आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २५, २०७४
0
बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

कपिलवस्तु २५ फागुन । 

पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्ध (क्रकुछन्द र कनकमुनि) को जन्मस्थलको चर्चा र महिमा अझैसम्म ओझेलमा परेको छ ।

इशापूर्व छैठांै शताब्दीमा शान्तिका दूत भगवान गौतम बुद्धको जन्म भएको थियो । बौद्ध साहित्यमा विश्वमा जम्मा २८ वटा बुद्धमध्ये तीन बुद्धको जन्म नेपालमा भएको विश्वास गरिन्छ । पहिलो क्रकुछन्द बुद्धको गोटिहवा, कनकमुनि बुद्धको निग्लिहवा र शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । लुम्बिनीको जस्तो प्रचारप्रसार हुन नसकेका कारण अन्य बुद्धका पवित्र जन्मस्थलमा पर्यटक कम पुग्ने गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत बताउनुहुन्छ ।

बौद्ध साहित्यमा उल्लेख भएअनुसार अहिलेको महाभद्रकल्पमा पाँचवटा बुद्ध रहेका थिए । तीमध्ये पहिलो क्रकुछन्द, दोस्रो कनकमुनि तेस्रो काश्यप (भारतको बनारस), चौंथो शाक्यमुनि बुद्ध लुम्बिनी र भविष्यमा पूरा हुने महाभद्रकालमा पाँचांै मैत्रयनाथ बुद्ध आउने विश्वास गरिएको छ ।

स्थानीय पथप्रदर्शक राज जैसवालका अनुसार आवश्यक प्रचारको अभावले लुम्बिनीको तुलनामा दुई बुद्ध ओझेलमा परेका छन् । त्यहाँ पर्यटक कमै मात्रामा पुग्छन् । शाक्यमुनिले जस्तो अन्यले ज्ञान प्राप्त गरेर पनि ज्ञान नबाँढेकाले प्रचारमा नआएको जैसवालको भनाइ छ । शाक्यमुनिले २९ वर्षको उमेरमा तिलौराकोटबाट निस्केर भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो र कुशीनगरमा देहत्याग भएको थियो ।

लुम्बिनीमा पर्यटक बढाउन भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ । सरकारले लुम्बिनीमा वार्षिक १० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिएको छ ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इं लुम्बिनीमा सरसफाइ तथा सूचना व्यवस्थापन प्रभावकारी नहुँदा अपेक्षित पर्यटक पुग्न नसकेको बताउनुहुन्छ ।

कोषको विवरणअनुसार सन् २०१७ मा स्वदेशी तथा विदेशी गरी लुम्बिनीमा १६ लाख पर्यटकले भ्रमण गरेका थिए । जसमध्ये एक लाख ४५ हजारको हाराहारीमा विदेशी पर्यटक छन्, भने बाँकी नेपाली हुन् । सन् २०१४ मा १५ लाख लुम्बिनी पुगेका थिए । लुम्बिनीमा श्रीलंका, चीन, म्यानमार, बर्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस्, भियतनामलगायत देशबाट बढी पर्यटक आउने गर्छन् ।

पर्यटकको बसाइँ लम्ब्याउन बुद्ध परिपथ अभियान

औसत पर्यटक लुम्बिनी र केही तिलौराकोटको भ्रमण गरेर मात्र फर्कने गर्दछन् । उत्तिकै महत्वको गोटिहवा, निग्लिहवा, रामग्रामलगायत क्षेत्र चर्चामा छैनन् । तीनै पवित्र स्थलको समान प्रचार गर्ने र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) का अभियन्ता विक्रम पाँडे ‘काजी’ ले बुद्धिस्ट सर्किट अभियान शुरु गर्नुभएको छ ।

पर्यटन व्यवसायी पाँडेका अनुसार दुई सर्किट आन्तरिक र अन्तरदेशीय छन् । पहिलो लुम्बिनीबाट कुदान, गोटिहवा, बुद्धगंगा (वाणगंगा), कपिलवस्तु किल्ला, तिलौराकोट दरबारको पश्चिम द्वार, बुद्ध दरबारबाट निस्केको पूर्वी द्वार, मायादेवी सुत्केरी भएको बाटो, निग्लिहवा, कनकमुनि बुद्धको मातृभूमि अरोराकोट र रामग्राथ तथा काठमाडौँको स्वयम्भू, बौद्धनाथ र काभ्रेको नवबुद्धसम्मको रहेको छ ।

