काठमाडौं, २३ फागुन ।
उप-राष्ट्रपतीमा फेरि नन्दबहादुर पुन पासाङ् सर्वसम्मत सिफारिस भएका छन् । माअाेवादी केन्द्रले पुनलार्इ सर्वसम्मत सिफारिस गरेकाे हाे ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहोर्याउने निर्णय भएकाे हाे ।
‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीमा उपराष्ट्रपति दोहोर्याउने निर्णय भएकाे छ,’ नेता जनार्दन शर्माले भने, ‘उपराष्ट्रपतिले विगतमा गरेको योगदानको मूल्यांकनलाई पनि ध्यान दिई कायमै राख्नुपर्छ भनिएकाे हाे । ’
छोटो कार्यकाल भएकाले धेरै समय जिम्मेवारीमा नरहेको र राष्ट्रलाई पनि व्ययभार बढ्न सक्ने भन्दै पुनलाई नै दोहाेर्यार्इएकाे हाे ।