बिहिबार, फाल्गुन २०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २७, २०७४
0
बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

चितवन, २७ फागुन । 

भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ ।

सरकारले आव २०७१÷७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो । पञ्चवर्षीय योजना अन्तर्गत काम गर्नका लागि निर्धारण गरिएको बजेट निकासा नहुँदा समस्या भएको हो ।

कार्यालयका प्रमुख खेमबहादुर पाठककाअनुसार आव २०७१÷७२ मा रु ८४ करोड ८५ लाखको योजना स्वीकृत भएको थियो । सो पश्चात् समयमा बजेट निकासा नहुँदा पुनः रु एक अर्ब ४७ करोडको लागत इस्टिमेट गरी विभागमा पठाइएको छ ।

आव २०७२÷७३ मा रु चार करोड, आव २०७३÷७४ मा रु आठ करोड तथा आव २०७४÷७५ मा रु ६ करोड ५० लाख मात्रै बजेट प्राप्त भएको पाठकले बताउनुभयो । निर्धारित समयमा काम सक्नका लागि कम्तीमा एक आर्थिक वर्षमा रु २० करोड हाराहारी बजेट निकासा हुनुपर्नेमा त्यसो हुननसक्दा मूल्यवृद्धिका कारण आयोजनाको लागत निकै बढेको उहाँले बताउनुभयो ।

लागत बढेसँगै समयमै काम सम्पन्न गर्न एक आर्थिक वर्षमा कम्तीमा रु ३५ करोड आवश्यकपर्ने देखिएको पाठकले बताउनुभयो । लागत इस्टिमेट गरिएको बजेटमध्ये रु ६० करोड चारवटा पम्प खरिदका लागि मात्रै खर्च गर्ने योजना रहेको छ । पम्प स्थापना हुँदा २०४० सालमा जडान गरिएका चारवटै पम्प जीर्ण अवस्थामा छन् । हाल रहेका दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने रहेको छ ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सबै पम्प घिटिघिटी अवस्थामा सञ्चालनमा रहेकाले परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभयो । मर्मतका लागि मात्रै वार्षिक रु ७० लाखभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ । नारायणी लिफ्ट र खगेरी सिँचाइका मुख्य नहर पक्की बनाउन बजेट प्रस्ताव गरिएको हो ।

हालसम्म ४ दशमलव ५ किलोमिटर नहर पक्की बनाउने काम मात्रै भएको छ । रानाभाटकाअनुसार नहरमा स्याल, गोहोरा जस्ता जनावरले प्वाल पार्ने, त्यही प्वालमा पानी पसेपछि ठूलो प्वाल परेर नहर भत्किएर जनधनको क्षति बनाउनसक्ने, मानिसले अतिक्रमण गर्नेलगायत समस्याका कारण नहर पक्की बनाउनुपर्ने अवस्था छ ।

कार्यालयका सूचना अधिकारी भरतबहादुर थापाकाअनुसार नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । पछिल्लो समय नहर अतिक्रमणका कारण तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदैआएको छ । वृहत् योजना अन्तर्गत काम हुन लागेको खगेरी नहरले तीन हजार ९०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । नारायणी लिफ्टले ३७ हजार ४४ घरधुरी तथा खगेरी सिँचाइबाट १६ हजार घरधुरी लाभान्वित छन् ।

नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १० किलोमिटर लामो छ । सी वान एल नहरको १५ किलोमिटर क्षेत्र पूरै अतिक्रमणमा परेर बन्द छ । अतिक्रमण भएका क्षेत्रमा सिँचाइ गर्न २५ वटा डिप बोरिङ प्रस्ताव गरिएको छ । खगेरीको मूल नहर २५ किलोमिटर लामो छ ।  रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)
अर्थ

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह
राजनीति

नेकपा दाहाल-नेपाल समूहले संसदीय दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको संघीय संसद् सचिवालयलाई जानकारी

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति, विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
राजनीति

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति, विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै
प्रदेश

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

आमाले गाली गरेको झोकमा विष सेवन गर्दा दुई किशोरीको मृत्यु
प्रदेश

महोत्तरीमा एक मजदुर मृत अवस्थामा फेला

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा
प्रदेश

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा

Next Post
माछापालनबाट मनग्य आम्दानी

माछापालनबाट मनग्य आम्दानी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist