कम्प्युटर

अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा महोत्तरीको औरही नगरपालिकामा दीप प्रज्वलन
प्रदेश

अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा महोत्तरीको औरही नगरपालिकामा दीप प्रज्वलन

Next Post
अपाङ्गका उत्थानका लागि विशेष महत्व दिइनेः मुख्यमन्त्री राउत

अपाङ्गका उत्थानका लागि विशेष महत्व दिइनेः मुख्यमन्त्री राउत

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist