शुक्रबार, माघ ९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

गोकुलेश्वर विमानस्थल चौबीस वर्षदेखि बन्द

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २७, २०७४
0
गोकुलेश्वर विमानस्थल चौबीस वर्षदेखि बन्द

दार्चुला, २७ फागुन । 

गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् ।

विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् ।

दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन ।

रातिराति टिकट काटिन्थ्यो

त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को टुइनेटर विमानले साप्ताहिक रुपमा यहाँबाट महेन्द्रनगर हुँदै नेपालगञ्जको उडान भर्दथ्यो । “सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातिराति लाइन बसेर टिकट लिनुपथ्र्याे,” गोकुलेश्वरका बासिन्दा मानबहादुर भण्डारीले भन्नुभयो ।

आरएनएसीसँग थप विमान नभएकाले त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान सञ्चालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने थियो भन्नुहुन्छ । विसं २०५० देखि विमान सञ्चालन बन्द भयो ।

विसं २०५५ मा दुईजना नायब सुब्बालाई कर्मचारीका रुपमा खटाइयो । नायब सुब्बा गणेश सिंह र भीमदत्त पन्तले २०६० सालसम्म यहाँ काम गर्नुभयो । पछि द्वन्द्वका कारण उनीहरुले अन्तै सरुवा मिलाए ।

पर्यटन र व्यापारमा घाटा

अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ ।

विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरु यहाँ आउन मान्दैनन् । “हवाई उडान शुरु भए यी सबै समस्या समाधान भएर जान्छन्,” सहायक वन अधिकृत अमरसिंह धामीले भन्नुभयो ।

टिकटका लागि राति लाइनमा लाग्नुपर्ने बेला सम्झिदै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना अहिले त दिनमै दुई दुई विमानले उडान भर्न मिल्ने यात्रु पाउने अवस्था रहेको बताउनुहुन्छ । जडीबुटी व्यापार गर्न निकै सहज हुने उहाँको भनाइ छ ।

विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको उक्त विमानस्थल सञ्चालन गर्न दक्षिणतर्फ रहेका घर तथा चमेलिया नदीमाथि बनेको पुल बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्ट उक्त समस्यालाई समाधान गर्न सकिने बताउनुहुन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भारतबाट अवैधरुपमा भित्र्याइएका ब्रोइलर कुखुरा नष्ट
प्रदेश २

भारतबाट अवैधरुपमा भित्र्याइएका ब्रोइलर कुखुरा नष्ट

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

खोप आइपुग्यो, १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा  ६२ करोड लाग्‍ने
राष्ट्रिय

खोप आइपुग्यो, १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा ६२ करोड लाग्‍ने

प्रतिनिधि सभा विघटनको विरोधमा जनकपुरमा प्रचण्ड-माधव समूहको प्रदर्शन (फोटो फिचर)
राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा जनप्रदर्शन गर्दै

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
अर्थ

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह
राष्ट्रिय

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

Next Post
पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ ः मुख्यमन्त्री भट्ट

पीडित युवतीको उपचार खर्च सरकारले व्यहोर्छ ः मुख्यमन्त्री भट्ट

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist