आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेपाल आज स्कटल्याण्डविरुद्ध मैदान उत्रदै, ‘हेड टु हेड’मा स्कटल्याण्ड अघि

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २४, २०७४
0
विश्वकप क्रिकेट छनोट ः नेपालले स्कटल्याण्डको सामना गर्ने

काठमाडौं, २४ फागुन ।

आईसीसी विश्वकप छनोट खेलमा नेपालले आज (बिहीबार) स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । सुपर सिक्समा पुग्ने लक्ष्य लिएको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको  मैदानमा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः१५ मा सुरू हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नेपालको तुलनामा स्कटल्याण्ड बलियो टोली हो । तर, नेपाल स्कटल्याण्डलाई हराउँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्ने योजनाका साथ मैदान उत्रने छ । पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग पराजित नेपाल स्कटल्याण्डविरुद्ध पहिलो जितको खोजीमा समेत हुनेछ ।

आईसीसी डिभिजन टु को उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको नेपाललाई स्कटल्याण्डमाथि जित निकाल्न कठिन भने देखिन्छ ।  किनकी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट छनोट भएको स्कटल्याण्ड जारी प्रतियोगितामा निकै लयमा समेत रहेको छ ।

विश्वकप छनोटको समूह बी मा रहेको स्कटल्याण्डले लगातार दुई खेल जितिसकेको छ । समूह बि शीर्ष स्थानको स्कटल्याण्डले पहिलो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा हङकङमाथि ४ विकेटको जित निकाल्दै स्कटल्याण्डले दाबेदार प्रस्तुत गरिसकेको छ । नेपाल भने आफ्नो पहिलो खेलमा टेष्ट  राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । नेपाल समूह बिको पुछारमा रहेको छ ।

पछिल्लो समयको नतिजा हेर्ने हो भने नेपालभन्दा स्कटल्याण्ड निकै अब्बल रहदै आएको छ । इतिहास हेर्दा नेपाललाई निकै गार्हो देखिन्छ । स्कटल्याण्डसँग नेपालले ३ खेल खेलेको छ, जसमा सबै खेल स्कटल्याण्डले आफ्नो पक्षमा पारेको छ । यस्तो अवस्थामा स्कटल्याण्ड इतिहासलाई कायम राख्न चाहन्छ भने नेपाल पुरानो इतिहासलाई मेटाउने योजनामा हुनेछ ।

नेपालले सन् २०१४ को विश्वकप छनोटमा स्कटल्याण्डसँग पहिलो पटक खेलको थियो । जुन खेलमा स्कटल्याण्डले नेपाललाई ९० रनले हराएको थियो । यस्तै सन् २०१५ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग २ खेलमा हारेको थियो । च्याम्पियनसिप अन्तर्गत नेपाललाई स्कटल्याण्डले पहिलो खेलमा ३ रन तथा दोस्रो खेलमा ९ विकेटले हराएको थियो ।

नेपालले स्कटल्याण्डपछि अफगानिस्तान र हङकङसँग खेल्नेछ ।  नेपालले तेस्रो खेलमा अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ । पाँच राष्ट्र सम्मलित समूह बी को शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् ।

नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्ने छ ।  यस्तै सुपर सिक्समा पुग्ने टोलीले एकदिवसीय अन्तर्रा्िष्ट्रय मान्यता पाउने छ । सुपर सिक्सभित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता
खेलकुद

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता

 Aggression / CALM🙂🙂
English

 Aggression / CALM🙂🙂

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता  २०७७ शुभारम्भ (फोटो फिचर सहित)
खेलकुद

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता २०७७ शुभारम्भ (फोटो फिचर सहित)

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)
English

Development of Sports in Rural Madhes – Bhangha Municipality

मिथिला नगरपालिकाकाे ढल्केवरमा १ करोड २५ लाख को लागतमा कभर्ड हल निर्माण
खेलकुद

मिथिला नगरपालिकाकाे ढल्केवरमा १ करोड २५ लाख को लागतमा कभर्ड हल निर्माण

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)
खेलकुद

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा (फोटो फिचर)

Next Post
सञ्चार कर्मचारीमाथि अज्ञात समूहद्वारा कुटपिट

सञ्चार कर्मचारीमाथि अज्ञात समूहद्वारा कुटपिट

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist