सोमवार, फाल्गुन २४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

कर्मचारीलाई १२१ प्रतिशतसम्म भत्ता

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २५, २०७४
0
विवाह खर्च कटाएर विद्यालयलाई दुई लाख

काठमाडौँ, २५ फागुन । 

कार्यालयबाट नियमित सम्पादित हुनेभन्दा बढी काम गराउन सरकारले करिब दश हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । थोरै कर्मचारीबाट धेरै काम लिने र काम गरेबापत कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले चालू आर्थिक वर्षमा मात्र प्रोत्साहन भत्ताको नाममा करिब २० करोड खर्च गर्दै छ ।

तर, त्यस्तो भत्ता खाने कार्यालयको कार्यसम्पादन भने उत्साहजनक छैन । अर्थ मन्त्रालयका कर्मचारी प्रोत्साहन भत्ता खाने कर्मचारीको काम उदाहरणीय नभएको बताउँछन् ।

सरकारले पछिल्लो समय प्रोत्साहन भत्ता कामको चाप हुने कार्यालयलाई भन्दा पहुँचवाला कार्यालयका कर्मचारीलाई दिने गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयबाट सरकारले २० वटा कार्यालयलाई ५० देखि सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिँदै आएको छ । तर, ती कार्यालयको उपलब्धि भने सन्तोषजनक नभएको तथ्यांकले देखाएको छ ।

प्रोत्साहन भत्ता खाइरहेका कार्यालयको प्रगति सन्तोषजनक नभएका वेला थप चार कार्यालयले शतप्रतिशत प्रोत्साहन भत्ता माग गरिरहेका छन् । अद्यागमन विभाग, महालेखापरीक्षकको कार्यालय, भन्सार कार्यालय र राजस्व कार्यालयका कर्मचारीले शतप्रतिशत प्रोत्साहन भत्ता माग गरेका छन् ।

शेरबहादुर देउवानेतृत्वको सरकारकै पालामा उक्त प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भइसकेको छ । तर, निर्णय भइसकेको छैन ।

अर्थ मन्त्रालयका राजस्वसचिव शिशिर ढुंगानाका अनुसार राजस्व समूहका कर्मचारीले केही वर्षदेखि लगातार कार्यप्रगतिका आधारमा प्रोत्साहन भत्ता खाने गरेकाले ५० प्रतिशत भत्ता पाउने निश्चित रहेको बताए । तर, राजस्व समूहबाट शतप्रतिशत भत्ताको माग गरिएको छ ।

नियमित तलब सुविधाबाहेक भत्ता खाने सरकारी कार्यालयमा निर्वाचन आयोग र लोकसेवा आयोग पनि छन् ।

निर्वाचन आयोग आफैँले निर्णय गरेर निर्वाचनको समयमा १ सय २१ प्रतिशतसम्म भत्ता दिएको छ । चालू आर्थिक वर्ष निर्वाचन आयोगका कर्मचारीले दैनिक १ सय २१ प्रतिशत भत्ता खाँदै आएका छन् ।

आयोगका उपसचिव सूर्यप्रसाद रेग्मीका अनुसार निर्वाचन आयोगका कर्मचारी र पदाधिकारीले चैतको दोस्रो सातासम्म दैनिक १ सय २१ प्रतिशत भत्ता खानेछन् ।

यस्तै लोकसेवा आयोगका पदाधिकारी र कर्मचारीले पनि नियमित तलबभन्दा अतिरिक्त भत्ता लिने गरेका छन् ।

त्यहाँ कार्यरत कर्मचारीले फाइल रुजु गरेको, दर्ता गरेको, फाइल बोकेको, टिप्पणी उठाएको, जवाफ लेखेको र राय दिएकै आधारमा अतिरिक्त भत्ता खाँदै आएका छन् ।

उनीहरूले कार्यालय समयभित्र सम्पादन गरेको नियमित कामको पनि भत्ता खाने गरेका छन् । यसको अतिरिक्त परीक्षा र आयोगको मिटिङको पनि अतिरिक्त भत्ता हुन्छ । लोकसेवाका कर्मचारीले हाजिर गरेबापत तलब र काम गरेबापत भत्ता बुझ्दै आएको देखिन्छ ।