त्यस्तै दोस्रो सर्किटमा लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगरसम्मको हुनेछ । आन्तरिक सर्किटबारे जानकारी गराउन हालै स्वदेशी तथा विदेशी मिडियाका पत्रकारलाई स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।

कपिलवस्तु नगरपालिकाले पनि स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण शुरु गरेको छ । नगर प्रमुख किरण सिंहले पहिलो चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निग्लिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्चालन गरिने बताउनुभयो ।

ओझेलमा परेको गोटिहवा (क्रकुछन्द बुद्ध)

शाक्यमुनि गौतमवुद्धको जन्मस्थल लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्ध प्राप्ति गरेपश्चात पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।

कुदान (प्राचीन निग्रोधारामा)

कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि तीनसय भिक्षुका साथ आएर उपदेश दिनुभएको थियो । यस पवित्र धार्मिक स्थलमा हाल तीनवटा स्तुप, एक पोखरी र एक इनार रहेका छन् ।

निग्लिहवा (कनकमुनि बुद्ध)

कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । जहाँ सम्राट अशोकले शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ ।
तिलौराकोट

तौलिहवाबाट तीन किमीको यात्रापछि तिलौराकोट पुगिन्छ । तिलौराकोट दरबारको भग्नावशेष छ । यहाँ विगत छ वर्षदेखि विभिन्न अनुसन्धान तथा उत्खननको कार्य भइरहेको छ । कोषका सदस्य–सचिव बस्नेतका अनुसार अहिले कपिलवस्तुमा उत्खननको कार्य सञ्चालन भइरहेको छ । तिलौराकोट, रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले युनेस्कोलाई प्रस्ताव गरेको कोषले जनाएको छ ।

लुम्बिनी

एक हजार १५५ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनीभित्रका सातवटा गाउँलाई तत्कालीन राज वीरेन्द्रका पालामा सरकारले परिवारलाई मुआब्जा दिएर एउटै क्षेत्र बनाएको थियो । सन् १९६७ मा एक जापानी नागरिक केन्जो टाँगेले गुरुयोजना तयार पारी तीनवटा क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले बुद्धको आकर्षक स्तुप बनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मुख्यमन्त्री राउतद्वारा लक्ष्मीनारायण विष्णु महायज्ञको शुभारम्भ
धर्म संस्कृति

मुख्यमन्त्री राउतद्वारा लक्ष्मीनारायण विष्णु महायज्ञको शुभारम्भ

महोत्तरी : सम्सीका मूर्तिकार सरस्वती माता को मूर्तिमा रङ लगाउदै (फोटो फिचर)
धर्म संस्कृति

आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरिँदै।

मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन व्यस्त
कला

मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन व्यस्त

महोत्तरी सम्सी गाउपलिका गैढा भेटपुर निवासी ५५ वर्षिय मुर्तिकार मिथिला बिहारी पण्डित सरस्वतीको मुर्तिमा रङ लगाउदै । तस्बिर:-धर्वेन्द्र कुमार यादव (यदुवंशी),सम्सी बजार/शिरीष न्युज।
कला

महोत्तरी : सम्सीका मूर्तिकार सरस्वती माता को मूर्तिमा रङ लगाउदै (फोटो फिचर)

धनुषाधाम मेलाको चौथो मकर , दशनार्थीको भीड
धर्म संस्कृति

धनुषाधाम मेलाको चौथो मकर , दशनार्थीको भीड

औरहीमा बिशाल कलश यात्रा संगै नौ दिने रामनाम जप महायज्ञ शुरु (फोटो फिचर/भिडियो सहित)
धर्म संस्कृति

औरहीमा बिशाल कलश यात्रा संगै नौ दिने रामनाम जप महायज्ञ शुरु (फोटो फिचर/भिडियो सहित)

Next Post
कस्तो छ कपिल शर्माको नयाँ शो ?

कस्तो छ कपिल शर्माको नयाँ शो ?

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist