शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पाकिस्तानी प्रधानमन्त्रीअब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ, परिस्थिति बन्दैछ

Bhushan Gautam by Bhushan Gautam
फाल्गुन २२, २०७४
0
प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भए यस्ता छलफल

काठमाडौं, २२ फागुन ।

नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो ।

दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा माग्दै उनले करिब १० मिनेट भ्रमणका बारेमा र बाँकी दश मिनेट प्रश्नोत्तरमा खर्चिए ।

प्रधानमन्त्री अब्बासीले पटकपटक राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढ गर्न सफल भएको भन्दै नेपाली नेतृत्वको तारिफ गरे । उनले भारत र पाकिस्तानको तनाबबीच रोकिएको सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमै हुने र सहज परिस्थिति बन्ने विश्वास पनि व्यक्त गरे ।

नेपालले यसका लागि प्रयास गरोस् भन्ने अपेक्षा पनि घुमाउरो ढंगले सुनाए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा। युवराज खतिवडाले स्वागत गरेका उनलाई सैनिक मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरे ।

उनले सैनिक सलामीपछि होटल याक एन्ड यतिमा नेपाली प्रतिनिधिमण्डलसँग औपचारिक तथा प्रधानमन्त्री ओलीसँग करिब दश मिनेट एकान्त वार्ता गरेका थिए ।

अब्बासीले मंगलबार बिहान सार्क सचिवालयमा रुख रोप्ने, त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर ११ बजे पाकिस्तान हवाई सेनाको जहाजमा स्वदेश फर्किने कार्यक्रम छ ।

बधाई दिन आएँ, खुसी छु
नेपाल राजनीतिक स्थायित्ववतर्फ गएकोमा म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई बधाई दिन आएको हुँ । यो मेरो प्रमुख एजेन्डा थियो । म पहिले नेपाल आए पनि यो मेरो पहिलो राजनीतिक भ्रमण हो । धेरै सकारात्मक राजनीतिक विकासक्रम देखेर म खुसी भएको छु ।

म नेपालका बारेमा आशावादी छु । राजनीतिक प्रगति साँच्चै सकारात्मक रूपमा अघिबढेको छ । राजनीतिक स्थायित्व र लोकतन्त्र नै यसमा सबैभन्दा महत्वपूर्ण विषय रहेछ । व्यक्तिगत रूपमा खुसी छु कि यहाँ लोकतन्त्र संस्थागत हुँदैछ । धेरै विषयहरू समाधान भइरहेका छन्, हुँदैछन् । छोटो समयमा तीनवटा चुनाव सम्पन्न हुनु र ८० प्रतिशतभन्दा बढी मतदान हुनु जनताको लोकतन्त्रप्रतिको अगाध आस्था र विश्वासको परावर्तन हो ।

पाकिस्तान नेपालको प्रगति र विकासका लागि जुनसुकै र सामथ्र्यले भ्याएसम्म जेसुकै सहयोग गर्न कुनै पनि वेला उपलब्ध छ भन्ने विषय प्रधानमन्त्रीलाई भनेको छु । यसका लागि सार्क फोरम छ, दुईपक्षीय फोरम छ । दुईदेशबीच समझदारी विस्तार गर्ने भ्रमण भएकाले अब दुईदेशबीच बढीभन्दा बढी सहकार्य हुनेछ । मेरो भ्रमणलाई यही रूपमा बुझ्नुपर्छ ।

सार्कसम्मेलन पाकिस्तानमै हुन्छ, वातावरण बन्दैछ
आज सार्कको नेतृत्व नेपालले गरेको छ । २०१४ मा नेपालले सार्कको १८ औँ सम्मेलन गरेको थियो, त्यसपछि हुन सकेको छैन । अब पुनः यसका लागि पहलकदमी लिने समय आएको छ । सार्कको सम्मेलन हुन नसक्नु राम्रो होइन ।

दुई देशबीच ९भारत र पाकिस्तान० इस्यु हुन सक्छ, तर क्षेत्रीय विषयहरू पनि त छन् नि, त्यसमा छलफल हुनुपर्छ । नेपालसहित सबै मुलुकले सार्क प्रक्रिया अघि बढाउन प्रयास गर्नुपर्छ । सार्कको विशेषता हो, सकारात्मकता । यो जगमा टेकेर सार्कलाई अघि बढाउनुको विकल्प छैन ।

सार्क शिखर सम्मेलन पाकिस्तानमै हुन्छ, वातावरण बन्नेछ । म आशावादी छु । पाकिस्तान बाहिर सम्मेलन गर्नुपर्छ भन्ने प्रस्ताव कसैको पनि छैन । हामी सम्मेलन गर्न आतुर छौँ । बाहिर गर्ने विषयमा अहिले हामी सोच्न पनि सक्दैनौँ ।

नेपालसँग सहकार्य गर्न तयार
प्रधानमन्त्री केपी शर्मा ओली र मबीच कुनै विशेष परियोजनाहरूमा सहकार्य गर्ने विषयमा ठोस छलफल भएन । तर, सहकार्यका सम्भावित क्षेत्रबारे चर्चा गरेका छौँ । एकअर्काका अनुभव राखेका छौँ ।

नेपाल र पाकिस्तानको संसद्का बीचमा अनुभव आदनप्रदान गर्ने संयन्त्र बनाउन हामी सहमत भयौँ । किनभने लोकतन्त्र संस्थागत गर्ने विषयमा हामी एकैठाउँमा छौँ । नेपाली विद्यार्थीलाई पाकिस्तानका शिक्षण संस्थामा दिने छात्रवृद्धि दोब्बर गरेको जानकारी गराएको छु । थप बढाउन हामी सकारात्मक छौँ ।

निजी विमानमार्फत् सीधा उडान
नेपाल र पाकिस्तानबीच सीधा उडान सुचारु गर्ने विषयमा पनि छलफल भयो । तर, पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स संकटमा छ ।

आफैँ संकटमा परेको यो भन्दा पनि बजार खोजेर निजी एयरलाइन्सहरूले काठमाडौं पाकिस्तान सीधा उडान भर्न सक्ने अवस्था हेर्नुपर्छ भन्नेमा हामी छौँ । यो विषयमा हामीले छलफल गरेका छौँ । बजार पनि खोज्न सकिन्छ । यो मानवीय इस्यु पनि हो । नेपाल सरकारसँग यसबारे हामी थप छलफल गर्दै जानेछौँ ।

आतंकवादसँग यसरी जुध्दैछौँ
मैले पाकिस्तानले सामना गरिरहेको आतंकवादको विषयमा पनि कुरा राखेँ । पाकिस्तानले आतंकवादविरुद्ध अप्ठ्यारो र महत्वकांक्षी युद्ध लडिरहेको छ । हामीले पछिल्लो पाँच वर्षमा ६५ सय सैनिक र २५ हजारजति गैरसैनिक नागरिक र प्रहरी गुमाएका छौँ ।

तपाईंहरूले सीएनएन वा अन्य मिडियामा देख्नुभएको पाकिस्तानको दृष्य सही होइन । हामीले भनिरहेका छौँ कि पाकिस्तानमै आएर हेर्नुस्, हामीले आतंकवादविरुद्ध कति काम गरिरहेका छौँ । यसमा हामीले सफलता हासिल गरिरहेका छौँ ।

पाकिस्तान अहिले सुरक्षित छ । हाम्रो कराँची शहर पाँच वर्षअघि विश्वका अत्यन्त १० खराब शहरमा गनिन्थ्यो, अहिले टप १०० औँमा पनि पर्दैन । सरकार र जनताको सहकार्यको प्रतिफलले यो सम्भ भएको हो । अहिले हाम्रो संसदले दोस्रो पूर्ण कार्यकाल पूरा गर्दैछ । यसबारेमा हामीले प्रधानमन्त्रीसँग छलफल गरेका छौँ ।

विपक्षी दलका नेतालाई धेरै समय
मैले रात्रिभोजमा विभिन्न राजनीतिक दलका नेतासँग कुराकानी गरेँ । सबैभन्दा बढी समय विपक्षी दलका नेतासँग कुराकानीमा खर्चिएँ । हामी पाकिस्तानमा लामो विपक्षमा बसेकाले होला सत्ताधारीभन्दा विपक्षी दलसँग बढी समय व्यतित गरेँ हाँसो  । म विपक्षमा बस्न बानी परेको छु । उनको विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छैन ।

मेरो भ्रमण : सकृय कूटनीतिक पहलकदमी
सार्क एउटा मञ्च मात्र हो, तर मित्रमुलुकहरूसँग सम्बन्ध सुदृढ गर्ने हामीसँग धेरै दुईपक्षीय मञ्चहरू छन् जसलाई सक्रिय गर्नुपर्छ । पाकिस्तानले आफ्ना मित्रहरूसँग सम्बन्ध सुदृढ गर्न सक्रिय कूटनीतिक पहल लिएको छ ।

नेपाल र पाकिस्तानबीच सधैँ सुमधुर सम्बन्ध छ, भविश्यमा यो अझ सुदृढ हुनेछ । आजको कुराकानीबाट म आशावादी छु । व्यापार, जनस्तरको सम्बन्ध, पर्यटनमा हामीले सहकार्य गर्न सक्ने प्रश्स्त ठाउँ छन् । धेरै काम गर्न सक्छौँ ।

उदाहरणका लागि, हामी इस्लामावादबाट कराँची पुग्न २ घण्टा लाग्छ । तर म इस्लामाबादबाट १ घण्टा ४० मिनेटमा काठमाडौं आइपुगेँ । भौतिक रूपमा हामी नजिक छौँ । हामीसँग बीचमा भारत छ, पहाडहरू छन् । तर, जनस्तरको सम्पर्क बढेसँगै यी समस्या समाधान हुन्छन् ।