अर्थ मन्त्रालयका अनुसार कर्मचारीलाई प्रोत्साहन भत्ता वितरणको सुरुवात पूर्वअर्थमन्त्री बाबुराम भट्टराईको पालाबाट भएको हो ।

उनले आफ्नो कार्यकालमा राजस्व संकलनको लक्ष्य तोकेर लक्ष्य हासिल गर्दा कर्मचारीलाई सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेका थिए । त्यसो गर्दा लक्ष्य हासिल भएको र कर्मचारी पनि उत्साहित बनेका थिए ।

अर्थ मन्त्रालयका अधिकारी भन्छन्, ‘त्यसबाट कर्मचारीलाई प्रोत्साहन भत्ता दिएर कामको लक्ष्य तोक्दा उपलब्धि हासिल हुन्छ भन्ने देखियो । र अन्य कार्यालयमा पनि प्रोत्साहन भत्ता दिन थालियो ।’ राजस्वसचिव शिशिर ढुंगाना प्रोत्साहन भत्ता वितरणले कामको गुणस्तरमा वृद्धि भएको बताउँछन् ।

तर, प्रोत्साहन भत्ता दिने आधार परिवर्तन भएका छन् । सरकारले अहिले २० वटा विषयगत कार्यालयका करिब दश हजार कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ ।

त्यसरी भत्ता खानका लागि कार्यालयले मापदण्ड बनाएका छन् । लक्ष्य तोकेर उपलब्धि हासिल गरेपछि प्रोत्साहन भत्ता खाने सुरुवाती अभ्यासलाई लत्याउँदै कार्यालय समयभन्दा एक घन्टाअघि आएको, नियमित पोसाक लगाएको, नियमित कार्यालय समयभन्दा एक घन्टा ढिलो घर फर्किएकै आधारमा पनि कर्मचारीलाई भत्ता दिन थालिएको छ ।

क–कसले खान्छन् प्रोत्साहन भत्ता ? 
सरकारले प्रोत्साहन भत्ता खान स्वीकृति दिएको कार्यालयको कार्यालय सहयोगीदेखि सचिवसम्मले सुविधा पाउँछन् ।

मुख्यसचिव लोकदर्शन रेग्मीले समेत दैनिक ५० प्रतिशत प्रोत्साहन भत्ता खाने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारले कामको परिणामका आधारमा भन्दा कर्मचारीले कार्यालयमा समय बिताएका आधारमा भत्ता दिन थालेको छ। प्रधानमन्त्री कार्यालयकै एक सचिव भन्छन्, ‘बिहान ९ बजे हाजिर गरेर दिनभर व्यक्तिगत काममा हिँड्ने र साँझ ६ बजे पुनः हाजिर गर्ने कर्मचारीले पनि ५० प्रतिशत प्रोत्साहन भत्ता लिने गरेका छन् ।’ नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी
अर्थ

प्रदेश २ : भत्ता नपाएपछि ज्येष्ठ नागरिकले गरे औरही गाउँपालिकामा ताला तालाबन्दी

मेरो टोलको बरमझियाको पेडा र कम्युनिस्ट दोकान
पत्रपत्रिका

मेरो टोलको बरमझियाको पेडा र कम्युनिस्ट दोकान

बटेश्वर गाउँपालिका अध्यक्ष अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?
अर्थ

प्रदेश २ : बटेश्वर गाउँपालिका अध्यक्ष राउत अझै पक्राउ पर्न सकेनन्

मुख्यमंत्रीज्यू, आफ्ना मित्र उद्योगपति चौधरीसँग सहकार्य गर्नुहोस्
अर्थ

मुख्यमंत्रीज्यू, आफ्ना मित्र उद्योगपति चौधरीसँग सहकार्य गर्नुहोस्

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)
अर्थ

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

Next Post
महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist