शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २४, २०७४
0
अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

खोटाङ, २४ फागुन  । 

पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् ।

अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका दुई जिल्लामा करिब हप्ता दिनसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् आपूर्ति खुलाउन प्राधिकरणले प्राविधिक टोली तत्कालै पठाए पनि उनीहरु विभिन्न बहानामा फोन सम्पर्क नहुने ठाउँ गएर बस्ने गरेका छन् ।

दिक्तेलस्थित कार्यालयबाट खटिएका प्राविधिक टोली भत्ताको लोभमा विद्युत् आपूर्ति खुलाउन नचाहने स्रोतको दाबी छ । “कार्यालयबाट आउने प्रविधिज्ञ मासु र रक्सी खाएर बस्छन्,” नाम नभन्ने शर्तमा एक उपभोक्ताले भने, “उनीहरु गाउँमा आएर मोजमस्ती गर्दै बसेपछि अवरुद्ध विद्युत् कसरी खुल्छ ?” दिक्तेल–गाईघाट प्रसारण लाइन लामो दूरी भएकै कारण पटकपटक समस्या आउने गरेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख नारायणप्रसाद चौधरीले बताउनुभयो । “मौसाममा खराबी आउनासाथ ठाउँ ठाउँमा विद्युत् अवरुद्ध हुने गरेको छ,” उहाँले भन्नुभयो, “पटकपटकको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न लागिपरेको छु ।”

जिल्लामा अलि बढी पानी पर्दा, हुँडरी चल्दा र बाढी तथा पहिरो आउँदा विद्युत् अवरुद्ध हुने गरेको छ । वर्षात्को समयमा अवरुद्ध भएको विद्युत् आपूर्ति खुलाउन करिब हप्ता दिन लाग्ने गरेको छ । खोटाङ र ओखलढुंगामा विस्तार गरिएको ३३ केभी विद्युत् प्रसारण लाइनको स्तरोन्नति नगरिएसम्म समस्या रहिरहने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “पुरानो संरचनामै क्षमता विस्तार गरिएको छ,” उहाँले भन्नुभयो, “यसप्रति समयमै ध्यान नदिइए ठूलो दुर्घटना हुने सम्भावना छ ।” कमजोर संरचना भएकै कारण अवरुद्ध विद्युत् लाइन मर्मत गर्ने क्रममा खोटाङमा मात्रै अहिलेसम्म आधा दर्जनभन्दा बढी प्रविधिज्ञको ज्यान गइसकेको छ । धेरै प्रविधिज्ञ अंगभंग भएर बसेका छन् ।

वर्षात्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर रहेको झाडी फाँड्ने गरिएको छ । जंगलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सबस्टेशनमा जोडिएको विद्युत् दुई जिल्लामा विस्तार गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको साबिकको ४१ गाविसमा तथा एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाको सदरमुकाममा मात्र केन्द्रीय लाइनको विस्तार भएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् अहिलेसम्म सबै पालिकामा विस्तार हुन सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव
प्रदेश

अझै पनि रेडियो नै प्रभावकारी सञ्चार माध्यम हो : मन्त्री यादव

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’
प्रदेश

जनकपुर साहित्य महोत्सव: ‘संरचनागत विभेदको सिकार मधेस’

कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- ‘सरकारमा गए आफ्नै नेतृत्वमा’
राजनीति

कांग्रेस संसदीय दल बैठक : सांसदहरूको सुझाव- ‘सरकारमा गए आफ्नै नेतृत्वमा’

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रदेश

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

वेलगाछीमा वर्थिग सेन्टर संचालन
प्रदेश

वेलगाछीमा वर्थिग सेन्टर संचालन

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त
प्रदेश

प्राथामिक स्वास्थ्य केन्द्र गौशालालाई क्षयरोग जाँच्ने अत्याधुनिक उपकरण जिन स्पोट प्राप्त

Next Post
नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने ः सभापति देउवा

नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने ः सभापति देउवा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist