काठमाडौँ, २६ फागुन ।
आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४ रन बनायो ।
नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए ।
त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।
अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रासिद खानले तीन विकेट लिए ।
अहिले जवाफी व्याटिङमा उत्रेको अफगानिस्तानले राम्रो सुरुवात गरेको छ ।
यो समाचार तयार पार्दा अफगानिस्तानले २० ओभरमा एक विकेट गुमाउँदै ८६ रन जोडेको छ ।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपालले अर्को खेल आगामी सोमबार हङकङसँग खेल्नेछ । रासस
शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184
© 2020 Shirish News | By HostMero