सिपेकबाट नेपाललाई पनि लाभ
मैले पाकिस्तानमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर सिपेक परियोजनाका बारेमा प्रधानमन्त्रीलाई शेयर गरेँ । सिपेक चिनियाँ बीआरआईको सबैभन्दा सदृष्य परियोजना हो । नेपाल पनि बीआरआईमा सामेल छ ।

उक्त परियोजनापछि पाकिस्तान मात्र होइन, समग्र क्षेत्रमा नै कनेक्टिभिटी कसरी बढाउन सकिन्छ भन्नेमा हामीले छलफल गरेका छौँ । यो प्रक्रियाको नेपाल पनि एउटा भाग हुनसक्छ भन्ने कुरा राखेँ ।

संसारलाई खुला गर्ने परियोजना हो । पश्चिम एशियासँग सबैभन्दा सहज एक्सेस हामी प्रदान गर्न सक्छौँ, पश्चिम चीनलाई पनि जोड्न सक्छौँ । बजार, रेल, रोडलाई जोड्न सक्छौँ । पश्चिम एसिया र युरोप जोड्ने परियोजना हो सिपेक, जसले यो क्षेत्रको भविश्य चम्काइदिन सक्छ ।

सिपेक दक्षिण एशियाका लागि गियर चेन्जर परियोजना हुनसक्छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले संसार बदल्ने सपनासहित यो अवधारणा ल्याएका हुन् । संसारले यसबाट फाइदा लिनसक्छ । नेपालको भौगोलिक अवस्थिति फरक छ, तर उसले फाइदा लिनसक्छ ।

सिपेक र अन्य सामाजिक परिवर्तनले हाम्रो आर्थिक वृद्धिदरमा सुधार आएको छ । विगतको ५ दशमलव ४ प्रतिशत वृद्धिबाट यसवर्ष ६ प्रतिशत वृद्धिदर कायम गर्न सफल भएका छौँ र यसलाई कायम राख्ने हाम्रो अठोट छ ।

हाम्रो आधारभूत समस्या लोडसेडिङ थियो, यो समाधान हुँदैछ । २०३० मा यो समस्या सम्पूर्ण रूपमा समाधान हुनेछ । ग्यासको अभावको समस्या समाधान भएको छ ।

६ लेनको १७ सय किलोमिटर सडक बनाएका छौँ, विमानस्थल, बन्दरगाह बनिरहेको छ । यो राजनीतिक स्थायित्व र लोकतन्त्रको प्रतिफल हो । राजनीतिक प्रक्रिया र नीतिको स्थायित्वले यो सम्भव बनाएको हो ।

पाकिस्तानमा हामी के गर्दैछौँ ?
हामीले २०३० सम्म ऊर्जा, ग्यासको समस्या समाधान गर्छौँ भनेका छौँ । आतंकवाददेखि अन्य चुनौतिको सामना गरिरहेका छौँ । सबै चुनौतिलाई सामना गर्दै चुनावमा जाँदैछु ।

म सन्तुष्ट छु कि यो सरकार हरेक क्षेत्रमा सकारात्मक रूपमा अघि बढेको छ । राजनीतिक चुनौति, अदालतसँग सम्बन्धित चुनौतिहरू माझ हामी काम गरिरहेका छौँ । संसद, अदालत, सिभिल मिलिटरी रिलेसन्स एउटा स्पेशमा छन् ।

लोकतन्त्र संस्थागत भइरहेको छ । मैले गत वर्ष जुलाईमा नेतृत्व लिएयता सबै विषय सिस्टममा चलिरहेको छ र राजनीतिक स्थिरतातिर परिस्थिति गएको छ । जुनमा चुनाव हुन्छ र लोकतन्त्र थप संस्थागत हुनेछ । नयाँ पत्रिका दैनिकमा  पर्शुराम काफ्लेले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा
पत्रपत्रिका

प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी
अन्तर्वार्ता

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी

नेकपा विभाजन : स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?
पत्रपत्रिका

नेकपा विभाजन : स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?

प्रधानमन्त्रीको सम्बोधन : अक्षमताको फेहरिस्त
पत्रपत्रिका

प्रधानमन्त्रीको सम्बोधन : अक्षमताको फेहरिस्त

राष्ट्रपति भण्डारीः संविधानको संरक्षक कि प्रधानमन्त्रीको ‘रबर स्ट्याम्प ?’
पत्रपत्रिका

राष्ट्रपति भण्डारीः संविधानको संरक्षक कि प्रधानमन्त्रीको ‘रबर स्ट्याम्प ?’

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’
पत्रपत्रिका

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’

Next Post
पराजुलीलाई डा. केसीको प्रश्न- ‘२०२६ सालमा तपाईं पास कि फेल ?’

पराजुलीलाई डा. केसीको प्रश्न- ‘२०२६ सालमा तपाईं पास कि फेल ?’

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist